प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १/१ पृ. १७
  • उहाँ मानिसहरूमा असल कुरा खोज्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उहाँ मानिसहरूमा असल कुरा खोज्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • “उहाँ कत्ति भला हुनुहुन्छ!”
    यहोवासित नजिक हुनुहोस्‌
  • परमेश्‍वरको भलाइको अद्‌भुत विशालता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • भलाइ—तपाईँ कसरी यो गुण विकास गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १/१ पृ. १७

परमेश्‍वरको नजिक हुनुहोस्‌

उहाँ मानिसहरूमा असल कुरा खोज्नुहुन्छ

१ राजा १४:१३

“परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ।” (१ इतिहास २८:९) यहोवाले हामीमा राख्नुहुने गहिरो चासोको हामीले कदर गर्न सकोस्‌ भनेर नै यी प्रेरित शब्दहरू लेखिएका हुन्‌। हामी असिद्ध नै भए तापनि यहोवा हाम्रो मनमा असल कुराको खोजी गर्नुहुन्छ। उहाँले १ राजा १४:१३ मा अबियाहबारे भन्‍नुभएका शब्दहरूबाट यो कुरा स्पष्ट हुन्छ।

अबियाह दुष्ट घरानामा जन्मेका थिए। तिनका बुबा यारोबाम धर्मत्यागी राजवंशका मूली थिए।a यहोवाले यारोबामको घरानालाई ‘कसिंगरजस्तै बढारेर’ पूर्णतया नामेट पार्ने विचार गर्नुभएको थियो। (१ राजा १४:१०) तर परमेश्‍वरले यारोबामको घरानाका एउटा सदस्य अर्थात्‌ सिकिस्त बिरामी परेका अबियाहको मात्र सम्मानजनक अन्त्येष्टि गर्न आज्ञा दिनुभयो।b किन? परमेश्‍वरले यसको कारण यसरी दिनुभयो: ‘यारोबामको घरानामा त्यसमा मात्र परमप्रभु इस्राएलका परमेश्‍वरले केही असल कुरो भेट्टाउनुभयो।’ (१ राजा १४:१, १२, १३) यसबाट अबियाहबारे हामी के थाह पाउन सक्छौं?

अबियाह परमेश्‍वरका वफादार उपासक थिए भनेर बाइबलमा बताइएको छैन। तैपनि तिनमा केही हदसम्म असल कुरा थियो। तिनले यहोवाको लागि केही असल काम गरेका थिए; त्यो उहाँको उपासनासित सम्बन्धित हुन सक्छ। यहूदी धर्मगुरुहरूका लेखोटहरूअनुसार अबियाह उपासना गर्नका लागि यरूशलेमको मन्दिर गएका वा इस्राएलीहरूलाई यरूशलेम जान नदिन तिनका बुबाले राखेका पहरेदारहरूलाई तिनले हटाएका हुन सक्छन्‌।

कुरा जेसुकै होस्‌, अबियाहमा भएको असल कुरा उल्लेखनीय थियो। पहिलो त त्यो साँचो र मनदेखि आएको थियो। अनि दोस्रो, त्यो असाधारण थियो। “यारोबामको घरानामा” जन्मेका भए तापनि अबियाहले यस्तो असल काम गरे। एक शास्त्रविद्‌ भन्छन्‌: “खराब वातावरण र परिवारमा हुर्के तापनि आफू असलै रहिरहनु निकै प्रशंसनीय हो।” अर्का शास्त्रविद्‌अनुसार अबियाहले गरेका असल काम “आकाश अँध्यारो हुँदा ताराहरू झनै चम्किलो देखिएजस्तो अनि वरपरका नाङ्‌गो रूखहरूबीच धूपीको रूख असाध्यै राम्रो देखिएजस्तो प्रस्टै देखिने खालको थियो।”

सबैभन्दा महत्त्वपूर्ण कुरा १ राजा १४:१३ मा पाइने शब्दहरूले यहोवाबारे केही राम्रो कुरा सिकाउनुका साथै उहाँ हामीमा के खोज्नुहुन्छ त्यो पनि बताउँछ। याद गर्नुहोस्‌, अबियाहमा यहोवाले केही असल कुरा ‘भेट्टाउनुभयो।’ सम्भवतः यहोवाले अबियाहको मनमा केही असल कुरा नभेट्टाएसम्म खोजिरहनुभयो। एक शास्त्रविद्‌को शब्दमा अबियाह तिनको परिवारका अन्य सदस्यहरूको तुलनामा “ससाना ढुङ्‌गाहरूको थुप्रोमा” रहेको एउटा मोतीजस्ता थिए। यहोवाले यो असल कुराको मोल गर्नुभयो र दुष्ट परिवारका यी सदस्यलाई केही हदसम्म दया देखाएर इनाम दिनुभयो।

हामी असिद्ध भए तापनि यहोवाले हामीमा असल कुरा खोज्नुका साथै त्यसको मोल गर्नुहुन्छ भनेर थाह पाउनु के आश्‍वासनदायी छैन र? (भजन १३०:३) यो कुरा थाह पाउँदा हामीमा अलिकता भए पनि असल कुरा पाइन्छ कि भनेर हाम्रो मन होसियारीसाथ जाँच्नुहुने यहोवा परमेश्‍वरसित अझ नजिक हुन यसले हामीलाई उत्प्रेरित गर्नुपर्छ। (w10-E 07/01)

[फुटनोटहरू]

a मानिसहरू यरूशलेमको मन्दिरमा गएर यहोवाको उपासना नगरून्‌ भनी यारोबामले इस्राएलको उत्तरी दस गोत्रे राज्यमा बाछोको मूर्ति स्थापना गरेका थिए।

b बाइबल लेखिएको समयमा कसैको उचित तरिकामा अन्त्येष्टि नगरिनुलाई ऊमाथि परमेश्‍वरको अनुमोदन नभएको रूपमा लिइन्थ्यो।—यर्मिया २५:३२, ३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने