अप्रिलका लागि सेवा सभाहरू
अप्रिल ४ मा सुरु हुने हप्ता
गीत १६ (१०१)
१० मि.:स्थानीय घोषणाहरु र हाम्रो राज्य सेवकाई बाट उपयुक्त घोषणाहरु। “मानव समाजका आवश्यकताहरू साँचो धर्मले पूरा गर्छ” शीर्षक भएको अप्रिल १० मा दिइने विशेष भाषणबारे सबैलाई याद दिलाउनुहोस्। नयाँ व्यक्तिहरूलाई उपस्थित हुने मदत दिन विशेष प्रयास गर्नुपर्छ।
१५ मि.:“प्रहरीधरहरा र अवेक!—सत्यका पत्रिकाहरू।” प्रश्नोत्तर। ग्राहकहरू बनाउन तथा पत्रिका वितरण सङ्ख्यामा वृद्धि ल्याउन अपनाएका तरिकाहरू स्रोताहरूलाई भन्न लगाउनुहोस्। समयले भ्याएमा केहीलाई अनुभव बताउन लगाउनुहोस्।
२० मि.:“संसारका सर्वोत्तम पत्रिकाहरू प्रस्तुत गर्नुहोस्।” पत्रिकाहरूका खास लाभहरूमाथि जोड दिंदै स्रोताहरूसित छलफल गर्नुहोस्। दोस्रो अनुच्छेद छलफल गर्दा विषय-सूचीसित कसरी परिचित हुने र प्रस्तुतिहरू कसरी तयार गर्ने भनी एक जना प्रभावकारी प्रकाशक वा अग्रगामीलाई बताउन लगाउनुहोस्। अप्रिल १ र १५ का अङ्कहरू प्रस्तुत गर्ने तरिकाहरू देखाउन दुई वटा प्रदर्शनी तयार गर्नुहोस्। अवेक! का ताजा अङ्कहरू प्रस्तुत गर्दा प्रयोग गर्न सकिने लेखहरूबारे सुझाव दिएर भाषण टुङ्ग्याउनुहोस्।
गीत ६९ (८८) र समापन प्रार्थना
अप्रिल ११ मा सुरु हुने हप्ता
गीत ८० (१८)
१० मि.:स्थानीय घोषणाहरू। प्रश्न पेटीका मुख्य बुँदाहरू छलफल गर्नुहोस्।
१५ मि.:“सेवा सभाले हरेक असल कामको निम्ति हामीलाई सुसज्जित पार्छ।” प्रश्नोत्तर। सभाको निम्ति एउटा परिवारले कसरी तयारी गर्छ भनी प्रदर्शनी देखाउनुहोस्; (१) अग्रिम तयारी, (२) एकाग्र ध्यान दिनु र (३) भाग लिनुको महत्त्वमाथि जोड दिनुहोस्।
२० मि.:“कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्।” परिशिष्टाङ्क। प्रश्नोत्तर। अनुच्छेदहरू १-६ छलफल गर्नुहोस्।
गीत ९० (३२) र समापन प्रार्थना।
अप्रिल १८ मा सुरु हुने हप्ता
गीत १०० (५९)
१० मि.:स्थानीय घोषणाहरू र “परिशिष्टाङ्कको रूपमा स्कूल गाइडबुक को विषयवस्तु।” लेखा रिपोर्ट र चन्दाहरू पठाएकोमा सोसाइटीबाट प्राप्त मूल्याङ्कन अभिव्यक्ति पढेर सुनाउनुहोस्।
१५ मि.:“ग्राहक बनाउनु हुँदा र पत्रिकाहरू वितरण गर्नु हुँदा पुनः फर्केर जानुहोस्।” स्रोताहरूसित छलफल गर्नुहोस्। पत्रिकाको विषय-सूचीसित राम्ररी परिचित हुनुपर्ने र सर्वोत्तम प्रस्तुति दिन घरधनीको अगिल्लो प्रत्युत्तर राम्ररी केलाउनु पर्ने आवश्यकतामा स्रोताहरूलाई टिप्पणी गर्न निम्त्याउनुहोस्। समयले भ्याएमा सुझाव दिइएका प्रस्तुतिहरू योग्य प्रकाशक वा अग्रगामीलाई प्रस्तुत गर्न लगाउनुहोस्।
२० मि.:“कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्।” परिशिष्टाङ्क। प्रश्नोत्तर। अनुच्छेदहरू ७-१२ छलफल गर्नुहोस्।
गीत ५१ (२४) र समापन प्रार्थना
अप्रिल २५ मा सुरु हुने हप्ता
गीत ७० (३९)
१० मि.:स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
१५ मि.:विश्वास। रीजनिङ्ग पुस्तकको पृष्ठ १२९-३२ मा आधारित। प्राचीन र युवाहरूको समूहबीच छलफल। प्राचीनले विश्वासको परिभाषा छलफल गर्छन्। त्यसपछि युवाहरूको समूहलाई प्रश्न गर्छन्। धेरैमा किन विश्वासको कमी हुन्छ? हाम्रो विश्वासको आधार के हो? हामी कसरी बलियो विश्वास कायम गर्न सक्छौं? त्यस्तो विश्वास हामी कसरी प्रदर्शन गर्छौं? समूहलाई सराहना र प्रोत्साहन दिएर प्राचीनले भाषण टुङ्ग्याउँछन्।
२० मि.:“स्वच्छताले परमेश्वरको आदर गर्छ।” प्राचीनले स्रोताहरूसित छलफल गर्छन्। अङ्ग्रेजी संस्करणअनुसार द वाचटावर जून १, १९८९ को पृष्ठ १५-२० मा दिइएको सल्लाह पुनरावलोकन हुने छोटो कुराकानीका साथ भाषण टुङ्ग्याउनुहोस्।
गीत ७५ (२१) र समापन प्रार्थना।