प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brwp120301 पृ. ८-९
  • ‘राज्यको यो सुसमाचार प्रचार गरिनेछ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘राज्यको यो सुसमाचार प्रचार गरिनेछ’
  • प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
  • मिल्दोजुल्दो सामग्री
  • सबैले यहोवाको महिमाको वर्णन गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरको राज्य प्रचार गर्नका लागि सङ्‌गठित मण्डलीहरू
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
brwp120301 पृ. ८-९

‘राज्यको यो सुसमाचार प्रचार गरिनेछ’

“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

यसको अर्थ के हो? सुसमाचारको पुस्तकका लेखक लुकाले बताएअनुसार येसु “परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।” (लुका ८:१) येसु आफैले पनि यसो भन्‍नुभयो: “मैले . . . परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लुका ४:४३) येसुले आफ्ना चेलाहरूलाई गाउँ-गाउँ र सहर-सहरमा सुसमाचार प्रचार गर्न पठाउनुभयो अनि पछि उनीहरूलाई यसो भन्‍नुभयो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषित १:८; लुका १०:१.

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? येसुले भन्‍नुभएअनुसारै गर्न चेलाहरूले तुरुन्तै कदम चाले। “उनीहरूले हरेक दिन मन्दिरमा र घरघरमा गएर सिकाउन र येसु ख्रिष्टको विषयमा सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।” (प्रेषित ५:४२) प्रचारको काम केही गण्यमान्य व्यक्‍तिले मात्र होइन, पूरै मण्डलीले गर्नुपर्थ्यो। इतिहासकार नेयान्डरले लेखे: “सुरु-सुरुका ख्रिष्टियनहरूको विरोधी सेल्सियसले जुत्ता सिलाउनेहरू, ऊनको काम गर्नेहरू, छालाको काम गर्नेहरू, भनौँ भने असाध्यै अशिक्षित र तुच्छ मानिसहरूले मात्र सुसमाचार प्रचार गर्दै हिँड्‌छन्‌ भन्दै खिसी गरे।” जिन बर्नार्डिले आफ्नो किताब चर्चका सुरु-सुरुका शताब्दीहरू-मा लेखे: “[ख्रिष्टियनहरूले] सबै ठाउँमा गएर सबैलाई प्रचार गर्नुपर्थ्यो। तिनीहरूले राजमार्गहरूमा होस्‌, सहर-सहरमा होस्‌, चोक-चोकमा होस्‌ वा घरघरमा, स्वागत गरिए पनि नगरिए पनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्म प्रचार गर्नुपर्थ्यो।”

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? एङ्‌ग्लिकन चर्चका पादरी डेभिड वाट्‌सन लेख्छन्‌: “प्रचार गर्ने र सिकाउने कामलाई चर्चले गम्भिरतापूर्वक नलिएकोले अहिलेका मानिसहरू परमेश्‍वरको सेवा गर्न कुनै इच्छा राख्दैनन्‌।” होसे लुइस पेरेज ग्वाडालुपेले आफ्नो किताब क्याथोलिकहरू किन छोड्‌दै छन्‌?-मा एभेन्जेलिकल, एड्‌भेन्टिस्ट्‌ र अरू समूहको गतिविधिबारे यस्तो लेखे: “उनीहरू घर-घर गएर प्रचार गर्दैनन्‌।” यहोवाका साक्षीहरूबारे चाहिँ तिनले लेखे: “तिनीहरू घर-घर गएर व्यवस्थित ढङ्‌गमा प्रचार गर्छन्‌।”

काटो सर्वोच्च अदालतको २००१-२००२ रिपोर्ट-मा जोनाथन टुर्लीले भनेको यो कुरा समावेश गरिएको थियो: “यहोवाका साक्षीहरू भन्‍नेबित्तिकै धेरैजसोले बेला न कुबेला घरमा आएर प्रचार गर्ने मानिसहरू भन्‍ने बुझ्छन्‌। यहोवाका साक्षीहरूको लागि घर-घर गएर प्रचार गर्नु भनेको अरूलाई आफ्नो विश्‍वासबारे बताउनु मात्र होइन बरु आफ्नै विश्‍वास पनि बलियो बनाउनु हो।”

[पृष्ठ ९ मा भएको पेटी]

आज साँचो ख्रिष्टियनहरू को हुन्‌?

यी शृङ्‌खलाबद्ध लेखहरूमा हामीले साँचो ख्रिष्टियनहरूलाई चिनाउने विभिन्‍न पक्षबारे छलफल गऱ्‍यौँ। यी कुराहरू विचार गर्दा तपाईँलाई आज साँचो ख्रिष्टियनहरू को हुन्‌ जस्तो लाग्यो? हुनत आज हजारौँ समूह र सम्प्रदायले आफू ख्रिष्टियन भएको दाबी गरिरहेका छन्‌। तर येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको यो कुरा याद गर्नुहोस्‌: “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।” (मत्ति ७:२१) स्वर्गमा बस्नुहुने बुबाको इच्छाअनुसार चल्नेहरूलाई चिन्‍नुभयो र तिनीहरूसित सङ्‌गत गर्न थाल्नुभयो भने तपाईँले पनि परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूबाट लाभ उठाउन सक्नुहुनेछ। किनकि तिनीहरू नै साँचो ख्रिष्टियन हुन्‌। परमेश्‍वरको राज्य र यसले ल्याउने आशिष्‌हरूबारे थप जानकारीको लागि तपाईँलाई यो पत्रिका दिने यहोवाका साक्षीहरूलाई सोध्नुहोस्‌।—लुका ४:४३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने