प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ७/१ पृ. ३२
  • केटाकेटीका लागि महत्त्वपूर्ण पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केटाकेटीका लागि महत्त्वपूर्ण पाठ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ७/१ पृ. ३२

केटाकेटीका लागि महत्त्वपूर्ण पाठ

अर्जेन्टिनाको मेन्डोजामा बस्ने ग्लाडिस एउटा स्कूलमा काम गर्छिन्‌। एकदिन कक्षा चारको कोठा अगाडिबाट हिंड्‌दै गर्दा एक शिक्षिकाले विद्यार्थीहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक पढेर सुनाइरहेकी उनले सुनिन्‌।a ग्लाडिसले उक्‍त शिक्षिकालाई आफू यहोवाको एक साक्षी भएको कुरा बताइन्‌ र त्यस पुस्तकबाट अधिक लाभ उठाउन सक्ने तरिका देखाउन चाहन्छु भनिन्‌। ग्लाडिसले बताएको कुराबाट असाध्यै प्रभावित भएको कारण त्यस शिक्षिकाले यो पुस्तकलाई विद्यार्थीहरूसँग नियमित तवरले छलफल गर्ने पाठ्य-विषय नै बनाउन चाहिन्‌। तर यसको लागि स्कूल प्रशासनबाट अनुमति चाहिन्थ्यो। खुसीको कुरा उनले अनुमति पाइन्‌।

पछि, स्कूलमा किताब पढ्‌ने कार्यक्रम भएको दिन शिक्षिकाले आफ्ना विद्यार्थीहरूलाई अन्य साथीहरूको अगाडि यस पुस्तकको एउटा-एउटा अध्याय ठूलो स्वरमा पढ्‌न लगाइन्‌। यो कार्यक्रमप्रतिको राम्रो प्रतिक्रियास्वरूप एक स्थानीय टेलिभिजन कार्यक्रमले उक्‍त शिक्षिकालाई अतिथिको रूपमा निम्त्यायो। स्कूलका विद्यार्थीहरूको चालचलनको प्रसङ्‌ग उठ्‌दा कार्यक्रम सञ्चालकले शिक्षिकालाई सोधे, “कक्षाका विद्यार्थीहरूलाई ज्ञानी बनाउन तपाईं के गर्नुहुन्छ?” यसको लागि बाइबलका कथाहरू भएको मेरो पुस्तक भन्‍ने प्रकाशन आफूले चलाइरहेको कुरा शिक्षिकाले बताइन्‌। आफूले कक्षाकोठामा धर्मबारे सिकाइरहेको नभए तापनि यस पुस्तकबाट आदर, सद्‌भाव, एकता, मेलमिलाप, आज्ञाकारिता र प्रेमजस्ता नैतिक मूल्यमान्यताहरू विद्यार्थीहरूको मनमा ठप्प बसाउन मदत गरिरहेकी कुरा उनले बताइन्‌। यी गुणहरू केटाकेटीले सिक्नु महत्त्वपूर्ण छ भनी सबै सहमत भए।

के तपाईं पनि आफ्नो छोराछोरीको मनमा यस्ता मूल्यमान्यता ठप्प बसाउन चाहनुहुन्छ? कुनै एक यहोवाको साक्षीसँग भेटेर तपाईंले बाइबलका कथाहरू भएको मेरो पुस्तक शीर्षकको यो आकर्षक किताब प्राप्त गर्न सक्नुहुन्छ। (w07 7/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने