प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ९/१५ पृ. ३-४
  • “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको प्रार्थना तपाईंको लागि यसको अर्थ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • प्रार्थनामा वफादार हात उठून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको नजीक रहनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ९/१५ पृ. ३-४

“तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर”

के तपाईंलाई प्रभुको प्रार्थनाका शब्दहरू थाह छ? यो येशू ख्रीष्टले सिकाउनुभएको एउटा नमुना प्रार्थना हो। आफ्नो प्रख्यात डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर।” (मत्ती ६:९) येशूले नै यस्तो प्रार्थना गर्न सिकाउनुभएकोले यसलाई अक्सर प्रभुको प्रार्थना भन्‍ने गरिन्छ।—ल्याटिन, पाटरनोस्टर।

संसारभरिका लाखौं मानिसहरूले प्रभुको प्रार्थनालाई कण्ठ पारेका छन्‌ र उनीहरू यसलाई धेरै चोटि, अझ भनौं भने दिनहुँ दोहऱ्‍याउने गर्छन्‌। हालैका वर्षहरूमा धेरै मानिसहरूले यो प्रार्थना स्कूल तथा सार्वजनिक जमघटहरूमा जोड-जोडले रटेका छन्‌। प्रभुको प्रार्थनालाई यत्ति उच्च सम्मान गरिनुको कारण के हो?

तेस्रो शताब्दीका धर्मविद्‌ साइप्रियनले यस्तो लेखे: “ख्रीष्टले हामीलाई दिनुभएको भन्दा बढी आध्यात्मिक प्रार्थना अरू कुनचाहिं हुन सक्ला र . . . ? पुत्र जो सत्य हुनुहुन्छ, उहाँले पितालाई कसरी प्रार्थना गर्नुपर्छ भनेर हामीलाई सिकाउनुभएको भन्दा बढी सत्य प्रार्थना अरू कुन पो हुन सक्ला र?”—यूहन्‍ना १४:६.

आफ्नो धार्मिक शिक्षामा रोमन क्याथोलिक चर्चले प्रभुको प्रार्थनालाई “मूलभूत मसीही प्रार्थना” ठान्छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले मसीहीजगत्‌का सबै धर्महरूमा यस प्रार्थनाको महत्त्वलाई मानिलिइन्छ र यसलाई “मसीही विश्‍वासका आधारभूत विवरणहरूमध्ये” एक भनी वर्णन गर्छ।

तथापि, प्रभुको प्रार्थना रट्‌ने थुप्रै व्यक्‍तिहरूले त्यो प्रार्थना पूर्णतया बुझेका छैनन्‌ भन्‍ने कुरा नकार्न सकिन्‍न। क्यानाडाको ओट्टावा सिटिजन खबरपत्रिका यसो भन्छ: “यदि तपाईं मसीही पृष्ठभूमिबाट आउनुभएको छ भने, तपाईं एकै सासमा प्रभुको प्रार्थना फरर्र भन्‍न सक्नुहुन्छ होला तर बिस्तारै अनि बुझेर यसलाई भन्‍नु गाह्रो हुन सक्छ।”

हामीले परमेश्‍वरलाई गर्ने प्रार्थनाहरू बुझ्नु के साँच्चै महत्त्वपूर्ण छ र? येशूले किन हामीलाई प्रभुको प्रार्थना गर्न सिकाउनुभयो? यसले तपाईंको लागि कस्तो अर्थ राख्छ? आउनुहोस्‌, अब हामी यी प्रश्‍नहरूमा ध्यान देऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने