प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी पृ. १
  • आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी पृ. १

आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌

१ केही वर्षअघि एक जना जवान मानिसले स्थानीय मण्डलीमा हुने सभाहरूको जानकारी दिने पर्चा फेला पारे। आफू सच्चाइकै खोजीमा भएको हुनाकारण उनले त्यही आइतबार आम भाषणमा उपस्थित हुने फैसला गरे र सभास्थलमा अलिक चाँडै नै आइ पुगे। एक जना प्रकाशकले उनलाई आत्मीयतासाथ स्वागत गर्दै उनीसित बाइबल अध्ययन गर्ने इच्छा पनि व्यक्‍त गरे। तर उनी त्यतिखेर राजी भएनन्‌। तथापि, राम्रो तयारी साथ प्रस्तुत गरिएको भाषण सुनेपछि उनी यति साह्रो प्रभावित भए कि उनले सभापछि चाहिं बाइबल अध्ययन सुरु गर्न मञ्जुर गरे। यी जवान मानिसले शीघ्र उन्‍नति गरे र केही महिनापछि बप्तिस्मा पनि लिइहाले। यस अनुभवबाट हामीले कमसे कम तीनवटा कामलाग्दा शिक्षाहरू लिन सक्छौं।

२ सर्वप्रथम, आम सभाबारे जनतालाई सूचना दिइएको थियो। के तपाईं पनि पर्चाहरू प्रयोग गर्दै आफ्नो मण्डलीमा हुने सभाहरूको कार्यक्रमबारे आम सूचना दिने गर्नु हुन्छ? आउँदो हप्तामा हुने आम भाषणको शीर्षक सभा-अध्यक्षले घोषित गर्दा तपाईंको क्षेत्रमा बस्ने कुन्‌ कुन्‌ व्यक्‍तिहरूले उक्‍त विषयमा विशेष चासो लिन सक्छन्‌, सो सोच्न थाल्नु होस्‌। सम्भवतः ती व्यक्‍तिहरूले हाल हाम्रा प्रकाशनहरू पढेको वा नपढेको पनि हुन सक्छ। किनभने केही मानिसहरू पढ्‌न मन पराउँदैनन्‌ अथवा पढ्‌नै परे तापनि अप्ठ्यारो मान्दै पढ्‌छन्‌। तर यी मानिसहरू शास्त्रीय विषयमा भाषण सुन्‍न चाहिं तयार हुन सक्छन्‌।

३ याद राख्नु पर्ने दोस्रो कुरा हो ती नयाँ व्यक्‍तिलाई गरिएको आत्मीयतापूर्ण स्वागत। सभा-गृहमा सकेसम्म चाँडो पुग्ने योजना मिलाउनु भयो भने तपाईंले आफ्ना भाइ-बहिनीहरू तथा नयाँ व्यक्‍तिहरूलाई समेत स्वागत गर्न सक्नुहुनेछ। (हिब्रू १०:२४) कुनै नयाँ व्यक्‍ति सभागृहमा पहिलो पटक आइ रहेका छन्‌ भने उनलाई हाम्रा सभाहरूबारे केही पनि थाह न होला। अतः यी सभाहरू गीत र प्रार्थना गरेपछि शुरु हुन्छन्‌ र सम्पूर्ण सभा कसरी सञ्चालित हुन्छ, सो उनलाई बताउनु होस्‌। उपयुक्‍त भएमा उनलाई आफूसितै बस्न अनुरोध गर्नु होस्‌ र आफ्नो बाइबल र गीतको किताब पनि उनलाई देखाउनु होस्‌। सभापछि उनको मनमा उठेका प्रश्‍नहरूबारे तपाईंसित छलफल गर्न पनि उनलाई निम्त्याउनु होस्‌।

४ सिक्नु पर्ने तेस्रो कुरा हो राम्ररी तयार पारिएको भाषण। मण्डलीमा आम-भाषण दिने सौभाग्य पाउने वक्‍ताहरूले आफ्नो विषय सामग्रीको तयारीमा तथा प्रस्तुत गर्ने अभ्यास गर्नमा धेरै समय बिताउँछन्‌। किनभने उनीहरूले स्रोतागणलाई प्रेम र सुकर्ममा झन्‌ झन्‌ बढी उत्तेजित गराउन चाहन्छन्‌। आज हामी सबैले नै दबाउको सामना गर्नु परेको छ र परमेश्‍वरको वचनको आरामदायी सत्य कुराहरूबाट नै हामीले धैर्य धारण गर्ने बल पाउने छौं। तर हामीले गौरसित सुन्‍ने गरेनौं भने चाहिं भाषणमा जति सुकै लाभदायक कुराहरू भए तापनि ती बाट हामी लाभान्वित हुनेछैनौं। भाषण दिइरहेको बेलामा के तपाईंलाई कहिलेकाहीं एकाग्रतासाथ सुन्‍न गाह्रो लाग्छ? लाग्छ भने सङ्‌क्षिप्तमा टिपोट लिने गर्नु होस्‌ जस्तो कि हामी सम्मेलनहरूमा गर्छौं। वक्‍ताले पढ्‌ने र व्याख्या गर्ने प्रत्येक शास्त्र-पदलाई तपाईंले पनि आफ्नो बाइबल खोलेर पढ्‌नु होस्‌।

५ सोसाइटीले शास्त्रका विभिन्‍न विषयहरूमा आधारित भाषणहरू उपलब्ध गराइ दिएको छ। मण्डलीको आम-भाषण कार्यक्रम प्राचीनहरूको समूहले अध्यक्ष अथवा अध्यक्षले खटाएको कुनै भाइद्वारा आयोजित गर्छ। स्थानीय आवश्‍यकताहरूलाई पूरा गर्ने प्रकारका विषयहरू सोसाइटीले दिएका विषयहरूमध्येबाट रोजिन्छन्‌। यी अत्यावश्‍क जानकारीबाट कुनै हालतमा पनि वञ्चित नहुनु होस्‌। तपाईंको मण्डलीमा हुने साप्ताहिक आम-सभालाई पूर्णरूपमा समर्थन गर्नु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने