प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ६/१५ पृ. ३२
  • प्रार्थना गरेर केही होला र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना गरेर केही होला र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ६/१५ पृ. ३२

प्रार्थना गरेर केही होला र?

आफ्नो नियन्त्रणभन्दा बाहिरको गम्भीर परिस्थितिको सामना गर्नु नपरेको को होला र? यस्ता सङ्‌कटहरूको निकासमा प्रार्थनाले मदत गर्न सक्छ भनेर प्रेरित पावललाई थाह थियो भनी बाइबलले देखाउँछ।

पावललाई अन्यायपूर्वक जेलमा राखिंदा आफ्ना सँगी विश्‍वासीहरूलाई यसो भन्दै आफ्नो लागि प्रार्थना गरिदिन उनले आग्रह गरे: “यो गर्नलाई ज्यादै निवेदन गर्दछु, कि मैले तिमीहरूलाई चाँड़ै भेट गर्न पाऊँ भन्‍ने हाम्रा निम्ति प्रार्थना गर।” (हिब्रू १३:१८, १९) अर्को पटक, आफ्नो शीघ्र रिहाइको लागि गरिएका प्रार्थनाहरूको परमेश्‍वरले जवाफ दिनुहुन्छ भन्‍ने कुरामा पावलले आफ्नो विश्‍वस्तता व्यक्‍त गरे। (फिलेमोन २२) चाँडै पावललाई रिहा गरियो अनि उनले फेरि आफ्नो मिसनरी काम थाले।

तर के प्रार्थनाले तपाईंका समस्याहरूको निकासलाई साँच्चै परिवर्तन गर्न सक्छ? सायद, सक्छ। यद्यपि, नबिर्सनुहोस्‌, प्रार्थना एउटा औपचारिक धार्मिक रीति मात्र होइन। यो स्वर्गमा बस्नुहुने हाम्रो मायालु र शक्‍तिशाली पितासितको वास्तविक कुराकानी हो। आफ्नो प्रार्थनामा कुनै कुरा नलुकाई तोकेरै भन्‍न हामी हिचकिचाउनु हुँदैन तर साथसाथै यहोवाले त्यसको जवाफ कसरी दिनुहुन्छ भनी धैर्यतासाथ प्रतीक्षा गर्नुपर्छ।

सायद परमेश्‍वरले हाम्रा सबै प्रार्थनाहरूको प्रत्यक्ष जवाफ दिनुहुन्‍न होला र सधैं हामीले खोजेकै ढङ्‌गमा र हामीले आशा गरेकै समयमा पनि जवाफ नदिनुहोला। उदाहरणको लागि, पावलले आफ्नो “शरीरमा एक किसिमको छेस्को” हटाउन बारम्बार प्रार्थना गरे। पावलको समस्या जस्तोसुकै भए तापनि परमेश्‍वरले त्यसलाई हटाइदिनुभएन तर उहाँले यी प्रोत्साहनदायी शब्दहरूद्वारा उनलाई सान्त्वना दिनुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।”—२ कोरिन्थी १२:७-९.

परमेश्‍वरले हाम्रो कुनै खास समस्या नहटाइदिनु भए तापनि उहाँले “सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि” दिन सक्नुहुन्छ भनेर हामी विश्‍वस्त हुन सक्छौं। (१ कोरिन्थी १०:१३) चाँडै, परमेश्‍वरले मानिसजातिका सारा पीडाहरू हटाइदिनुहुनेछ। त्यतिन्जेल “प्रार्थना सुन्‍नुहुने[लाई]” पुर्कादा ठूलो मदत पाउन सकिन्छ।—भजन ६५:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने