प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १/१ पृ. ३
  • को हुन्‌ अदृश्‍य प्राणीहरू?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • को हुन्‌ अदृश्‍य प्राणीहरू?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • अदृश्‍य संसारतर्फ नजर लगाउँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के मृत्युपछि पनि जीवन छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के यहोवाबाहेक अरू सत्य परमेश्‍वर नै छैन त?
    ब्यूँझनुहोस्‌!—२००६
  • दुष्टात्माहरूमा कसले विश्‍वास राख्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १/१ पृ. ३

को हुन्‌ अदृश्‍य प्राणीहरू?

युरोपमा एक वृद्ध महिला जपमाला लिंदै चर्चमा जान्छिन्‌ र मरियमको मूर्तिसामु भक्‍तिभावसहित घुँडा टेक्छिन्‌। अफ्रिकामा एउटा परिवार आफूले आदर गर्ने मरिसकेका एक नातेदारको चिहानमा गएर रक्सी चढाउँछ। एउटा अमेरिकी मुलुकमा एक युवक आफूलाई सुरक्षा दिने स्वर्गदूतसित कुरा गर्ने आशामा व्रत बस्छन्‌ र ध्यान गर्छन्‌। एसियामा एक जना पुजारी मरेका पुर्खाहरूका लागि भनेर रङ्‌गीचङ्‌गी कागजले बनाएका सामानहरू बाल्छन्‌।

यी मानिसहरूबीच के समानता छ? उनीहरू सबैले अदृश्‍य संसारमा बुद्धिमान्‌ प्राणीहरू छन्‌ भनेर विश्‍वास गर्छन्‌। त्यस्तो विश्‍वासअनुसार तिनीहरूसित कुरा गर्न सकिन्छ र तिनीहरूमा मानिसहरूको जीवनमा ठूलो प्रभाव पार्ने क्षमता छ। निस्सन्देह, यो विश्‍वास न त नौलो छ, न त छक्कलाग्दो नै। छक्कलाग्दो कुरा त अदृश्‍य संसारमा को बस्छन्‌ भन्‍नेबारे नानाथरीका विचारधाराहरू हुनु हो।

मुसलमानहरू एउटै परमेश्‍वर, अल्लाहकोa उपासना गर्छन्‌। चर्चमा जानेहरू परमेश्‍वर त्रिएक हुनुहुन्छ र उहाँ पिता परमेश्‍वर, पुत्र परमेश्‍वर र पवित्र आत्मा परमेश्‍वर मिलेर बन्‍नुभएको छ भन्छन्‌। हिन्दूहरू तेत्तीस कोटी देवीदेवतामा विश्‍वास गर्छन्‌। अरू कतिपय मानिसहरूको भनाइअनुसार अदृश्‍य प्राणीहरू कुनै-कुनै जनावर, रूख, ढुङ्‌गा र खोलानालामा बस्छन्‌। अझै अन्य मानिसहरू असल र खराब स्वर्गदूतहरू, भूतप्रेत, पिशाच अनि देवीदेवताहरूसम्बन्धी पुस्तक, चलचित्र र टिभी कार्यक्रमहरूबाट प्रभावित छन्‌।

देवीदेवताहरूबारे नानाथरीका विचारधारा भएझैं तिनीहरूसित सम्पर्क राख्ने तरिकाबारे पनि अनेकन्‌ विचारधाराहरू छन्‌। तार्किक रूपमा विचार गर्ने हो भने सम्पर्क राख्ने सबै तरिका सही हुन सक्दैनन्‌। उदाहरणका लागि, फोन गर्नुअघि कसलाई फोन गर्ने त्यो हामीलाई थाह हुनुपर्छ र त्यो व्यक्‍ति साँच्चै अस्तित्वमा छ अनि हामीले गरेको फोन उसले उठाउनेछ भनेर हामी विश्‍वस्त हुनुपर्छ। काल्पनिक व्यक्‍तिलाई सम्पर्क गर्न खोज्नु बेकार हुनेछ। त्योभन्दा पनि खराब छली व्यक्‍तिसित सम्पर्क राख्नु हो किनकि यसो गर्नु खतरनाक हुन सक्छ।

त्यसोभए, अदृश्‍य संसारमा वास्तवमा को बस्छन्‌? बाइबलले यस प्रश्‍नको जवाफ दिने मात्र होइन तर कोसित सम्पर्क राख्नुपर्छ र प्रत्युत्तरमा के आशा गर्न सकिन्छ त्यो पनि बताउँछ। आउनुहोस्‌, हामी हेरौं। बाइबलले बताउने कुरा सुनेर तपाईं छक्क पर्नु होला। ( w10 -E 12/01)

[फुटनोट]

a “अल्लाह” कुनै नाम होइन तर यसको अर्थ केवल “परमेश्‍वर” हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने