प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या १ पृ. ३
  • साँचो ईश्‍वर को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वर को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं चिन्‍नुहुन्छ आफ्नो स्वर्गका पितालाई?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • नचिनेको परमेश्‍वरलाई विश्‍वास गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या १ पृ. ३
एक जना मानिस सुन्दर दृश्‍य हेर्दै

साँचो ईश्‍वर को हुनुहुन्छ?

थुप्रै मानिस ईश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन्‌। तर ईश्‍वरबारे तिनीहरूको धारणा फरक-फरक छ। जस्तै: कसै-कसैको लागि ईश्‍वर हाम्रो पापको सजाय दिने कठोर न्यायाधीश हुनुहुन्छ। तर कोही-कोही भने ईश्‍वर दयालु र मायालु हुनुभएकोले हामीले जे गरे पनि उहाँलाई केही फरक पर्दैन, उहाँ हामीलाई क्षमा गर्नुहुन्छ भनी सोच्छन्‌। अनि अरू कतिपयको विचारमा ईश्‍वर एकदमै टाढा हुनुहुन्छ र हाम्रो कुनै वास्ता गर्नुहुन्‍न। यस्ता विभिन्‍न विचारधाराले गर्दा थुप्रै मानिस ईश्‍वरलाई चिन्‍नै सकिँदैन भन्‍ने निष्कर्षमा पुग्छन्‌।

ईश्‍वरलाई चिन्‍नु आवश्‍यक छ र? अवश्‍य छ। ईश्‍वरलाई राम्ररी चिन्दा हाम्रो जीवन उद्देश्‍यपूर्ण र अर्थपूर्ण हुन्छ। (प्रेषित १७:२६-२८) ईश्‍वरसित नजिक हुन प्रयास गर्नुभयो भने उहाँ तपाईँको नजिक आउनुहुनेछ र तपाईँलाई मदत गर्नुहुनेछ। (याकुब ४:८) यसरी उहाँबारे सही ज्ञान लिँदा त्यसले तपाईँलाई सधैँभरि बाँच्ने जीवनतर्फ डोऱ्‍याउनेछ।—युहन्‍ना १७:३.

तपाईँ ईश्‍वरलाई कसरी चिन्‍न सक्नुहुन्छ? आफ्नो घनिष्ठ साथीबारे सोच्नुहोस्‌। तपाईँहरूको मित्रता कसरी बढ्‌दै गयो? तपाईँले तिनको नाम, व्यक्‍तित्व, तिनलाई मन पर्ने र मन नपर्ने कुराहरू, तिनले के-के गरेका छन्‌ र के गर्ने लक्ष्य राखेका छन्‌ जस्ता कुराहरूबाट तिनलाई चिन्‍नुभयो होला। यसरी तिनीसित घनिष्ठ हुनुभयो।

त्यसरी नै साँचो ईश्‍वरलाई चिन्‍न यस्ता कुराहरू विचार गर्न सक्छौँ:

  • उहाँको नाम के हो?

  • उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ?

  • उहाँले के गर्नुभएको छ?

  • उहाँले के गर्नुहुनेछ?

  • उहाँलाई चिन्दा के फाइदा हुन्छ?

धर्मशास्त्रले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ, त्यसबारे बुझ्न यो पत्रिका तयार पारिएको हो। यी लेखहरूले साँचो ईश्‍वर को हुनुहुन्छ भनी थाह पाउन मदत गर्छ। साथै उहाँसित घनिष्ठ हुँदा कस्तो फाइदा हुन्छ भनेर पनि बुझ्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने