प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ६/१५ पृ. ३२
  • दयाले पगाल्छ तिक्‍ततालाई!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दयाले पगाल्छ तिक्‍ततालाई!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • माया गर्छु भनेर बताउनुहोस्‌
    यहोवाका साक्षीहरूको अनुभव
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ६/१५ पृ. ३२

दयाले पगाल्छ तिक्‍ततालाई!

नेदरल्याण्ड्‌सका दुई साक्षी जर्ज र मानोनले रीए नाम गरेकी एउटी वृद्ध स्त्रीलाई राज्य सुसमाचार सुनाए। तर ती स्त्रीले तिनीहरूसित असाध्यै अमित्रैलो व्यवहार गरिन्‌। तिनको दुई पति र एक छोराको मृत्यु भइसकेको र तिनी आफै पनि जोर्नीशोथबाट ग्रस्त भएको कुरा ती साक्षीहरूले थाह पाए। कुराकानीको दौडान बेला-बेलामा शान्त भए तापनि तिनले अलिकता पनि मित्रैलो व्यवहार देखाइनन्‌।

ती स्त्री एकदमै एक्लो अनि दुःखी देखिन्थिन्‌। त्यसैले फूलको गुच्छा लिएर फेरि भेट्‌न जाने विषयमा जर्जले मानोनसित सल्लाह गरे। तिनीहरू फूलको गुच्छा लिएर जाँदा ती घरधनी असाध्यै छक्क परिन्‌। तर त्यसबेला तिनले साक्षीहरूसित कुराकानी गर्ने समय निकाल्न सकिनन्‌। त्यसैले भेटघाट गर्नको लागि अर्को दिन मिलाइयो। जर्ज र मानोन तोकिएकै समयमा तिनलाई भेट्‌न गए तर घरमा कोही थिएन। तिनीहरूले विभिन्‍न समयमा भेट्‌न प्रयास गरे तर भेट्‌न सकेनन्‌। उक्‍त स्त्रीले भेट्‌नै नचाहेको हो कि भनेर समेत ती साक्षीहरूले सोचे।

तर एक दिन जर्जले रीएलाई घरमै भेटे। भेट्‌न मिलाइएको समयमा आफू घरमा नभएकोमा तिनले माफी मागिन्‌ अनि आफू अस्पतालमा भएको कुरा बताइन्‌। तिनले यसो पनि भनिन्‌: “तपाईंहरू गएपछि मैले के गरें, तपाईंहरू विश्‍वासै गर्न सक्नुहुन्‍न होला। मैले बाइबल पढ्‌न थालें!” रमाइलो कुराकानी भयो अनि बाइबल अध्ययन पनि सुरु गरियो।

बाइबल अध्ययन गर्न थालेपछि रीएको व्यवहारमा परिवर्तन आयो। तिनी आनन्दित हुन सकिन्‌ र तिनले दयालु व्यवहार देखाउन थालिन्‌। घरभित्रै कुच्रिएर बस्नुपरे तापनि तिनले आफूलाई भेट्‌न आउने सबैलाई आफ्नो नयाँ विश्‍वासबारे बताउन ढिला गरिनन्‌। स्वास्थ्यको कारण तिनी मण्डलीका सभाहरूमा नियमित रूपमा धाउन सक्दिनथिन्‌। तैपनि भाइबहिनीहरू घरमा भेट्‌न आउँदा तिनलाई खुसी लाग्थ्यो। तिनी ८२ वर्ष पुगेकै दिनमा आयोजित क्षेत्रीय सम्मेलनमा तिनले बप्तिस्माद्वारा परमेश्‍वरप्रतिको समर्पण जाहेर गरिन्‌।

तर केही महिनापछि तिनको मृत्यु भयो। तिनको मृत्युपछि, तिनले लेखेको एउटा कविता फेला पऱ्‍यो। त्यसमा तिनले वृद्धावस्थामा एक्लो महसुस हुँदा हुने कष्टबारे बताएकी थिइन्‌ र दयाको महत्त्वबारे जोड दिएकी थिइन्‌। त्यो कविता पढेपछि मानोनले यसो भनिन्‌: “कविता पढेर मेरो मनै छोयो। रीएलाई दया देखाउन यहोवाले हामीलाई मदत गर्नुभएकोमा म एकदम खुसी छु।”

हो, यहोवा स्वयम्‌ले देखाउनुभएको उदाहरणले हामीलाई प्रेम र दया देखाउन उत्प्रेरित गर्छ। (एफि. ५:१, २) अरूलाई ‘दया देखाएर आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस’ गर्दा हाम्रो सेवाको काम फलदायी हुनेछ।—२ कोरि. ६:४, ६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने