प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१५ पृ. ३२
  • ‘मैले पाएको प्रशिक्षणको लागि प्रसन्‍न’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘मैले पाएको प्रशिक्षणको लागि प्रसन्‍न’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१५ पृ. ३२

‘मैले पाएको प्रशिक्षणको लागि प्रसन्‍न’

जवान काजुनालाई अङ्‌ग्रेजी भाषाको वक्‍तृत्व कला प्रतियोगितामा भाग लेऊ भनेर तिनको शिक्षकले भन्दा तिनी त अक्क न बक्क भइन्‌। त्यो प्रतियोगिता जापानको होक्काइडो भन्‍ने विशाल उत्तरी द्वीपका सम्पूर्ण उच्च माध्यामिक स्कूलको लागि खुला गरिएको थियो तर तिनको स्कूलबाट भने पहिला कसैले पनि यस प्रतियोगितामा भाग लिएको थिएन। प्रतियोगिताको दिन काजुना आत्तिएकी थिइन्‌ किनभने तिनले लगभग अन्य ५० जना विद्यार्थीसित प्रतिस्पर्धा गर्नुपरेको थियो। आफ्नो मातृभाषा नै अङ्‌ग्रेजी भएका दुई जना निर्णायकलाई देख्दा तिनी झनै आत्तिइन्‌।

सबैभन्दा अन्तिम पुरस्कारदेखि सुरु गरेर सम्पूर्ण विजेताहरूको नाउँ घोषणा गरियो। प्रथम पुरस्कारको लागि काजुनालाई बोलाइँदा तिनी त स्तब्ध भइन्‌। तिनी तथा सँगै बसिरहेका तिनको शिक्षकले आश्‍चर्यचकित हुँदै एक-अर्कालाई ट्‌वाल्ल परेर हेरे। अझै पनि स्तब्ध हुँदै काजुना मञ्चमा गइन्‌ र प्रथम पुरस्कारको ट्रफी थापिन्‌!

खुसी हुँदै काजुनाले यसो भनिन्‌: “यहोवाको संगठनले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमार्फत दिने प्रशिक्षणले गर्दा मात्रै यो सम्भव हुन सकेको हो। यस्तो प्रशिक्षण पाएकोमा म धेरै प्रसन्‍न छु।” सानो छँदादेखि नै काजुनाले भाग लिएको त्यो ईश्‍वरतान्त्रिक सेवकाई स्कूल यहोवाका साक्षीहरूको मण्डलीको एउटा सभा हो। प्रतियोगिताको लागि तयारी गर्ने क्रममा काजुनाले माइक्रोफोन प्रयोग गर्ने, न्यानो र उत्साहजनक ढङ्‌गमा बोल्ने, इशारा गर्ने, श्रोताहरूसित सम्पर्क गर्ने तथा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा सिकाइएका अन्य विषयहरूमा विशेष ध्यान दिएकी थिइन्‌।

यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा हरेक हप्ता सञ्चालन हुने यस स्कूलको कार्यक्रम हेर्ने हाम्रो निमन्त्रणा कृपया स्वीकार्नुहोस्‌। युवा तथा वृद्ध सबैले त्यसबाट कसरी लाभ उठाउँछन्‌ आफैले हेर्नुहोस्‌। यो सभा सर्वसाधारणको लागि खुला छ। तपाईंको घर नजिकैको यस स्कूलबारे थप जानकारीको लागि कृपया तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने