प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ५/१ पृ. ३२
  • सानो बाबुको मनै छोयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सानो बाबुको मनै छोयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ५/१ पृ. ३२

सानो बाबुको मनै छोयो

केटाकेटीहरू खेलौना बन्दुक लिएर खेलिरहेको देख्दा तपाईंलाई नमज्जा लाग्दैन र? ससाना केटाकेटीले पनि यस्तै खेल खेलेको देख्नु अब अनौठो कुरा रहेन। किनभने मनोरञ्जनजगत्‌ हिंसै-हिंसाले भरिन थालेको छ! केटाकेटीहरूलाई लडाइँ-झगडाको खेल खेल्न सिकाउनुभन्दा अरूसित मिलेर बस्ने खेलहरू खेल्न सिकाउन तपाईं के गर्न सक्नुहुछ? भाल्ट्रुट यहोवाका साक्षी हुन्‌। उनले अफ्रिकामा निकै वर्ष मिसनरी सेवा गरिन्‌। उनले एउटा केटोलाई अरूसँग मिलेर बस्ने खेल सिकाइन्‌।

लडाइँकै कारण भाल्ट्रुट आफ्नो देश छोडेर त्यस देशमा बसाइँ सरेकी थिइन्‌। त्यहाँ ती बहिनीले एउटी महिलासँग बाइबल अध्ययन सुरु गरिन्‌। ती महिलाको पाँच वर्षको एउटा छोरो पनि थियो। जब ती बहिनी उक्‍त महिलाकहाँ बाइबल अध्ययन गर्न जान्थिन्‌, ती महिलाको छोरा प्लास्टिकको सानो बन्दुक खेलाइरहेको हुन्थ्यो। के गरोस्‌ त, फुच्चेसँग अरू खेलौना नै थिएन। फुच्चेले कतै ताकेर हानेको त भाल्ट्रुटले कहिल्यै देखिनन्‌। तर ऊ जहिले पनि बन्दुक खोलेर गोली भरेजस्तो गर्दै खेलिरहन्थ्यो।

भाल्ट्रुटले त्यो फुच्चेलाई भनिन्‌: “भर्नर बाबु, तिमीलाई थाह छ, म किन घर छोडेर यता बस्न आएको? लडाइँले गर्दा नि! तिम्रो जस्तै बन्दुक भएकाहरूले अरूलाई गोली हानेर मार्छन्‌। त्यस्ता नराम्रा मान्छेहरूबाट जोगिन म भागेर आएको! भन त, अरूलाई गोली हानेर मार्नु ठीक हो?”

निन्याउरो अनुहार लगाउँदै फुच्चे भर्नरले भन्यो: “अहँ, ठीक होइन्‌!”

त्यसपछि भाल्ट्रुटले भनिन्‌: “स्याबास! तिमीले ठीक भन्यौ। ल अब भन त बाबु, तिम्री आमालाई भेटन हप्तैपिच्छे म किन आएको होला? किनभने नि, म यहोवाको साक्षी हुँ, सबै मानिसहरूले छिमेकीहरूसित मिलेर बस्न सकोस्‌ र साँचो परमेश्‍वरलाई चिन्‍न सकोस्‌ भनेर हामी यहोवाका साक्षीहरू अरूलाई सिकाउँछौं।” फुच्चेकी आमालाई सोधेपछि भाल्ट्रुटले भनिन्‌: “छ नि बाबु, तिम्रो त्यो बन्दुक मलाई देऊ, म त्यसलाई फाल्दिन्छु र तिमीलाई चार पाङ्‌ग्रे खेलौना गाडी ल्याइदिन्छु, है!”

फुच्चे भर्नरले बन्दुक खुरुक्क दियो। चार हप्तापछि उसले नयाँ खेलौना पायो। काठको त्यो खेलौना पाउँदा फुच्चे फुरुङ्‌ग थियो।

के तपाईं पनि आफ्ना छोराछोरीसित यसरी नै कुरा गर्नुहुन्छ? बन्दुक खेल्न सिकाउनुको सट्टा अरूसँग मिलेर बस्ने खेल खेल्न सिकाउन आफ्ना छोराछोरीको मनै छुने गरी कुरा गर्नुभएको छ? तपाईंले आफ्ना छोराछोरीलाई अहिले सिकाएको कुरा उनीहरूले जिन्दगीभर बिर्सनेछैनन्‌। (w06 5/1)

के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?

यस सङ्‌कटग्रस्त संसारमा पनि परमेश्‍वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानिसजातिका लागि उहाँको अद्‌भुत उद्देश्‍य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यसबारे थप जानकारी वा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया यहोवाका साक्षीहरूलाई पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

www.watchtower.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने