प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ९/१ पृ. १८
  • यहोवा नम्रहरूको मोल गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा नम्रहरूको मोल गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवाको स्तुतिगान गाऔँ”!
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • मोशा—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • गन्तीको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ९/१ पृ. १८

परमेश्‍वरको नजिक हुनुहोस्‌

यहोवा नम्रहरूको मोल गर्नुहुन्छ

गन्ती १२:१-१५

घमन्ड, ईर्ष्या र महत्त्वाकाङ्‌क्षा। यस्ता दुर्गुणहरू यस संसारमा सफलताको पछि लाग्नेहरूमाझ सामान्य भएको छ। तर के यस्ता दुर्गुणहरूले हामीलाई यहोवा परमेश्‍वरसित घनिष्ठ बनाउँछ? बनाउँदैन। यहोवा आफ्ना उपासकहरूको नम्रताको मोल गर्नुहुन्छ। यसको प्रमाण हामी गन्ती अध्याय १२ को विवरणमा पाउँछौं। त्यो घटना इस्राएलीहरू मिश्रबाट छुटकारा पाएपछि सीनैको उजाडस्थानमा छँदाको हो।

मोशाको दाइ हारून र दिदी मरियमले तिनको “विरुद्धमा बोल्नलागे”। (पद १) मोशासित कुराकानी गर्नुको सट्टा उनीहरूले तिनी विरुद्ध बोले, सम्भवत: छाउनीभरि गुनासो गरे। पहिला मरियमबारे उल्लेख गरिएकोले गुनासो गर्ने प्रमुख व्यक्‍ति उनी नै थिए जस्तो देखिन्छ। गुनासो गर्नुको पहिलो कारण मोशाले कूशी स्त्री विवाह गरेकोले थियो। अर्कै आइमाई अर्थात्‌ ती गैर-इस्राएली स्रीको कारण आफू ओझेलमा पर्छु जस्तो लागेकोले नै के मरियम ईर्ष्यालु भएकी थिइन्‌?

गुनासोको जरो झन्‌-झनै गहिरो हुँदै गयो। मरियम र हारूनले यस्तो भन्‍न लागे: “के परमप्रभु केवल मोशासँग मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीसित पनि कुरा गर्नुभएको छैन र?” (पद २) के यसरी गुनासो गर्नुको खास मनसाय थप अख्तियार र सम्मान पाउनलाई थियो?

त्यस विवरणमा मोशाले गुनासोको कुनै प्रत्युत्तर दिएनन्‌। यस्तो देखिन्छ, तिनले त्यो दुर्व्यवहार चुपचाप सहे। तिनले त्यसरी धैर्यतापूर्वक सहेकोले बाइबलमा “पृथ्वीभरिमा सबैभन्दा विनम्र” व्यक्‍ति भनेको कुरालाई सही प्रमाणित गऱ्‍यो।a (पद ३) मोशाले आफ्नो सफाइ दिनु परेन। यहोवाले सब सुनिरहनुभएको थियो र तिनको पक्षमा उभिनुभयो।

यहोवाले त्यो गुनासो आफूलाई नै गरेको सरह ठान्‍नुभयो। आखिर यहोवाले नै मोशालाई नियुक्‍त गर्नुभएको थियो। गुनासो गर्नेहरूलाई हप्काउँदै मोशासँग अनुपम सम्बन्ध रहेको कुरा यसरी सम्झाउनुभयो: “त्यससँग . . . आमने सामने प्रष्ट बात गर्छु।” त्यसपछि यहोवाले मरियम र हारूनलाई सोध्नुभयो: “यसैकारण मेरो दासको विरुद्धमा, अर्थात्‌ मोशाको विरुद्धमा बोल्न तिमीहरू कसरी आँट गर्छौ?” (पद ८) मोशाको विरुद्ध बोलेर तिनीहरूले परमेश्‍वरको विरुद्ध अपराध गरिरहेका थिए। त्यस्तो घोर अनादरको कारण उनीहरूले यहोवाको क्रोध खेप्नुपर्ने थियो।

गुनासो गर्न उक्साउने मरियमलाई कोर लाग्यो। तत्कालै हारूनले मोशालाई उनको लागि परमेश्‍वरलाई बिन्ती गरिदिन अनुरोध गरे। सोच्नुहोस्‌ त, जसलाई उनीहरूले गलत भनेका थिए अब तिनैले यहोवालाई बिन्ती गरिदिएमा मात्र मरियम निको हुन सक्थिन्‌! हारूनले जे भनेका थिए मोशाले विनम्रतापूर्वक गरे। यस विवरणमा मोशाले यहोवासँग पहिलो चोटि कुरा गर्दै आफ्नी दिदीको निम्ति व्यग्र प्रार्थना गरे। मरियम निको भइन्‌ तर उनले सात दिनसम्म छाउनी बाहिर लज्जित भई पर्खनुपऱ्‍यो।

यहोवाले मोल गर्ने गुणहरू र उहाँले घृणा गर्ने दुर्गुणबारे यस विवरणले हामीलाई गहिरो समझ दिन्छ। यदि हामी परमेश्‍वरको नजिक हुन चाहन्छौं भने आफैलाई नियालेर घमन्ड, ईर्ष्या र महत्त्वाकाङ्‌क्षा जस्ता दुर्गुणहरूको जड नै उखेल्नुपर्छ। नम्रहरूलाई यहोवा प्रेम गर्नुहुन्छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन. ३७:११; याकूब ४:६. ( w 09 8/1)

[फुटनोट]

a नम्रता एउटा यस्तो सशक्‍त गुण हो जसले मानिसलाई सहनशील भएर अनि बदलाको भावना नराखी अन्याय सहन सक्षम बनाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने