प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१ पृ. ३२
  • साँचो सुरक्षाको आनन्द उठाउने दिन पनि आउला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो सुरक्षाको आनन्द उठाउने दिन पनि आउला?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१ पृ. ३२

साँचो सुरक्षाको आनन्द उठाउने दिन पनि आउला?

बच्चाहरू आफ्ना मायालु आमाबाबुहरूसित रमाइ-रमाइ खेलिरहेका छन्‌—यो दृश्‍य देखेर कसलाई पो आनन्द नलाग्ला? हेरचाह गर्ने आमाबाबुसँगै हुँदा छोराछोरीहरूले कुनै कुराको डर महसुस गर्दैनन्‌। तर धेरै बच्चाहरूको जीवनमा आनन्दका यस्ता क्षणहरू विरलै आउँछन्‌। बरु, केही बच्चाहरूले त हरेक दिन राती सुत्ने ठाउँ पाइन्छ कि पाइँदैन भन्‍ने कुराको चिन्ता गर्नुपर्छ। कतैबाट कुनै सुरक्षा नपाएका यी घरबारविहीन बच्चाहरू लगायत अरू सबैको लागि के कुनै आशा छ?

भविष्य अन्धकारमय देखिए तापनि परमेश्‍वरको वचनले आशा दिन्छ। भविष्यवक्‍ता यशैयाले सबै जना पूर्ण सुरक्षामा बस्ने समय पनि आउनेछ भनी भविष्यवाणी गरे। उनले यस्तो लेखे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिँ हुनेछैन।”—यशैया ६५:२१, २२.

तर के यो आशाको कुनै ठोस आधार छ? आखिर, “आशा” भन्‍ने शब्दले सधैं निश्‍चिततालाई सङ्‌केत गर्दैन। ब्राजिलमा एउटा यस्तो भनाइ चर्चित रहेको छ, “अन्तमा गएर मर्ने चाहिं आशा नै हो,” जसको अर्थ आशाको लागि कुनै ठोस आधारै नहुँदा पनि धेरै मानिसहरू आशावादी हुन्छन्‌। यद्यपि, जीवित परमेश्‍वरले हामीलाई दिनुहुने आशा बेग्लै छ। प्रेरित पावलले यस्तो लेखे: “[परमेश्‍वरमाथि] विश्‍वास गर्ने कोही शर्ममा पर्नेछैन।” (रोमी १०:११) पूरा भइसकेका बाइबल प्रतिज्ञाहरूले, यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका अरू सबै प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामीलाई विश्‍वस्त गराउँछ। जब यस्ता प्रतिज्ञाहरू वास्तविकतामा परिणत हुन्छन्‌, त्यतिबेला बच्चाहरूलाई सडकमा जीवन बिताउन बाध्य बनाउने परिस्थिति विगतको कुरा हुनेछ।

बाइबलमा पाइने व्यावहारिक सल्लाहले आज पनि आशाविहीनहरूलाई जीवन उकास्न अनि साँचो सुरक्षा पाउन मदत गर्न सक्छ। यो कसरी सम्भव छ? तपाईंको समाजमा बस्ने यहोवाका साक्षीहरू यस प्रश्‍नको जवाफ पाउन तपाईंलाई मदत गर्न खुसी हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने