प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१५ पृ. ३२
  • के तपाईं डरविनाको संसारको चाह गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं डरविनाको संसारको चाह गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१५ पृ. ३२

के तपाईं डरविनाको संसारको चाह गर्नुहुन्छ?

“ ‘राम्ररी परिभाषित गर्न नसकेको . . . तर कुनै पनि समय जनाउविना आक्रमण गर्न सक्ने खतराको’ कारण हामी ‘सजगता र निस्सहायपनको चरम सीमामा बाँचिरहेका छौं।’ ”

यी शब्दहरू गत वर्षको न्युजवीक पत्रिकाबाट उद्धरण गरिएका हुन्‌ र यसले आजको गोलमाल संसारमा बाँचिरहेका मानिसहरूको भावना झल्काउँछ। येशू ख्रीष्टले निकट भविष्यमा त्यस्ता भावनाहरू झनै तीव्र हुनेछन्‌ भनी सङ्‌केत गर्नुभयो। के गर्ने, कसो गर्ने थाह नभएर राष्ट्रका मानिसहरू व्याकुल हुनुका साथै संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्छा पर्ने समयबारे उहाँले भविष्यवाणी गर्नुभयो। तर हामी भने डराउनु वा निस्सहाय महसुस गर्नु पर्दैन किनभने येशूले यसो भन्‍नुभयो: “जब यी कुरा हुनेछन्‌ तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।”—लूका २१:२५-२८.

त्यस छुटकारापछि मानिसहरू पृथ्वीमा कस्तो अवस्थामा बाँच्नेछन्‌ भनी वर्णन गर्दै यहोवा परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।” (यशैया ३२:१८) आफ्ना अगमवक्‍ता मीकामार्फत यहोवाले यसो भन्‍नुभयो: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

आजको अवस्थाभन्दा कत्ति फरक! मानिसजातिमाथि कुनै अज्ञात खतरा मडारिने छैन। डरै-डर र निस्सहायपनको अवस्थाको सट्टा त्यहाँ शान्ति र आनन्द सदाको लागि हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने