प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १०/१५ पृ. ३
  • जीवनमा सफल हुन कस्तो शिक्षा चाहिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनमा सफल हुन कस्तो शिक्षा चाहिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के बाइबलले शिक्षालाई निरुत्साहित गर्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • उद्देश्‍य सहितको शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सबैभन्दा राम्रो शिक्षाबाट लाभ उठाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १०/१५ पृ. ३

जीवनमा सफल हुन कस्तो शिक्षा चाहिन्छ?

के तपाईं फुत्किनै नसक्ने गरी समस्याको जालोमा कहिल्यै जेलिनुभएको छ? यस किसिमको समस्या समाधान गर्दा तपाईंबाट गल्ती हुन गयो भने समस्यामाथि झन्‌ कत्ति समस्या थपिन सक्छ, सोच्नुहोस्‌ त! सधैं सही निर्णय गरेर भएभरको समस्या सफलतासाथ समाधान गर्ने क्षमता कसैसित पनि छैन। हो यही कारण शिक्षा चाहिन्छ। उसोभए, जीवनमा आइपर्ने समस्याहरूको डटेर सामना गर्न मदत गर्ने शिक्षा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

जवान-वृद्ध सबैले उच्च शिक्षालाई निकै महत्त्व दिन्छन्‌। अझ केही विज्ञहरूको भनाइअनुसार त “कलेजको डिग्रीविना तपाईं [गतिलो] जागिर पाउनै सक्नुहुन्‍न।” तर मानिसका यस्ता केही आवश्‍यकताहरू पनि छन्‌, जुन आवश्‍यकता भौतिक कुराले मात्र पूरा गर्न सक्दैन। उदाहरणका लागि, के उच्च शिक्षाले तपाईंलाई असल आमाबाबु, असल पति-पत्नी अथवा असल साथी बन्‍न मदत गर्छ? बुद्धिमान्‌ कहलिएका मानिसहरूले ज्यादै घमन्ड गर्न थाले भने उनीहरूमा दुर्गुणहरू देखा पर्न सक्छन्‌, उनीहरूको पारिवारिक जीवन कमजोर हुँदै जान सक्छ अथवा उनीहरूले आत्महत्यासमेत गर्न सक्छन्‌।

केही मानिसहरू डोऱ्‍याइ र शिक्षाको लागि धर्मको मुख ताक्ने गर्छन्‌ तर जीवनमा आइपर्ने कठिनाइहरूसित जुझ्न मदत गर्ने व्यावहारिक मदत नपाएपछि भने उनीहरू खिन्‍न हुन्छन्‌। यस्तो अनुभव गरेकी मेक्सिकोकी एमेलियाa भन्छिन्‌: “१५ वर्षअघिको कुरा हो, मलाई हामी श्रीमान्‌-श्रीमती सँगै बस्न सक्दैनौं जस्तो लागेको थियो। जहिले पनि हाम्रो झगडा हुन्थ्यो। रक्सी खान छोड्‌नुहोस्‌ भनेर श्रीमान्‌लाई अनेक सम्झाइबुझाइ गरें तर अहँ केही सीप लागेन। बच्चाहरूलाई घरमा अलपत्र छोडेर अक्सर श्रीमान्‌लाई खोज्न जानुपर्थ्यो। म भावनात्मक रूपमा थकित भइसकेकी थिएँ। के गर्दा मेरो समस्या सुल्झेला भनेर म धेरै चोटि चर्च पनि गएँ। चर्चमा कहिलेकाहीं बाइबल पढ्‌ने गरिए तापनि मेरो अवस्थासित मिल्दोजुल्दो सरसल्लाह दिएको मैले कहिल्यै सुनिनँ। चर्चका कसैले पनि मलाई ‘यसो गर, उसो गर’ भनी सल्लाह दिएनन्‌। चर्चमा बसेर एक-दुइटा प्रार्थना बरबराउँदैमा मेरो समस्या सुल्झेन।” अरूचाहिं आफ्नै धर्मगुरुहरूले उदाहरणीय जीवन नबिताएको देख्दा दिक्क मान्छन्‌। फलस्वरूप, धेरै मानिसहरू जीवनमा सफल हुन चाहिने प्रशिक्षण र शिक्षा धर्मले दिंदैन रहेछ भन्‍ने निष्कर्षमा पुग्छन्‌।

त्यसकारण तपाईंको मनमा प्रश्‍न उठ्‌न सक्छ, ‘जीवनमा सफल हुन म कस्तो किसिमको शिक्षा लिऊँ त?’ के साँचो मसीहीधर्मले यस महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिन सक्छ? अर्को लेख यसै विषयमा केन्द्रित रहनेछ।

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने