प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जून पृ. ३१
  • एउटा पुरानो मुठा “खोलियो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा पुरानो मुठा “खोलियो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?
    सबैका लागि उपयोगी किताब
  • डेड्‌सीका पाण्डुलिपिहरू अपूर्व धनराशि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जून पृ. ३१
एन-गेदीमा आगोले खाएको मुठाको अंश; एन-गेदीमा फेला परेको खोल्न नसकिएको मुठाको अंश

एउटा पुरानो मुठा “खोलियो”

सन्‌ १९७० मा एन-गेदीमा फेला परेको बाइबलको अंश आगोले खाएकोले पढ्‌न नसकिने अवस्थामा थियो। 3-D स्क्यानले देखाएअनुसार त्यस मुठामा लेवीको किताबको एउटा अंश थियो, जसमा परमेश्‍वरको व्यक्‍तिगत नाम पनि समावेश छ

सन्‌ १९७० मा पुरातत्त्वविद्‌हरूले मृतसागरको पश्‍चिमी किनारानजिकै इजरायलको एन-गेदी भन्‍ने गाउँमा आगोले खाएको एउटा मुठा उत्खनन गरे। त्यो गाउँ सम्भवतः इस्वी संवत्‌ छैटौँ शताब्दीमा नाश भएको थियो। त्यसबेला जलाइएको एउटा सभाघरको भग्नावशेष उत्खनन गर्ने क्रममा त्यो मुठा फेला परेको थियो। त्यो मुठा पढ्‌नै नसकिने गरी बिग्रिसकेको थियो। त्यसलाई खोल्न खोज्दा त्यो झनै टुक्राटुक्रा हुने सम्भावना थियो। तर 3-D स्क्यानिङ्‌ प्रविधिले गर्दा त्यस मुठाको भित्रपट्टि भएको कुरा हेर्न सम्भव भयो। अनि नयाँ डिजिटल इमेजिङ सफ्टवेयरको मदतले त्यसमा लेखिएका कुराहरू पढ्‌न सकिने भयो।

स्क्यान गरेपछि मुठाबारे के पत्ता लाग्यो? त्यो मुठा बाइबलको एउटा अंश रहेछ। त्यस मुठामा लेवीको किताबको सुरुका केही पदहरू लेखिएका रहेछन्‌। ती पदहरूमा हिब्रू भाषामा लेखिएको परमेश्‍वरको व्यक्‍तिगत नाम पनि समावेश छ, जुन चार हिब्रू अक्षर मिलेर बनेको छ। त्यो मुठा इस्वी संवत्‌ ५० देखि ४०० बीचको हुनुपर्छ। यो मृतसागरमा फेला परेका पाण्डुलिपिहरूपछिको सबैभन्दा पुरानो मुठा हो। गिल जोहारले द जेरुसलेम पोस्ट-मा यस्तो लेखे: “मृतसागरमा फेला परेका २ हजार वर्ष पुराना पाण्डुलिपिहरू, जुन मन्दिरको पुनर्स्थापना भएको समयतिरका थिए अनि मध्य युगको एलेपो कोडेक्स, जुन इस्वी संवत्‌ १० औँ शताब्दीमा लेखिएको थियो, ती दुईबीच १ हजार वर्षजति लामो अन्तर थियो। तर एन-गेदीमा लेवीको पुस्तकको अंश फेला परेपछि भने त्यो अन्तर कम भएको छ।” विशेषज्ञहरूका अनुसार एन-गेदीमा फेला परेको यस मुठाले के देखाउँछ भने, तोरहका लेखोटहरूमा “हजारौँ वर्षको दौडान कुनै पनि परिवर्तन भएको छैन अनि प्रतिलिपिकहरूले नक्कल उतार्दा गरेको गल्तीले लेखोटहरूमा कुनै फरक पारेको छैन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने