प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ७/१५ पृ. ३२
  • “यहोवाको नाउँ थाह दिन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवाको नाउँ थाह दिन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ७/१५ पृ. ३२

“यहोवाको नाउँ थाह दिन”

विश्‍वभरि नै प्रहरीधरहरा र यसको सहपत्रिका ब्यूँझनुहोस्‌!-लाई यसको महत्त्वपूर्ण आध्यात्मिक विषयवस्तु र निर्देशनहरूको लागि प्रशंसा गरिन्छ। यस कुरालाई प्रकाश पार्दै हालै फ्रान्सकी एउटी पाठकले यस्तो पत्र लेखिन्‌:

“म धेरै लेखपढ नगरेकी अफ्रिकी मूलकी एक युवती हुँ। मैले तपाईंहरूका पत्रिकाहरू पढ्‌न थालेको धेरै भएको छैन। यी पत्रिकाहरूको विषयले मेरो ध्यान खिचेको छ र पढ्‌नुको महत्त्व बुझ्दै गइरहेकी छु। तपाईंहरूका यी पत्रिकाहरूद्वारा मैले आफ्नो शब्द-भण्डार बढाउन सकेकी छु र त्यति धेरै गल्ती नगरीकनै पत्र लेख्न सक्ने भएकी छु।”

“तपाईंहरूले मानिस, पृथ्वी र सृष्टिकर्ताजस्ता हरेक विषयमा लेखहरू प्रकाशित गर्नुभएको देख्दा मलाई छक्क लाग्छ। यी लेखहरूमा विचारहरू यति स्पष्टसित व्यक्‍त गरिएका हुन्छन्‌ कि कुनै पनि व्यक्‍तिको मनमा उत्सुक पाठक बन्‍ने चाहना जागेर आउँछ। अरू कसैसित एकैपटक सबै किसिमका मानिसहरूलाई सिकाउने क्षमता छैन।

“यी सबै काम कुनै नाफा कमाउनको लागि नभई यहोवाको नाउँ अरूलाई थाह दिनको लागि मात्र गरिएको थाह पाउँदा म छक्कै पर्छु। मलाई थाह छ, तपाईंहरूसित उहाँको अनुमोदन छ अनि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। सिकाउनको लागि कृपया सृष्टिकर्ताको बल लिइरहनुहोस्‌।”

हाल यहोवाका साक्षीहरू २३५ मुलुकहरूमा आफ्ना बाइबल शैक्षिक कार्यमा लागिरहेका छन्‌। प्रहरीधरहरा १४८ र ब्यूँझनुहोस्‌! ८७ भाषाहरूमा प्रकाशित गरिन्छ। यी पत्रिकाहरू कुनै मानिसको प्रशंसा गर्न प्रकाशित गरिएका होइनन्‌। यसमा पाइने बाइबल आधारित सल्लाह र ताजा जानकारीहरू सृष्टिकर्ताको आदर गर्न तयार पारिएका हुन्‌ अनि सृष्टिकर्ता स्वयम्‌ यसो भन्‍नुहुन्छ: “म परमप्रभु [“यहोवा,” NW] . . . हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।” (यशैया ४८:१७) यी बाइबल अध्ययन सहायकहरू सँग-सँगै पवित्र धर्मशास्त्र नियमित तवरमा पढेर तपाईंहरूले लाभ उठाउन सकून्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने