प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जुलाई पृ. १
  • परमेश्‍वरको वचनमाथि विश्‍वास बढाउनु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनमाथि विश्‍वास बढाउनु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 जुलाई पृ. १

परमेश्‍वरको वचनमाथि विश्‍वास बढाउनु होस्‌

१ दृढ विश्‍वासको आवश्‍यकता परेको यदि कुनै समय थियो भने, त्यो अहिले नै हो। धेरै मानिसहरूमा विश्‍वास पटक्कै छैन नता भविष्यका लागि केही आशा नै छ। धार्मिक एवं राजनैतिक नेताहरूले प्रायः बारम्बार झुट्टा आशाहरू देखाएका हुनाले धेरै मानिसहरू खुल्लमखुल्ला निराशा व्यक्‍त गर्दछन्‌। साँच्चै नै, प्रेरित पावलले व्याख्या गर्नुभए झैं, “विश्‍वास सबैको सम्पत्ति हैन।” (२ थिस्स० ३:२ न्यु व०) तथापि, विश्‍वास यहोवाका साक्षीहरूको सम्पत्ति हो। परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरू पूरा हुने छन्‌ भनी हामी पूर्णतया विश्‍वस्त छौं।

२ दृढ विश्‍वासले गर्दा नै यहोवाका साक्षीहरू अरू मानिसहरू भन्दा छुट्टै देखिन्छन्‌। परमेश्‍वरप्रति आदर ल्याउँदै, यो विश्‍वासले अरूहरूका साथै हाम्रो पनि लाभ हुने किसिमका असल कार्यहरू गर्ने प्रेरणा दिन्छ। परमेश्‍वरको वचनले हाम्रो जीवनमा प्रभाव पारे पछि, यस प्रकारको विश्‍वास प्राप्त हुन्छ। बाइबललाई परमेश्‍वरको प्रेरित वचन मान्दै, त्यसमाथि विश्‍वास बढाउनु कत्तिको महत्त्वपूर्ण कुरा हो, त्यो साँचो मसीहीहरूका वर्तमान अन्तर्राष्ट्रिय भातृत्वद्वारा प्रदर्शित हुन्छ।—२ तिमो० ३:१६.

३ विश्‍वास बढाउँनका लागि अरूहरूलाई मद्दत किन दिने: मानिसहरूको जीवन खतरामा परेका हुनाले, अरूहरूको विश्‍वासलाई बढाउँनका लागि तिनीहरूलाई मद्दत दिने हामीहरूसित ठोस कारण छ। यसलाई मनमा राखेर जुलाई महिनाभरि हामीहरू क्षेत्रमा बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्ध छैन।) पुस्तकलाई प्रस्तुत गर्ने छौं। बाइबल परमेश्‍वरकै वचन हो भनी मानिसहरूलाई बुझ्ने मद्दत दिनु नै यो पुस्तकको उद्देश्‍य हो। यसले परमेश्‍वरको वचन विरुद्ध लगाइएका अनेकन्‌ झुट्टा आरोपहरूबारे छलफल गर्दछ तथा ती आरोपहरूलाई खण्डन गर्दछ। यसले कैयन्‌ प्रश्‍नहरूको सन्तोषजनक उत्तरहरू दिन्छ जस्तो कि: के बाइबल अवैज्ञानिक छ? के यसमा विरोधाभास छ? के यो दन्त्यकथा र लोककथा मात्र हो? बाइबलमा उल्लेखित आश्‍चर्यपूर्णकामहरू के वास्तवमा भएकै हुन्‌? के पुरातत्त्वशास्त्रले बाइबलको ऐतिहासिक सत्यतालाई झुट्टा साबित गरेको छ? यस बाहेक, बाइबलको प्रेरणावारे यो प्रकाशनले अरू धेरै असल प्रमाणहरू प्रस्तुत गर्दछ। साथै यसले बाइबलका अमोघ अग्रिमवाणीहरू एवं यसका अद्‌भुत र सम्पूर्ण सामञ्जस्यतामाथि पनि ध्यान आकर्षित गर्दछ।

४ बाइबलको अथाह व्यावहारिक ज्ञान तथा भलाइको निम्ति मानिसहरूमा असल परिवर्तनहरू ल्याउने यसको शक्‍ति बाइबल परमेश्‍वरकै वचन हो भनेर पुष्टि गर्ने प्रमाणको एउटा भाग मात्र हो। यो प्रमाण बुझ्ने मद्दत मानिसहरूलाई दिने जिम्मेवारी हाम्रो हो। यसो गर्नाका लागि हामीले तिनीहरूलाई प्रथमतः बाइबलले भनेका कुराहरूमाथि विश्‍वास गर्न सिकाउनु पर्दछ। यसकारण हामीबाट पढ्‌ने सामग्री लिने व्यक्‍तिहरूकहाँ तुरुन्तै फर्केर गयौं भने तिनीहरूका विश्‍वासलाई बढाउँन मद्दत दिनका लागि तिनीहरू सित गृह बाइबल अध्ययन सुरु गर्न हामी इच्छुक छौं भनी तिनीहरूलाई थाहा दिने छौं।

५ यो पुस्तकले विश्‍वासलाई बढाउँने मद्दत दिन्छ: प्रमाणलाई इमान्दारीपूर्वक जाँच गर्दा, बाइबल परमेश्‍वरकै वचन हो भन्‍ने कुरालाई कुनै पनि निष्कपट व्यक्‍तिले अस्वीकार गर्न सक्ने छैन। ती मध्येका धेरै प्रमाणहरूलाई यो पुस्तकले सजिलोसँग बुझ्न सकिने ढाँचामा प्रस्तुत गर्दछ। बाइबललाई परमेश्‍वरकै वचनको रूपमा स्वीकार गर्न तथा यसका प्रेरित सल्लाहहरू अनुसार जीवन बिताउने प्रोत्साहन हामी अरूहरूलाई दिन चाहन्छौं। जसले यसो गर्नेछन्‌ तिनीहरूले भजनसघ्र्हका लेखकको हार्दिक प्रार्थनालाई हर्षोल्लाससाथ दोहोऱ्‍याउने छन्‌: “विचार रहोस्‌, कसरी मैले तपाईंका आदेशहरूमा प्रेम राखेको छु। हे परमप्रभु, तपाईंको करुणाअनुसार मलाई जीवित राख्नुहोस्‌। तपाईंको वचनको सार सत्य छ, र तपाईंको प्रत्येक न्याय-वचन सदाको निम्ति अटल रहन्छ।”—भजन० ११९:१५९, १६० न्यु व०.

६ “महा-सङ्‌कष्टमा” संरक्षण पाउन सकिने उहाँका मार्ग खोज्ने ती सबै जनाका निम्ति यहोवाले प्रेमपूर्वक आफ्नो वचन, बाइबलद्वारा निर्देशन उपलब्ध गराउँनु हुन्छ। (मत्ती २४:२१) जुलाई महिनाभरि बाइबल—परमेश्‍वरको वचन वा मानिसको? पुस्तकलाई रु. १२.००-मा प्रस्तुत गरेर अरूहरूलाई परमेश्‍वरको वचन पढ्‌ने तथा त्यसलाई अध्ययन गर्ने प्रोत्साहन हामी दिन सक्ने छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने