प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 १२/१ पृ. ३
  • एउटा मिथ्याले अर्को मिथ्या जन्माउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा मिथ्याले अर्को मिथ्या जन्माउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो मिथ्या: दुष्टले नरकमा सास्ती भोग्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • युनानी दर्शन—के यसले मसीहीधर्मलाई सम्पन्‍न बनायो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • चर्चका फादरहरू के तिनीहरू बाइबल सच्चाइका समर्थकहरू हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 १२/१ पृ. ३

एउटा मिथ्याले अर्को मिथ्या जन्माउँछ

“होसियार बस” भनेर प्रेरित पावलले प्रथम शताब्दीको अन्ततिरका ख्रीष्टियानहरूलाई लेखे। तिनले किन यस्तो चेतावनी दिइरहेका थिए? “नत्रता कसैले . . . तत्त्वज्ञान, [“दर्शनशास्त्र,” NRV] र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.

पावलले यस्तो चेतावनी दिए तापनि इस्वी संवत्‌ दोस्रो शताब्दीको बीचतिरदेखि केही ख्रीष्टियानले आफ्नो विश्‍वासको व्याख्या गर्न प्राचीन दार्शनिकहरूका धारणाहरू मिसाउन थाले। किन? आफ्नो कुरा रोमी साम्राज्यका शिक्षित वर्गले स्वीकारून्‌ र धेरैको धर्म परिवर्तन गर्न सकियोस्‌ भनेर।

जस्टिन मार्टियर यस्ता सबैभन्दा प्रसिद्ध ख्रीष्टियानमध्ये एक थिए। परमेश्‍वरका प्रवक्‍ता येशूले पृथ्वीमा आउनुअघि नै युनानी दार्शनिकहरूसामु आफूलाई प्रकट गराइसक्नुभएको थियो भन्‍ने तिनको विश्‍वास थियो। जस्टिन र तिनीजस्तै विचार भएका गुरुहरूअनुसार ख्रीष्टियान धर्ममा दर्शनशास्त्र र मिथ्या सामेल गर्न सकिएकोले नै यस धर्मलाई सबैथरीका मानिसले अनमोल ठानेका हुन्‌।

जस्टिन मार्टियरले प्रचलनमा ल्याएको यस्तो ख्रीष्टियान धर्मले गर्दा थुप्रैको धर्म परिवर्तन गर्न सकियो। तर एउटा मिथ्यालाई अँगाल्दा अर्को मिथ्या उत्पन्‍न भयो र अहिले ख्रीष्टियान शिक्षा भनेर आम-विश्‍वास गरिएको शिक्षाको उत्पत्ति भयो। यी मिथ्याहरू पर्दाफास गर्न यसपछिका पृष्ठहरूमा उल्लेख गरिएका पुस्तकहरूले भनेका कुरा र बाइबलले वास्तवमा सिकाउने शिक्षा तुलना गर्नुहोस्‌। ( w 09 11/01)

[पृष्ठ ३-मा भएको चित्र]

Devil: Barrators—Giampolo/The Doré Illustrations For Dante’s Divine Comedy/Dover Publications Inc.; angels: Art Resource, NY; trinity relief: Museo Bardini, Florence

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने