प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१ पृ. ५
  • ईश्‍वर तपाईंलाई बुझ्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वर तपाईंलाई बुझ्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • के वास्तवमा परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • के ईश्‍वर तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • हामी आश्‍चर्य रीतिले बनिएका छौं
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • “हे परमप्रभु, तपाईंले मलाई . . . चिन्‍नुभएको छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१ पृ. ५

आवरण लेख | के ईश्‍वर तपाईंको ख्याल राख्नुहुन्छ?

ईश्‍वर तपाईंलाई बुझ्नुहुन्छ

“हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्‍नुभएको छ।”—भजन १३९:१.

डिएनएको एउटा रेसा र भ्रूण

“मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए।”—भजन १३९:१६

कोही-कोही किन शङ्‌का गर्छन्‌? हामी ईश्‍वरको नजरमा पापी र अशुद्ध छौं अनि उहाँको कृपा पाउन योग्य छैनौं भनी थुप्रै मानिस सोच्ने गर्छन्‌। अमेरिकामा बस्ने केन्द्र नाम गरेकी एक स्त्रीलाई लिनुहोस्‌। तिनी डिप्रेसनको सिकार भइन्‌ किनभने ईश्‍वरले चाहनुभए अनुसार आफूले गर्न नसकेको जस्तो तिनलाई लाग्थ्यो। तिनले आफूलाई असाध्यै दोषी महसुस गरिन्‌। परिणाम? तिनी भन्छिन्‌, “मैले प्रार्थना गर्नै छोडिदिएँ।”

ईश्‍वरको वचन के भन्छ? यहोवा हाम्रा त्रुटिहरू मात्र हेर्नुहुन्‍न। बरु उहाँ हाम्रो मन हेर्नुहुन्छ र हामी वास्तवमा कस्ता व्यक्‍ति हौं, बुझ्नुहुन्छ। बाइबल यसो भन्छ: “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” साथै उहाँ हामीसित ‘हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्‍न’ बरु हामीले पश्‍चात्ताप गर्दा दयालु भई हामीलाई क्षमा दिनुहुन्छ।—भजन १०३:१०, १४.

यस पत्रिकाको पहिलो लेखमा उल्लेख गरिएका इस्राएलका राजा दाऊदको उदाहरण विचार गरौं। तिनले ईश्‍वरलाई प्रार्थनामा यसो भने: ‘मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, तपाईंका पुस्तकमा ती लेखिएका थिए। हे ईश्‍वर, मलाई जाँच्नुहोस्‌, र मेरो हृदय बुझ्नुहोस्‌।’ (भजन १३९:१६, २३) दाऊदले आफ्नो जीवनमा केही गम्भीर पाप समेत गरेका थिए। तैपनि पश्‍चात्ताप गरेमा यहोवाले तिनको हृदयको अवस्था बुझ्नुहुनेछ भन्‍ने कुरामा दाऊद विश्‍वस्त थिए।

अरू कुनै व्यक्‍तिले भन्दा यहोवाले हामीलाई सबैभन्दा राम्ररी बुझ्नुहुन्छ। बाइबल यसो भन्छ: “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:७) हामीबाट भएका गल्तीहरूका पछाडि कस्ता कारणहरू लुकेका छन्‌, ईश्‍वरले बुझ्नुहुन्छ। वंशानुगत गुण, हामी हुर्किएको वातावरण, हाम्रो अहिलेको परिस्थिति र हाम्रो व्यक्‍तित्वजस्ता कुराहरूले हामीले गर्ने व्यवहारमा असर गर्छ भनी ईश्‍वर राम्ररी बुझ्नुहुन्छ। गल्ती गरे तापनि असल व्यक्‍ति बन्‍न हामीले गरेको प्रयासलाई उहाँले याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ।

ईश्‍वर हामीलाई राम्ररी बुझ्नुहुन्छ। अनि उहाँ आफूले बुझेको कुरा हामीलाई सान्त्वना दिन पनि प्रयोग गर्नुहुन्छ। कसरी?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने