प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 फेब्रुअरी पृ. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • एक ठाउँमा भेला हुन नछोड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 फेब्रुअरी पृ. ३१

के तपाईँलाई थाह थियो?

प्रथम शताब्दीमा गम्लामा भएको सभाघर

प्रथम शताब्दीको सभाघर: यो प्रथम शताब्दीको सभाघरको नमुना हो। प्रथम शताब्दीमा गालिल समुद्रको १० किलोमिटर उत्तर-पूर्वमा अवस्थित गम्ला सहरमा भएको सभाघरको केही विशेषता यसमा समेटिएको छ। प्राचीन कालका सभाघरहरू कस्ता हुन्थे भनेर यसमा देखाउन खोजिएको छ

सभाघरको सुरुवात कसरी भयो?

“सभाघर” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ हो, “सभा” वा “भेला गराउनु।” यो नाम उपयुक्‍त छ किनकि यहुदी समुदायका मानिसहरू प्राचीन कालदेखि नै शिक्षा लिन र उपासना गर्न सभाघरहरूमा भेला हुने गर्थे। हिब्रू धर्मशास्त्रमा सभाघरबारे तोकेरै उल्लेख गरिएको छैन तर इस्वी संवत्‌ १ सम्ममा त्यस्ता भेला हुने ठाउँहरू निकै प्रचलित भइसकेका थिए भनेर ख्रिष्टियन ग्रीक धर्मशास्त्रबाट थाह पाउँछौँ।

धेरैजसो बाइबलविद्‌को विचारमा यहुदीहरू बेबिलोनको कैदमा छँदा सभाघरको सुरुवात भयो। यहुदी विश्‍वकोश (अङ्‌ग्रेजी) यसो भन्छ: “कैद गरेर बेबिलोनको बिरानो भूमिमा लगिएका यहुदीहरू यरुसलेमको मन्दिर जान पाउँदैन थिए। तिनीहरूलाई त्यस दुःखद घडीमा सान्त्वनाको खाँचो महसुस हुन्थ्यो, त्यसैले तिनीहरू बेलाबेलामा भेला भएर धर्मशास्त्र पढ्‌ने गर्थे। तिनीहरू सायद विश्रामदिनको बेलामा यसरी भेला हुने गर्थे।” पछि मातृभूमि फर्किएपछि पनि यहुदीहरूले त्यसरी भेला भएर प्रार्थना गर्ने अनि धर्मशास्त्र पढ्‌ने गरिरहेको हुनुपर्छ अनि तिनीहरू जहाँ-जहाँ बसोबास गरे, त्यहाँ-त्यहाँ तिनीहरूले सभाघरहरू बनाए।

यसरी इस्वी संवत्‌ १ सम्ममा भूमध्यसागरको वरिपरि छरिएर रहेका यहुदीहरू, मध्यपूर्वभरि फैलिएका यहुदीहरू अनि इस्राएलमै बसोबास गरिरहेका यहुदी समुदायहरूको लागि समेत सभाघरहरू भनेको धार्मिक र सामाजिक गतिविधि सञ्चालन गर्ने मुख्य ठाउँ भइसकेको थियो। यरुसलेमको हिब्रू विश्‍वविद्यालयका प्राध्यापक ली लभिन यसो भन्छन्‌: “[सभाघर] अध्ययन गर्न, पवित्र भोजन खान, मुद्दाको सुनुवाइ गर्न, सामुदायिक कोष जम्मा गर्न अनि राजनैतिक र सामाजिक जमघटहरू आयोजना गर्न प्रयोग गरिन्थ्यो।” तिनी अझै यसो भन्छन्‌: “त्यहाँ हुने मुख्य गतिविधि भनेको धार्मिक गतिविधि नै थियो।” त्यसैले सभाघरमा हुने भेलाहरूमा येसु थुप्रै चोटि उपस्थित हुनुको कारण हामी बुझ्न सक्छौँ। (मर्कु. १:२१; ६:२; लुका ४:१६) येसु त्यहाँ उपस्थित भएकाहरूलाई सिकाउनुहुन्थ्यो, सल्लाह दिनुहुन्थ्यो अनि प्रोत्साहन दिनुहुन्थ्यो। ख्रिष्टियन मण्डलीको स्थापना भइसकेपछि प्रेषित पावलले पनि सभाघरहरूमा धेरै पटक प्रचार गरे। आध्यात्मिक कुराहरूमा चासो भएकाहरू सभाघरहरूमा उपस्थित हुन्थे। त्यसैले पावल कुनै सहरमा पुग्नेबित्तिकै अक्सर सभाघरमा जान्थे र प्रचार गर्थे।—प्रेषि. १७:१, २; १८:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने