प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १/१५ पृ. ३२
  • “यसको रहस्य के होला?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यसको रहस्य के होला?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १/१५ पृ. ३२

“यसको रहस्य के होला?”

फास्ट-फूड रेस्टुराँमा एक अपरिचित वृद्धले तीन छोराछोरीकी आमा म्युरिललाई यो प्रश्‍न सोद्धा तिनी त छक्क परिन्‌। म्युरिल आफ्ना छोराछोरीलाई डाक्टरकहाँ जचाउन लैजाँदैमा व्यस्त भएकीले धेरै समय गइसकेको थियो। मसीही सभामा जानुअघि घर गएर खाना खान उनीहरूलाई समय नै थिएन। त्यसैकारण छोराछोरीलाई केही खुवाउन तिनले उनीहरूलाई नजिकैको रेस्टुराँ लगिन्‌।

खाना खाइसिध्याउन लाग्दा एक जना मानिस म्युरिलकहाँ आएर यसो भने: “तपाईं यहाँ आउनुभएदेखि नै मैले तपाईंलाई याद गरिरहेको छु। अनि मैले तपाईंका छोराछारी र साधारणतया मैले देखिरहने अरू बच्चाहरूबीच ठूलो भिन्‍नता याद गरें। बच्चाहरू टेबुल तथा मेचहरूमा कसरी चल्छन्‌ तपाईंलाई थाहै होला। तिनीहरूको खुट्टा टेबुलमाथि हुन्छ। मेचहरू जथाभावी चलाएको चलाएकै गर्छन्‌। तर तपाईंका छोराछोरी त एकदमै शान्त र राम्रो आनीबानी भएकाहरू रहेछन्‌। यसको रहस्य के होला?”

म्युरिलले यस्तो जवाफ दिइन्‌: “मेरो पति र म आफ्ना छोराछोरीसित नियमित रूपमा बाइबल अध्ययन गर्छौं र हामी जे सिक्छौं त्यसलाई आफ्नो जीवनमा लागू गर्ने कोसिस गर्छौं। हामी यहोवाका साक्षीहरू हौं।” यत्तिकैमा ती मानिसले यसो भने: “म एक जना यहूदी तथा नाजी विध्वंसबाट बचेको व्यक्‍ति हुँ। जर्मनीमा यहोवाका साक्षीहरूले भोगेको सतावट मलाई अझै पनि याद छ। त्यतिबेला पनि उनीहरू अरूभन्दा एकदम भिन्‍न देखिन्थे। तपाईंका छोराछोरीको आनीबानीले मलाई साँच्चै प्रभावित गरेको छ। मैले तपाईंको धर्मबारे राम्रोसँग बुझ्नै पर्छ।”

छोराछोरीको पालनपोषण गर्ने सन्दर्भमा बाइबल एउटा उत्कृष्ट निर्देशन-पुस्तक हो। धर्मशास्त्रमा पाइने डोऱ्‍याइबाट लाभ उठाउन अरूलाई मदत गर्न यहोवाका साक्षीहरू एकदमै इच्छुक छन्‌। निम्न निमन्त्रणा स्वीकार्नुहोस्‌ भनी हामी तपाईंहरूलाई हार्दिक आग्रह गर्न चाहन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने