प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ७/१ पृ. ३२
  • नूहलाई चिठी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नूहलाई चिठी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ७/१ पृ. ३२

नूहलाई चिठी

“प्रिय नूह, मैले बाइबलमा तपाईंको विषयमा अनि तपाईं र तपाईंको परिवार जलप्रलयबाट बच्नुभएको त्यो जहाज तपाईंले कसरी बनाउनुभयो भनेर धेरै पटक पढेकी छु।”

मीनामारिया नाउँ गरेकी एउटी १५ वर्षीया ठिटीले १४ देखि २१ वर्षसम्मका विद्यार्थीहरूको लागि आयोजनाको गरिएको पत्र लेखन प्रतियोगितामा आफ्नो चिठी त्यसरी सुरु गरेकी थिइन्‌। उक्‍त प्रतियोगिता फिनिश हुलाक सेवा अर्थात्‌ फिनिश मातृभाषा शिक्षक संघ र फिनिश साहित्य समाजद्वारा आयोजना गरिएको थियो। प्रतियोगीहरूले कुनै एउटा पुस्तकलाई आधार बनाएर चिठी लेख्नुपर्थ्यो। चिठी उक्‍त पुस्तकको लेखक अथवा पुस्तक कै कुनै पात्रलाई सम्बोधन गरेर लेख्न सकिन्थ्यो। शिक्षकहरूले आफ्ना विद्यार्थीहरूको १,४०० भन्दा धेरै चिठीहरू छनौट गरेर निर्णायक मण्डलकहाँ पठाए। निर्णायक मण्डलले प्रथम-उत्कृष्ट एउटा, त्यसपछि दोस्रो-उत्कृष्ट दसवटा र तेस्रो-उत्कृष्ट दसवटा चिठी छनौट गऱ्‍यो। आफ्नो चिठी तेस्रो-उत्कृष्ट समूहमा परेकोमा मीनामारिया खुसी थिइन्‌।

करीब ५,००० वर्षअघि बाँचेका पुरुष नूहलाई एक जना किशोरी विद्यार्थी मीनामारियाले किन चिठी लेखिन्‌ त? तिनी यसो भन्छिन्‌: “मेरो दिमागमा सबैभन्दा पहिले बाइबल नै आयो। बाइबलका पात्रहरू मेरो लागि धेरै परिचित भइसकेका छन्‌। मैले तिनीहरूबारे यति धेरै पढेकी छु कि मलाई तिनीहरू जीवितै छन्‌ जस्तो लाग्छ। मैले नूहलाई नै रोजें किनकि उनको जीवन निकै रोचक र मेरोभन्दा फरक थियो।”

मीनामारियाले नूहलाई लेखेको चिठी यी शब्दहरूद्वारा टुङ्‌गिन्छ: “तपाईं अझै पनि विश्‍वास र आज्ञाकारिताको एउटा उदाहरण हुनुहुन्छ। बाइबल पढ्‌नेहरू जति सबैलाई तपाईंको जीवन शैलीले आफ्नो विश्‍वासअनुसार काम गर्नको लागि प्रोत्साहित गर्छ।”

यी जवान बाइबल पाठकले लेखेको यो चिठी, के जवान, के वृद्ध सबै मानिसहरूको लागि बाइबल साँच्चै कत्तिको “जीवित र प्रबल” छ भन्‍ने कुराको राम्रो उदाहरण हो।—हिब्रू ४:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने