प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१ पृ. २९-३०
  • यहोवाको नम्रताले हाम्रो लागि कस्तो अर्थ राख्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको नम्रताले हाम्रो लागि कस्तो अर्थ राख्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१ पृ. २९-३०

यहोवाको नम्रताले हाम्रो लागि कस्तो अर्थ राख्छ?

हन्डर कस्तो हुन्छ, दाऊदलाई थाह थियो। तिनले आफ्नै डाही ससुराको हातबाट दुर्व्यवहार खप्नुपऱ्‍यो। शाऊलले तिनलाई तीन चोटि भालाले मार्न खोजे र वर्षौंसम्म तिनलाई खेदेको खेदै गरे, जसले गर्दा तिनी भगुवा जीवन बिताउन बाध्य भए। (१ शमूएल १८:११; १९:१०; २६:२०) यद्यपि, यहोवाले दाऊदको साथ छोड्‌नुभएन। यहोवाले तिनलाई शाऊलबाट मात्र नभई अन्य शत्रुहरूबाट पनि बचाउनुभयो। त्यसैले हामी दाऊदले गीतमा व्यक्‍त गरेका यी भावनाहरू बुझ्न सक्छौं: “परमप्रभु मेरा गढ़ी, किल्ला र उद्धारक हुनुहुन्छ, तपाई [यहोवाले] मलाई आफ्नो उद्धारको ढाल दिनुभएको छ, तपाईको योजनामा [“नम्रताले,” NW] तपाईले मलाई महान्‌ तुल्याउनुहुन्छ।” (२ शमूएल २२:२, ३६) दाऊदले इस्राएलमा केही हदसम्म महानता हासिल गरे। त्यसोभए यसमा यहोवाको नम्रता कसरी समावेश थियो?

धर्मशास्त्रले यहोवा नम्र हुनुहुन्छ भनेर बताउँदा उहाँ कुनै न कुनै अर्थमा सीमित हुनुहुन्छ अथवा उहाँ अरूको अधीनमा हुनुहुन्छ भन्‍न खोजेको होइन। बरु, यस सुन्दर गुणले उहाँको अनुमोदन हासिल गर्न निष्कपट प्रयास गर्नेहरूसित उहाँको गहिरो अनुकम्पा छ अनि उहाँ त्यस्ता व्यक्‍तिहरूलाई दया देखाउनुहुन्छ भन्‍ने कुरालाई सङ्‌केत गर्छ। भजन ११३:६, ७ मा हामी यस्तो लेखिएको पाउँछौं: “[यहोवा] पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ।” उहाँ “निहुरिनु” भनेको “हेर्नको लागि उहाँले आफैलाई नम्र तुल्याउनुहुन्छ” हो। (योङ्‌ग लिटरल ट्रान्सलेसन अफ द होली बाइबल) त्यसैले यहोवाको सेवा गर्न इच्छुक एक जना असिद्ध तर नम्र मानिस दाऊदलाई ध्यान दिन यहोवा ‘निहुरिनुहुन्छ’ अथवा उहाँले ‘आफैलाई नम्र तुल्याउनुहुन्छ।’ त्यसैले दाऊद हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परमप्रभु उच्च हुनुभए, तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ।” (भजन १३८:६) यहोवाले दाऊदसित दयालु, धैर्यपूर्वक अनि अनुकम्पापूर्ण व्यवहार गर्नुभएको घटना परमेश्‍वरको इच्छा गर्न चाहनेहरूको लागि प्रोत्साहनजनक हुनुपर्ने हो।

सर्वोच्चको हैसियतमा ब्रह्‍माण्डमा यहोवाले सबैभन्दा उच्च ओहदा ओगट्‌नुभएको भए तापनि उहाँ हामी प्रत्येकसित व्यवहार गर्न इच्छुक हुनुहुन्छ। यस कुराले साह्रै कठिन परिस्थितिहरूमा समेत हामी उहाँको अचूक मदतमा भर पर्न सक्छौं भन्‍ने कुरामा हामीलाई विश्‍वस्त गराउँछ। उहाँले हामीलाई बिर्सनुहोला भनेर डराउनुपर्ने कुनै कारण छैन। आफ्ना पुरातन इस्राएली जनहरूमाझ यहोवालाई “[तिनीहरूको] दुर्दशामा [तिनीहरूलाई] स्मरण” गर्नुहुने भनेर सम्बोधन गर्नु अनि “उहाँको करुणा सदा सर्वदै रहिरन्छ” भन्‍नु अति उपयुक्‍त छ।—भजन १३६:२३.

वर्तमान समयमा यहोवाका सेवकहरूको हैसियतमा दाऊदले जस्तै हामीले दुःखकष्टहरू भोग्नुपर्ने हुन सक्छ। परमेश्‍वरलाई नचिन्‍नेहरूबाट हामीले उपहास सहनुपर्ला अथवा हामीले खराब स्वास्थ्यसित सङ्‌घर्ष गर्नु परिरहेको अथवा प्रियजनको मृत्युको पीडा खपिरहनु परेको हुन सक्छ। परिस्थिति जस्तोसुकै भए तापनि हाम्रो हृदय निष्कपट छ भने उहाँको दयाको याचना गर्दै प्रार्थनामा उहाँलाई पुर्कान सक्छौं। हामीलाई ध्यान दिन अनि हाम्रो प्रार्थना सुन्‍न यहोवा ‘निहुरिनुहुनेछ।’ परमेश्‍वरबाट प्रेरणा पाएर भजन रचयिताले यस्तो लेखे: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।” (भजन ३४:१५) यहोवाको प्रिय गुण नम्रतामा घोरिंदा के तपाईंको मन छुँदैन र?

[पृष्ठ ३०-मा भएका चित्रहरू]

जसरी उहाँले दाऊदको प्रार्थना सुन्‍नुभयो त्यसरी आज पनि हाम्रा प्रार्थनाहरू सुन्‍न यहोवा इच्छुक हुनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने