प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ६/१ पृ. ३२
  • असल गर्ने या केवल अरूलाई खराबी नगर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल गर्ने या केवल अरूलाई खराबी नगर्ने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ६/१ पृ. ३२

असल गर्ने या केवल अरूलाई खराबी नगर्ने?

“तिमीलाई अरूले जे गरेको मन पर्दैन, अरूलाई पनि त्यो नगर।” यस नीतिगत उक्‍तिको श्रेय प्रसिद्ध चिनियाँ शिक्षक तथा दार्शनिक कन्फुसियसलाई जान्छ। आज २,५०० वर्ष बितिसक्दा पनि धेरैले त्यही मान्यता राख्छन्‌ अर्थात्‌ कुनै व्यक्‍तिले अरूलाई हानि पुऱ्‍याउँदैन भने उसले आफ्नो नैतिक दायित्व पूरा गरिरहेको हुन्छ।

कन्फुसियसको यस आचारसंहिताको महत्त्व छ भन्‍ने कुरामा कुनै सन्देह छैन। अर्कोतिर, बाइबलले मानव स्वभाव तथा मानिसले एक-अर्कासित गर्ने व्यवहारसम्बन्धी अर्को एउटा पक्षबारे बताउँछ। अरू विरूद्ध गर्ने पापको अलावा बाइबलले अरूको लागि केही नगर्ने पापबारे पनि बताउँछ। मसीही चेला याकूबले यस्तो लेखे: “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” (याकूब ४:१७) केवल अरूको खराबी नगर्नू भन्‍ने शिक्षा दिनुको सट्टा येशू ख्रीष्टले यस्तो शिक्षा दिनुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.

मानिसजातिले अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छन्‌, त्यस्तै व्यवहार एक-अर्कासित गरून्‌ भन्‍ने परमेश्‍वरको सुरुको उद्देश्‍य थियो। मानिसजातिलाई सृष्टि गरेको तरिकाबाट अरूको हितको ख्याल राख्ने सन्दर्भमा उहाँले उत्कृष्ट नमुना बसाल्नुभयो: “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्मै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) यसको अर्थ, परमेश्‍वरले मायालुपूर्वक मानिसजातिलाई अन्तस्करण दिनुभयो र यो अन्तस्करण राम्ररी प्रशिक्षित भएको खण्डमा यसले मानिसजातिलाई अरूबाट उसले जस्तो व्यवहारको अपेक्षा गर्छ, अरूलाई त्यस्तै व्यवहार गर्न डोऱ्‍याउने थियो।

अर्काको वास्ता नगर्ने र आत्मकेन्द्रित व्यवहार देखेर आज धेरै मानिसहरू आशाहीन र निस्सहाय भएका छन्‌। स्पष्टतः अरूको खराबी नगर्नु अनि अरूलाई हानि नपुऱ्‍याउनु मात्र पर्याप्त छैन तर महत्त्वपूर्ण कुरा त अरूको लागि असल र मदतकारी काम गरिदिनु हो। यसैकारण यहोवाका साक्षीहरू परमेश्‍वरको वचनमा पाइने अद्‌भुत आशाबारे सिक्न अरूलाई मदत गर्न स्वयंसेवकको हैसियतमा निर्णायक काम गर्छन्‌। जब तिनीहरू बाइबलको सुसमाचार लिएर आफ्ना छिमेकीहरूकहाँ जान्छन्‌, तिनीहरू प्रेमले यसो गर्छन्‌ अर्थात्‌ आफूले अरूबाट अपेक्षा गरे जस्तै अरूलाई गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने