विषयसूची
डिसेम्बर २५-३१, २०१७ को हप्ता
३ हर्षोल्लासका साथ गाउनुहोस्!
यहोवाका सेवकहरूको लागि गीत गाउनु साँचो उपासनाको अभिन्न भाग हो। तर कोही-कोहीलाई अरूको अगाडि स्तुतिगान गाउन अप्ठ्यारो वा डर लाग्न सक्छ। त्यसो हो भने हामी के गर्न सक्छौं? हामीले हर्षोल्लासका साथ यहोवाको स्तुतिगान गाउनुपर्ने केही कारणबारे यस लेखमा चर्चा गरिएको छ। साथै अझ राम्रोसँग गीत गाउनको लागि सुझावहरू पनि दिइएका छन्।
जनवरी १-७, २०१८ को हप्ता
८ के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
जनवरी ८-१४, २०१८ को हप्ता
१३ यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्
पुरातन इस्राएलमा गरिएको शरण-नगरहरूको प्रबन्धबाट हामी बहुमूल्य पाठहरू सिक्न सक्छौं। गल्ती गर्नेहरूले आज कसरी परमेश्वरमा शरण लिन सक्छन् भन्नेबारे पहिलो लेखमा बताइएको छ। यहोवाको उदाहरण अनुकरण गर्दै हामी कसरी अरूलाई क्षमा दिन, जीवनप्रति आदर देखाउन अनि निष्पक्ष व्यवहार गर्न सक्छौं, त्यसबारे दोस्रो लेखमा बताइएको छ।
१८ “उदार मानिसले आफै पनि आशिष् पाउनेछ”
जनवरी १५-२१, २०१८ को हप्ता
२० सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्
जनवरी २२-२८, २०१८ को हप्ता
२५ तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्
यी दुई लेख पावलले परमेश्वरको प्रेरणा पाएर कलस्सीका ख्रीष्टियनहरूलाई दिएका सल्लाहमा आधारित छन्। लोकप्रिय वा चित्तबुझ्दो जस्तो लाग्ने सांसारिक सोचाइहरू सुन्दा हामीले के गर्नुपर्छ, त्यसबारे पहिलो लेखमा बताइएको छ। यहोवाले प्रतिज्ञा गर्नुभएका आशिष्हरू खोस्न सक्ने कुराहरूलाई हामी कसरी तिरस्कार गर्न सक्छौं, त्यसबारे दोस्रो लेखमा बताइएको छ।