परिशिष्टाङ्कको रूपमा स्कूल गाइडबुक को विषयवस्तु
हाम्रो राज्य सेवकाई को कन्नड, मराठी र तेलगु भाषामा मे, जून र जुलाई १९९४ को प्रत्येक अङ्कमा एउटा थप परिशिष्टाङ्क हुनेछ। यी तीनवटै परिशिष्टाङ्कहरूमा माथि उल्लिखित तीन वटा भाषाहरूमा अनुवादित थिओक्राटिक मिनिस्ट्री स्कूल गाइडबुक को अध्याय २१-३७ का विषयवस्तुहरु हुनेछन्। यी भाषाहरू प्रयोग गर्ने भाइहरूलाई हामी ती परिशिष्टाङ्कहरू जतनसित राख्न प्रोत्साहन दिन्छौं किनभने ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भाग पाउँदा तयारी गर्न ती मदतकारी साबित हुनेछन्। साथै त्यसले बोल्ने दक्षता बढाउन पनि मदत गर्नेछ। विशेषगरि ईश्वरतान्त्रिक सेवकाई पाठशाला सञ्चालन गर्ने भाइहरू त्यससित राम्ररी परिचित हुन र त्यसको सदुपयोग गर्न इच्छुक हुनेछन्।