प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १/१ पृ. ३२
  • यहोवा हामी सफल भएको चाहनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामी सफल भएको चाहनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोशूको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • प्रतिज्ञाहरू पूरा गर्नुहुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • घाम अडिरहन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १/१ पृ. ३२

परमेश्‍वरको नजिक हुनुहोस्‌

यहोवा हामी सफल भएको चाहनुहुन्छ

यहोशू १:६-९

मायालु आमाबाबु आफ्ना छोराछोरी सफल भएको अनि अर्थपूर्ण र सन्तुष्ट जीवन बिताएको हेर्न उत्सुक हुन्छन्‌। स्वर्गमा बस्नुहुने हाम्रा बुबा यहोवा पनि पृथ्वीका आफ्ना छोराछोरी सफल भएको चाहनुहुन्छ। हामी कसरी सफल हुन सक्छौं भनी बताएर उहाँ हाम्रो कोमल हेरचाह गरेको देखाउनुहुन्छ। उहाँले यहोशूलाई भनेका शब्दहरू उदाहरणको रूपमा विचार गर्नुहोस्‌, जुन यहोशू १:६-९ मा रेकर्ड गरिएको छ।

यहाँ देखाइएको चित्र कल्पना गर्नुहोस्‌। मोशाको मृत्यु भइसकेपछि यहोशू लाखौं इस्राएलीको नयाँ नेता बन्छन्‌। परमेश्‍वरले तिनीहरूका पितापुर्खालाई प्रतिज्ञा गरेको देशमा इस्राएलीहरू प्रवेश गर्ने तयारी गर्दैछन्‌। परमेश्‍वर यहोशूलाई केही सल्लाह दिनुहुन्छ। ती सल्लाह पालन गरेमा तिनी सफल हुन सक्नेछन्‌। तर ती सल्लाह यहोशूको फाइदाको लागि मात्र दिइएको होइन। ती सल्लाह पालन गरेर हामी पनि सफल हुन सक्छौं।—रोमी १५:४.

यहोवा यहोशूलाई एक पटक मात्र होइन तीन-तीन पटक साहसी र बलियो होऊ भन्‍नुहुन्छ। (पद ६, ७, ९) हो, इस्राएल राष्ट्रलाई प्रतिज्ञा गरिएको देशमा सफलतासाथ लैजान यहोशूलाई साहस र बल चाहिनेछ। त्यसोभए तिनी साहसी र बलियो कसरी हुन सक्छन्‌?

यहोशूले प्रेरित लेखोटहरूबाट साहस र बल पाउन सक्छन्‌। यहोवा भन्‍नुहुन्छ: “मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्‌।” (पद ७) त्यतिबेला यहोशूसँग बाइबलका केही पुस्तकहरू मात्र थिए होला।a तर परमेश्‍वरको वचन साथमा हुँदैमा सफल होइन्छ भन्‍ने ग्यारेन्टी छैन। यसबाट लाभ उठाउन यहोशूले दुइटा कुरा गर्नुपर्छ।

पहिलो, यहोशूले नियमितरूपमा परमेश्‍वरको वचनले आफ्नो मन भर्नैपर्छ। यहोवा भन्‍नुहुन्छ: “त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू।” (पद ८) यहाँ मूल भाषामा प्रयोग गरिएको शब्दमाथि टिप्पणी गर्दै एउटा किताब यसो भन्छ: “परमेश्‍वरले यहोशूलाई उहाँको व्यवस्था गुनगुनाएर याद गर्नू भनी आज्ञा दिदैं हुनुहुन्थ्यो।” यहोशूले हरेक दिन परमेश्‍वरको वचन पढ्‌दा र मनन गर्दा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्नेछन्‌।

दोस्रो, यहोशूले परमेश्‍वरको वचनबाट सिकेका कुरा पालन गर्नु आवश्‍यक छ। यहोवा तिनलाई भन्‍नुहुन्छ: “त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरो सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।” (पद ८) परमेश्‍वरको इच्छाबमोजिम गरेमा मात्र यहोशू सफल हुनेछन्‌। अन्यथा कसरी पो सफल हुन सक्लान्‍न्‌ र? परमेश्‍वरको इच्छा सधैं सफल हुन्छ।—यशैया ५५:१०, ११.

यहोशूले यहोवाको सल्लाह पालन गरे। परिणामस्वरूप तिनले यहोवाको विश्‍वासी उपासक बनेर सफल र सन्तुष्ट जीवन बिताए।—यहोशू २३:१४; २४:१५.

के तपाईं पनि यहोशूले जस्तै सफल जीवन बिताउन चाहनुहुन्छ? तपाईं सफल भएको यहोवा चाहनुहुन्छ। तर परमेश्‍वरको वचन बाइबल साथमा भएर मात्र पुग्दैन। लामो समयदेखि वफादार एक ख्रीष्टियानले यस्तो सल्लाह दिए: “पाना पल्टाएर बाइबल सरर्र पढ्‌ने मात्र होइन, त्यसलाई मनन गरेर हृदयमा गड्‌न दिनुहोस्‌।” यदि तपाईंले आफ्नो हृदयमा परमेश्‍वरको वचन नियमित भर्नुभयो अनि सिकेको कुरा जीवनमा लागू गर्नुभयो भने यहोशूले जस्तै आफ्ना ‘मार्गहरूमा उन्‍नति गर्नुहुनेछ।’ ( w09-E 12/01)

[फुटनोट]

a यहोशूसँग भएका ती प्रेरित लेखोटहरूमा सायद मोशाका पाँचवटा पुस्तक (उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था), अय्यूबको पुस्तक र भजनको एउटा वा दुइटा पुस्तक थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने