प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ४/१ पृ. ११
  • येशू ख्रीष्ट उहाँको सन्देश अनि तपाईं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट उहाँको सन्देश अनि तपाईं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • सबैभन्दा उत्तम उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ४/१ पृ. ११

येशू ख्रीष्ट उहाँको सन्देश अनि तपाईं

“म ता तिनीहरूले जीवन पाऊन्‌, र त्यो प्रशस्त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।”—यूहन्‍ना १०:१०.

येशू ख्रीष्ट मुख्यतः लिन होइन दिन पृथ्वीमा आउनुभयो। सेवकाईमार्फत उहाँले मानिसजातिलाई अमूल्य उपहार दिनुभयो। त्यो उपहार हो-परमेश्‍वर र उहाँको इच्छाबारे सत्य कुरा प्रकट गर्ने सन्देश। त्यो सन्देश स्वीकार्नेहरूले अहिल्यै सुखी जीवनको आनन्द उठाउन सक्छन्‌ जसको पुष्टि लाखौं साँचो ख्रीष्टियानहरूले पनि गरेका छन्‌।a तर येशूले प्रचार गरेको प्रमुख सन्देश सबैभन्दा अमूल्य उपहार हो-उहाँले हाम्रो लागि दिएको सिद्ध जीवन। उहाँको सन्देशको त्यो प्रमुख पक्षलाई स्वीकार्नुमा हाम्रो अनन्त भलाइ निर्भर छ।

परमेश्‍वर र ख्रीष्टले के दिनुभयो? येशूलाई आफूले शत्रुहरूको हातबाट पीडादायी मृत्यु भोग्नुपर्नेछ भनी थाह थियो। (मत्ती २०:१७-१९) तैपनि उहाँले यूहन्‍ना ३:१६ मा यस्तो चिरपरिचित शब्दहरू बताउनुभएको पाउँछौं: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” येशूले आफू “धेरैको उद्धारको निम्ति आफ्नो प्राण [जीवन] दिनलाई” आएको पनि भन्‍नुभयो। (मत्ती २०:२८) उहाँको प्राण लिइने होइन, उहाँले नै दिनुहुने थियो भनेर येशूले किन भन्‍नुभयो?

सर्वोत्कृष्ट प्रेमले उत्प्रेरित भएर परमेश्‍वरले जन्मजात पाप र यसक नतिजाहरू अर्थात्‌ असिद्धता अनि मृत्युबाट मानिसहरूलाई उद्धार गर्ने प्रबन्ध मिलाउनुभयो। उहाँले एक मात्र पुत्रलाई आफ्नो शरीर बलिदान दिन पृथ्वीमा पठाएर यो प्रबन्ध गर्नुभयो। येशूले राजीखुसीले परमेश्‍वरको आज्ञा मान्‍नुभयो र हाम्रो लागि आफ्नो सिद्ध मानव जीवन दिनुभयो। त्यो प्रबन्धलाई फिरौती भनिन्छ, जुन मानिसजातिको लागि परमेश्‍वरले दिएको सर्वोत्कृष्ट उपहार हो।b त्यो उपहारले अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छ।

तपाईंले के गर्नु जरुरी छ? के फिरौती तपाईंको लागि उपहार हो? हो कि होइन, यो तपाईंमा नै भर पर्छ। कसैले तपाईंलाई उपहार दिएको कल्पना गर्नुहोस्‌। तर अघि सरेर नस्वीकारुन्जेल त्यो उपहार तपाईंको हुँदैन। त्यस्तैगरि यहोवाले तपाईंको लागि दिएको फिरौतीको उपहार पनि अघि सरेर नस्वीकारुन्जेल तपाईंको हुँदैन। तपाईं कसरी अघि सरेर यो उपहार स्वीकार्न सक्नुहुन्छ?

उहाँमा “विश्‍वास” गर्नेहरूले अनन्त जीवन पाउनेछन्‌ भनेर येशूले बताउनुभयो। विश्‍वास गर्नुमा तपाईंको जीवनशैली समावेश छ। (याकूब २:२६) येशूमा विश्‍वास गर्नु भनेको तपाईंले उहाँको भनाइ र गराइअनुसार जीवन बिताउनु हो। यसो गर्न तपाईंले येशू र उहाँको पितालाई राम्ररी चिन्‍नैपर्छ। येशूले भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

लगभग २,००० वर्षअघि येशू ख्रीष्टले लाखौं मानिसको जीवन परिवर्तन गर्ने सन्देश बाँड्‌नुभयो। त्यो सन्देश र त्यो सन्देशबाट तपाईं र तपाईंका प्रियजनहरूले अहिले मात्र होइन सधैंको लागि कसरी लाभ उठाउन सक्नुहुन्छ भन्‍ने विषयमा के तपाईं अझ धेरै बुझ्न चाहनुहुन्छ? यहोवाका साक्षीहरू तपाईंलाई सहयोग गर्न पाउँदा खुसी हुनेछन्‌। ( w10 -E 04/01)

[फुटनोट]

a आफूलाई ख्रीष्टियान भनेर दाबी गर्नेहरू सबै ख्रीष्टका साँचो अनुयायी होइनन्‌। परमेश्‍वर र उहाँको इच्छाबारे येशूले सिकाएअनुसार जीवन बिताउनेहरू नै उहाँका साँचो अनुयायी हुन्‌।—मत्ती ७:२१-२३.

b बाइबलको शिक्षा फिरौतीबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको “छुडौतीको बलिदान—परमेश्‍वरले दिनुभएको सबैभन्दा महान्‌ उपहार”अध्याय ५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने