प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ४/१ पृ. ३
  • विश्‍व एकता के सम्भव छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍व एकता के सम्भव छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यी आखिरी दिनमा एकता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • विश्‍वभरिका मानिसहरू एक भइरहेका छन्‌—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • एकता—साँचो उपासनाको चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ४/१ पृ. ३

विश्‍व एकता के सम्भव छ?

हाम्रो संसार कतातिर लम्कँदै छ—शान्तितिर वा विपत्तितिर? यी दुईमध्ये जतातिर पनि हुन सक्छ भन्‍न सकिन्छ जस्तो देखिन्छ।

एकातिर विश्‍वका केही नेताहरूले सायद शान्तिरहित विश्‍वको अवस्था सोच्दासमेत पनि अत्यन्तै भयावह भएकोले विश्‍वशान्ति प्राप्त गर्न सकिने लक्ष्य हो भनेर यसबारे निर्धक्क भई बोल्छन्‌। अर्कोतर्फ अरू थुप्रैचाहिं यी प्रश्‍नबारे सोच्दा समेत डरले काम्छन्‌: आमविनाशका हतियार कुन-कुन राष्ट्रहरूसित छ? के तिनीहरूले ती हतियार चलाउने दुस्साहस गर्नेछन्‌? तिनीहरूले ती चलाए भने के हुनेछ?

एकताको मार्गमा शत्रुता र पूर्वाग्रहले सधैं बाधा पुऱ्‍याएको छ र यस्ता भावनालाई हटाउनुको सट्टा धर्मले अक्सर आगोमा घ्यू थप्ने काम गरेको छ भनेर इतिहासले देखाउँछ। पत्रकार जेम्स ए. हटले यसो लेखे: “मानिसहरूलाई विभाजन गर्ने जुनसुकै कुराले पनि दुस्मनी उत्पन्‍न गराउन सक्छ र एउटा त्यस्तो शक्‍तिशाली विभाजक तत्त्व धर्म हो। धर्मले मानिसलाई ‘असल’ बनाउँछ भन्‍ने मान्यता विश्‍वभरि नै राखिने भए तापनि धर्मले केही मानिसहरूलाई जघन्य कार्य गर्न उक्साउँछ भनेर स्पष्ट छ।” लेखक स्टिभन वाइनवर्ग पनि यस्तै विचार राख्छन्‌। तिनी यसो लेख्छन्‌: “असल मानिसहरूलाई दुष्ट काम गराउने कारक तत्त्व धर्म हो।”

हाम्रो यो विश्‍व कुनै दिन एकताबद्ध हुनेछ भन्‍ने के कुनै आशा छ? छ! तर विश्‍वएकता मानिसहरू वा मानवनिर्मित धर्महरूबाट सम्भव छैन भनी हामी बुझ्नेछौं। (w07-E  12/01)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

के यो संसार पड्‌किनै लागेको ग्रिनेडजस्तै छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने