प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 २/१५ पृ. ३२
  • विश्‍वलाई कसले खुवाउनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वलाई कसले खुवाउनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 २/१५ पृ. ३२

विश्‍वलाई कसले खुवाउनेछ?

भोकमरी विरुद्ध कार्यरत संयुक्‍त राष्ट्रसंघको एउटा निकाय, विश्‍व खाद्य कार्यक्रमको अनुमानअनुसार ८० करोड मानिसहरू र त्यसमध्ये पनि अधिकांश बालबच्चाहरू भोकमरीको मुखैमा छन्‌। हालै, त्यस निकायले बताएअनुसार थुप्रै विकसित राष्ट्रहरूले यस्तो अवस्था हटाउन प्रयोग गर्न सक्ने स्रोतसाधन र ध्यान आतङ्‌कवादजस्ता अन्य समस्याहरूतर्फ मोड्‌नुपऱ्‍यो। सङ्‌क्रामक रोगहरूले समस्या झनै चर्काएको छ। उक्‍त निकायको ग्लोबल स्कूल फिडिङ रिपोर्ट-ले एड्‌सको बिगबिगी भएका अफ्रिकी देशहरूबारे यसो भन्यो: “आमाबाबुको एउटा सिङ्‌गै पुस्ता सखाप हुँदैछ। तिनीहरूले टुहुरा छोडेका छोराछोरीहरूले अक्सर आफ्नो हेरचाह आफै गर्नुपर्ने हुन्छ अनि प्रायजसो एउटा पुस्ताबाट अर्को पुस्तामा सर्नुपर्ने खेतीपाती अनि जीविकोपार्जनसम्बन्धी कुनै आधारभूत ज्ञान तिनीहरूमध्ये धेरैसित हुँदैन।”

विश्‍व खाद्य कार्यक्रमले स्कूलहरूमा दिनभरिमा कम्तीमा एक पटक खाना खुवाउने लक्ष्य भएको कार्यक्रम प्रवर्धन गरिरहेको छ। यसको उद्देश्‍य भोकमरी कम गर्नु मात्र होइन तर केटाकेटीहरूमाझ एच आइ भी/एड्‌स रोक्ने अन्य नियमित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नु पनि हो।

यो कार्यक्रम लागू भएका ठाउँहरूमा केटाकेटीहरूले पोषण, व्यक्‍तिगत सरसफाइसम्बन्धी प्रशिक्षण र अन्य सहयोग पाएका छन्‌। मानिसहरूले आफ्नो आचरण परिवर्तन गर्दा एच आइ भी/एड्‌सको सङ्‌क्रमण दर पनि कम भएको पाइएको छ।

दुःखको कुरा, मानव प्रयासका परिणामहरू अक्सर अधकल्चो हुन्छ र निर्णायक हुँदैन। तर भोकमरीको स्थायी समाधानबारे बाइबलले एउटा सान्त्वनादायी प्रतिज्ञा गर्छ। भजन ७२:१६ यसो भन्छ: “पृथ्वीमा . . . प्रशस्तगरी अन्‍न हुनेछ।” परमेश्‍वरको राज्यअन्तर्गत मानिसहरूले यहोवाबारे यसो भन्‍न सक्नेछन्‌: “पृथ्वीको हेरचाह गरेर . . . तपाईंले त्यसलाई ज्यादै फलिफाप तुल्याउनुहुन्छ, . . . पृथ्वीलाई यसरी तयार गर्नुभएपछि तपाईंले मानिसहरूलाई अन्‍न जुटाइदिनुहुन्छ।”—भजन ६५:९.

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

WFP/Y. Yuge

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने