प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१५ पृ. ३२
  • भावनाहरूलाई वशमा राख्न मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भावनाहरूलाई वशमा राख्न मदत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१५ पृ. ३२

भावनाहरूलाई वशमा राख्न मदत

के तपाईंलाई कहिलेकाहीं आफ्नो जीवन नकारात्मक भावनाहरूको वशमा परेको छ जस्तो लाग्छ? के तपाईंलाई छिट्टै दिक्क लाग्छ अनि रिस उठ्‌छ? के जीवनका फिक्रीहरूले तपाईंलाई पूरै थिचेको जस्तो लाग्छ? यस्तो हुँदा केले मदत गर्छ?

भावनात्मक उतारचढाव मानव जीवनको एउटा अभिन्‍न हिस्सा हो। यसलाई ठीक तरिकाले वशमा राख्दा जीवन रसिलो हुन्छ। तर बाइबलले यो कुरा पनि मानिलिन्छ: “छल [“थिचोमिचोले,” NW] गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) हिंसा र दुर्घटनाहरू एकदमै सामान्य भइसकेको यस संसारमा भावनात्मक रूपमा प्रभावित नहुने को होला र? तथापि, धर्मशास्त्रले यसो पनि भन्छ: “मानिसले आफ्नो काममा आनन्द उपभोग गर्नुभन्दा अरू असल केही छैन।” (उपदेशक ३:२२) त्यसकारण जीवनलाई अझ आनन्दमय बनाउन हामीले असल भावनाहरू विकास गर्न सिक्नुपर्छ। स्वास्थ्यकर भावनाहरू विकास गरेर हानिकारक भावनाहरूलाई कसरी हटाउन सक्छौं?

अक्सर केही व्यावहारिक कदमहरू चाल्दा नकारात्मक भावनाहरू केही कम हुन्छ। उदाहरणका लागि, आफ्नो वशमा नभएको समस्याले गर्दा चिन्ताग्रस्त छौं भने त्यसमै अल्झिरहनुको सट्टा दैनिक तालिकामा फेरबदल ल्याउनु वा त्यस अवस्थाबाट निस्कनु बेस होइन र? टहल्दा, मधुर सङ्‌गीत सुन्दा, कडा व्यायाम गर्दा, खाँचोमा परेकाहरूलाई मदत गर्दा केही हदसम्म हल्का महसुस हुन्छ र खुसी पनि पाइन्छ।—प्रेरित २०:३५.

तर नकारात्मक विचारहरू हटाउने सबैभन्दा राम्रो तरिका चाहिं सृष्टिकर्तामा आफ्नो भरोसा राख्नु हो। नकारात्मक विचारहरूले सताइरहँदा हामीले प्रार्थनाद्वारा आफ्नो ‘सारा फिक्री परमेश्‍वरमाथि राख्नुपर्छ।’ (१ पत्रुस ५:६, ७) “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, . . . धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१८, १९) हामी कसरी परमेश्‍वर हाम्रो “सहायक र छुटकारा दिने हुनुहुन्छ” भनी विश्‍वस्त हुन सक्छौं? (भजन ४०:१७) बाइबल अध्ययन गरेर अनि आफ्ना सेवकहरूको हितप्रति उहाँले देखाउनुभएको व्यक्‍तिगत चासोका जीवन्त उदाहरणहरूमा मनन गरेर यसो गर्न सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने