प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१५ पृ. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मादक पेयपदार्थप्रति के तपाईं ईश्‍वरीय दृष्टिकोण राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१५ पृ. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• भावनात्मक तथा आध्यात्मिक थकान महसुस भएको बेला एक जना मसीहीले के गर्न सक्छन्‌?

हामीले आफ्नो थकानको कारण चिन्‍नु आवश्‍यक छ। यसले हाम्रो बानी तथा हामीसित भएका सरसामग्री जाँच्न अनि सबै अनावश्‍यक टन्टाहरू पन्छाउन मदत गर्न सक्छ। आफ्नो परिस्थितिअनुसार हामी व्यावहारिक लक्ष्यहरू राख्न सक्छौं। हाम्रो आध्यात्मिक स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ र यसको लागि नियमित प्रार्थना र मनन जरुरी छ।—८/१५, पृष्ठ २३-२६.

• यहोवाका साक्षीहरूले किन १,४४,००० संख्यालाई शाब्दिक अर्थमा लिन्छन्‌?

प्रेरित यूहन्‍नालाई १,४४,००० बारे बताइसकेपछि तिनले “कसैले गन्‍न नसक्ने . . . एक ठूलो भीड़” देखे। (प्रकाश ७:४, ९) यदि १,४४,००० संख्या लाक्षणिक भएको भए ती दुई पदलाई तुलना गर्नुको केही महत्त्व नै हुने थिएन। येशूले आफूसँगै शासन गर्ने व्यक्‍तिहरूलाई “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२)—९/१, पृष्ठ ३०.

• इस्राएलीहरूले रगत ननिथारिएको मासु किन विदेशीहरूलाई बेच्न सक्थे?

धर्म परिवर्तन नगरेको विदेशी वा परदेशी बासिन्दा व्यवस्थाको अधीनमा थिएनन्‌। त्यसैकारण यस्ता जनावरहरू तिनलाई दिन वा बेच्न एक इस्राएलीलाई अनुमति दिइएको थियो। (व्यवस्था १४:२१) तर धर्म परिवर्तन गरेका व्यक्‍ति भने व्यवस्थाको अधीनमा थिए र यस्तो व्यक्‍तिले रगत ननिथारेको मासु खाँदैनथे। (लेवी १७:१०)—९/१५, पृष्ठ २६.

• बायोमिमेटिक्स भनेको के हो र मसीहीहरूले किन यसमा चासो राख्नुपर्छ?

यो प्रकृतिमा पाइने संरचनाहरूको नक्कल गर्न खोज्ने विज्ञानजगत्‌को एउटा क्षेत्र हो। उदाहरणका लागि, उडिरहेका ठूलठूला चराहरूको अध्ययन गरेपछि राइट दाजुभाइले हवाईजहाजको डिजाइन गरे। तसर्थ, बायोमिमेटिक्सले एक जना मसीहीलाई सृष्टिकर्तालाई महिमा दिन उत्प्रेरित गर्न सक्छ।—१०/१, पृष्ठ ९.

• दोस्रो कोरिन्थी १२:२-४ मा उल्लिखित प्रमोदवनतिर लगिने व्यक्‍ति को थिए?

पावलले आफू प्रेरित हुँ भन्‍ने प्रमाण दिने बित्तिकै उक्‍त अंश उल्लेख गरिएको छ। यस्तो अनुभव गरेका अरू कुनै पनि व्यक्‍तिबारे बाइबलमा नबताइएको कारण र यसबारे बताउने व्यक्‍ति पनि पावल नै भएकोले दर्शन देख्ने व्यक्‍ति सम्भवतः पावल नै हुनुपर्छ।—१०/१५, पृष्ठ ८.

• येशूका केही गुणहरू के-के हुन्‌, जसले उहाँलाई परमेश्‍वरले छान्‍नुभएका नेताको रूपमा सेवा गर्न योग्य बनाउँछ?

आफ्नो आचरणमा इमानदार तथा धार्मिक भएर येशूले पूर्णतया निष्ठा कायम राख्नुभयो। उहाँ परमेश्‍वरप्रति पूर्णतया समर्पित हुनुहुन्थ्यो। येशू मानिसहरूप्रति गहिरो चासो राख्नुहुन्थ्यो र काम गर्न इच्छुक हुनुहुन्थ्यो।—११/१, पृष्ठ ६-७.

• हजार वर्षको दौडान प्रेतहरू कहाँ हुनेछन्‌?

ख्रीष्टको हजार वर्षीय शासनको दौडान शैतानका साथसाथै तिनीहरूलाई पनि अगाध खाँदमा फालिनेछ भन्‍ने तार्किक निष्कर्षमा हामी पुग्न सक्छौं। (प्रकाश २०:१-३) उत्पत्ति ३:१५ मा साँपको शिर कुच्याउने विषयमा भविष्यवाणी गरिएको थियो र त्यसरी शिर कुच्याउनुमा हजार वर्षको दौडान शैतानलाई अगाध खाँदमा फ्याँक्नु समावेश छ। त्यसको सन्तान दुष्ट स्वर्गदूत अथवा प्रेतहरू मिलेर बनेको छ। दुष्ट आत्माहरूले अगाध खाँदप्रति देखाएको ठूलो डरले आउँदै गरेको यस बन्देजबारे तिनीहरूलाई थाह छ भन्‍ने कुरा सङ्‌केत गर्छ। (लूका ८:३१)—११/१५, पृष्ठ ३०-३१.

• मात्तिएको जस्तो नदेखिने गरी पिए तापनि मादक पेयपदार्थ पिउने सन्दर्भमा कुनै एक व्यक्‍ति किन होसियार हुनुपर्छ?

धेरै रक्सी पिइसकेपछि पनि कसै-कसैले मात्तिएको जस्तो कुनै लक्षण देखाउँदैनन्‌। तथापि, बिस्तारै अनि क्रमिक रूपमा रक्सीमा निर्भरता र “रक्सी धेरै पिउने” बानी बस्न सक्छ। (तीतस २:३) येशूले “मन वाक्क-ब्याक्क, नशा [“मतवालीपन,” NRV]” विरुद्ध चेतावनी दिनुभयो। (लूका २१:३४, ३५) रक्सी पिएर मात्तिएको अवस्थासम्म पुग्नुअघि नै शारीरिक तथा आध्यात्मिक तवरमा झुम्म र अल्छी हुन सक्छ।—१२/१, पृष्ठ १९-२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने