प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ४/१५ पृ. ३
  • के परमेश्‍वरको इच्छा पूरा हुँदैछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वरको इच्छा पूरा हुँदैछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले कसरी ओठको इसारा बुझे?
    ब्यूँझनुहोस्‌!—२००२
  • “हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • के हामीले येशूलाई प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ४/१५ पृ. ३

के परमेश्‍वरको इच्छा पूरा हुँदैछ?

“तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

आफ्ना चार जना छोराछोरी जिउँदै जलेर मरेको भयावह दृश्‍य हुलियो र क्रिस्टिनाले देखे। पार्क गरेर राखिएको तिनीहरूको कारलाई जँड्याहा ड्राइभरले ड्याम्म हिर्काएको थियो र यो विस्फोट भएर आगोको ज्वालामा परिणत भयो। अन्तरे छोरा, मार्कोशलाई दन्केको आगोबाट उद्धार त गरियो तर तिनको शरीर सधैं-सधैंको लागि कुरूप हुने गरी डढेको थियो। तिनी नौ वर्षका थिए। तिनको बुबाको मन मरिसकेको थियो। तिनले आफू र आफ्नो परिवारलाई यसो भनेर सान्त्वना दिए: “असल भए पनि खराब भए पनि, यो परमेश्‍वरको इच्छा हो भन्‍ने कुरा हामीले बुझ्नुपर्छ।”

यस किसिमको दुःखद घटनाको सामना गर्नुपर्दा थुप्रै मानिसहरूले यस्तै प्रतिक्रिया देखाउँछन्‌। तिनीहरू यस्तो तर्क गर्छन्‌, ‘यदि परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ र हाम्रो ख्याल गर्नुहुन्छ भने, जे-जस्तो घटना घट्‌छ त्यसलाई हामीले बुझ्न नसके तापनि ती कुनै न कुनै तरिकामा हाम्रै भलाइको लागि भएको हुनुपर्छ।’ के तपाईं यस कुरामा सहमत हुनुहुन्छ?

असल वा खराब जेसुकै भए तापनि त्यसले परमेश्‍वरको इच्छा झल्काउँछ भन्‍ने दृष्टिकोण अक्सर माथि उल्लिखित प्रभुको प्रार्थना भनिने येशूका शब्दहरूमा आधारित छ। परमेश्‍वरको इच्छा त स्वर्गमा पो पूरा हुँदैछ, होइन र? ‘तपाईंको इच्छा यस पृथ्वीमा पूरा होस्‌’ भनेर प्रार्थना गर्दा, के हामीले यस पृथ्वीमा भइरहेका कुराहरू परमेश्‍वरकै इच्छाअनुसार भएका हुन्‌ भन्‍ने कुरामा सहमति जनाइरहेका हुँदैनौं र?

थुप्रैलाई यस्तो विचार त्यति ठीक लाग्दैन। तिनीहरूका लागि, यसले परमेश्‍वरलाई उहाँ आफ्नो मानव सृष्टिका भावनाहरूप्रति भावशून्य हुनुहुन्छ भनी चित्रण गर्छ। तिनीहरू यस्तो प्रश्‍न गर्छन्‌, ‘निर्दोष मानिसहरूका लागि जे भयावह छ, त्यो कसरी मायालु परमेश्‍वरले गर्न चाहनुहोला र?’ ‘सिक्न सकिने पाठ छ भने, त्यस्तो पाठ के हुन सक्ला?’ यस्तै-यस्तै कुराहरू तपाईंको मनमा पलाउन सक्छ।

यस सन्दर्भमा येशूका सौतेनी भाइ, चेला याकूबले यस्तो लेखे: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन।” (याकूब १:१३) परमेश्‍वर खराब कुराहरूको स्रोत हुनुहुन्‍न। त्यसैकारण आज पृथ्वीमा जे-जस्ता कुराहरू भइरहेका छन्‌, ती सबै परमेश्‍वरको इच्छा होइनन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। धर्मशास्त्रमा मानिसको इच्छा, जाति-जातिहरूको इच्छा र दियाबलको इच्छाबारे पनि बताइएको छ। (यूहन्‍ना १:१३; २ तिमोथी २:२६; १ पत्रुस ४:३) हुलियो र क्रिस्टिनाको परिवारमाथि जे-जस्तो बित्यास आइलाग्यो, त्यो स्वर्गमा हुनुहुने मायालु पिताको इच्छा हुनै सक्दैन भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ?

त्यसोभए, येशूले आफ्ना चेलाहरूलाई ‘तपाईंको इच्छा पूरा होस्‌’ भनेर प्रार्थना गर्न सिकाउनुको अर्थ के थियो त? के यो विशेष अवस्थाहरूमा हस्तक्षेप गर्न परमेश्‍वरलाई गरिएको एउटा आग्रह मात्र थियो वा के येशूले हामीलाई सबैले आशा गर्न सक्ने अझ महत्त्वपूर्ण तथा असल परिवर्तनबारे प्रार्थना गर्न सिकाइरहनुभएको थियो? आउनुहोस्‌, यस विषयमा बाइबलले के भन्छ जाँचेर हेरौं।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Car: Dominique Faget-STF/AFP/Getty Images; child: FAO photo/B. Imevbore

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने