मे महिनाका लागि सेवा सभाहरू
मे २ मा सुरु हुने हप्ता
गीत २० (७४)
५ मि.:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई बाट उपयुक्त घोषणाहरू। सडक साक्षी अथवा सन्ध्याकालीन साक्षीद्वारा क्षेत्र सेवकाईका क्रियाकलाप विस्तार गर्ने प्रबन्धहरू पुनरावृत्ति गर्नुहोस्।
१५ मि.:“ग्रीष्म ऋतुमा ईश्वरतान्त्रिक क्रियाकलापहरू पछ्याउनुहोस्।” प्रश्नोत्तर। सहायक अग्रगामी गर्दा अथवा अनौपचारिक साक्षी दिंदा पाएका रमाइला अनुभवहरू बताउनुहोस्।
१० मि०:“के मैले पटक पटक परिवर्तन गरिरहनुपर्छ?” दुई प्राचीनबीच छलफल। नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिंदा हुने लाभहरूमाथि जोड दिनुहोस्।
१५ मि.:“सत्य बाँड्न पत्रिकाहरू प्रयोग गर्नुहोस्।” श्रोतासित छलफल गर्नुहोस्। हाम्रा पत्रिकाहरू किन भिन्नै छन् र यसकारण हरेक अवसरमा ती प्रस्तुत गर्न हामी किन उत्प्रेरित हुनुपर्छ भनी बताउनुहोस्। दुइटा छोटो प्रदर्शनहरूको प्रबन्ध गर्नुहोस्।
गीत १२८ (८९) र समापन प्रार्थना।
मे ९ मा सुरु हुने हप्ता
गीत २१४ (८२)
१० मि.:स्थानीय घोषणाहरू। ढोका-ढोकाको सेवकाईमा पत्रिकाहरू प्रस्तुत गर्दा ग्राहकता प्राप्त गर्ने हरेक अवसरप्रति हामी सजग हुनुपर्छ। ग्राहक पर्चीको तीन प्रति कसरी भर्नुपर्छ भनी बुझाउनुहोस्।
२० मि.:“बाइबल विद्यार्थीहरूलाई सेवकाईको लागि तयार गर्नुहोस्।” प्रश्नोत्तर। अनुच्छेद ४ र ५ छलफल गर्दा बाइबल विद्यार्थीलाई ढोकामा साक्षी दिने तयारी गर्न मदत दिइरहेको छोटो प्रदर्शनी देखाउनुहोस्। विद्यार्थीले भजनसंग्रह ३७:११ चलाएर सरल प्रस्तुतिबाट सुरु गर्छन्। बाइबल सञ्चालकले कुरा काट्दै भन्छ: “मेरो आफ्नै धर्म छ।” विद्यार्थी के भन्ने भनेर अलमल्ल पर्छ। दुवैले रीजनिङ्ग पुस्तकको पृष्ठ १८-१९ पल्टाउँछन् र त्यहाँ सुझाव दिइएका केही जवाफहरू दोहोऱ्याउँछन् अनि विद्यार्थीलाई सजिलो लाग्ने एउटा छान्छन्। विद्यार्थीले राम्रो प्रत्युत्तर दिंदै कुरा अघि बढाउँछ र यस्तो परिणामबाट प्रोत्साहित हुन्छ।
१५ मि.:नयाँ यरबुक को पारिवारिक प्रयोग। १९९४ यरबुक को सुरुका ३३ पृष्ठहरूमा भएका आरम्भिक सामग्रीहरूको उत्प्रेरक पुनरावृत्ति गर्न परिवारको शिर अग्रसर हुन्छन्। परिवारमा प्रत्येक हप्ता यरबुक का केही पृष्ठहरू पढ्ने प्रबन्ध मिलाउने सल्लाह दिंदै टुङ्ग्याउँछन्।
गीत १३९ (७४) र समापन प्रार्थना।
मे १६ मा सुरु हुने हप्ता
गीत १७३ (४५)
१० मि.:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र चन्दा मूल्याङ्कन अभिव्यक्ति पढेर सुनाउनुहोस्। अहिले प्रस्तुत गर्ने ताजा पत्रिकाहरूमा वार्तालापीय बुँदाहरू उल्लेख गर्नुहोस्।
१७ मि.:“चासो भेट्टाउनुभएको ठाउँमा पुनः फर्केर जानुहोस्।” प्रश्नोत्तर। सुझाव दिइएका एक दुइटा प्रस्तुतिहरू प्रदर्शनद्वारा देखाउनुहोस्।
१८ मि.:“ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट पूर्ण लाभ उठाउनुहोस्।” स्कूल निरीक्षकको भाषण र स्रोतासित छलफल। आफ्ना दत्त कार्यहरू स्वीकार्न र पूरा गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। सुचारु रूपले नियमित बाइबल पढाइ गर्नुपर्ने महत्त्वमाथि जोड दिनुहोस्। विद्यार्थीलाई दिइएको सल्लाहबाट सम्पूर्ण मण्डलीले कसरी लाभ उठाउन सक्छन् भनी बुझाउनुहोस्।
गीत ५३ (२७) र समापन प्रार्थना।
मे २३ मा सुरु हुने हप्ता
गीत १९२ (१०३)
१० मि.:स्थानीय घोषणाहरू। ताजा पत्रिकाहरूका उल्लेखनीय लेखहरू पुनरावृत्ति गर्नुहोस् र एक दुइटा छोटो प्रस्तुतिको प्रबन्ध गर्नुहोस्। सप्ताहन्तमा क्षेत्र सेवकाईको प्रबन्ध बताउनुहोस्।
२० मि.:“सल्लाह दिंदा के तपाईं अरूको सम्मान गर्नुहुन्छ?” वाचटावर (अर्ध-मासिक संस्करण) फेब्रुअरी १, १९९४ पृष्ठ २५-९ मा आधारित लेखमा प्राचीनद्वारा भाषण।
१५ मि.:१९९४ यरबुक बाट लाभ उठाउनुहोस्। १९९४ यरबुक को पृष्ठ १०-१८ को जानकारीलाई ध्यानमा राख्दै ईश्वरतान्त्रिक सङ्गठनप्रति मूल्याङ्कन बढाउने प्रोत्साहक बुँदाहरूमा प्राचीन र सहायक सेवकबीच छलफल।
गीत १९ (१११) र समापन प्रार्थना।
मे ३० मा सुरु हुने हप्ता
गीत २०४ (१०९)
१० मि.:स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
१५ मि.:जूनमा प्रस्तुत गरिने साहित्यहरूको पुनरावृत्ति गर्नुहोस्: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष अथवा लाइफ—हाउ डिड इट गेट ह्यर? बाइ एभलुशन अर बाइ क्रिएशन? दुवै पुस्तकका चाखलाग्दो उदाहरणहरूमाथि ध्यान खिंच्नुहोस्। जस्तै क्रिएशन पुस्तकको पृष्ठ ६, २३६, २४३ र २४५। प्रकाश २१:४ प्रयोग गरेर यीमध्ये कुनै एउटा उदाहरणमा आधारित प्रस्तुति एक दक्ष प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्। आउँदो हप्ताको क्षेत्र सेवकाईका कार्यक्रमहरू बताउनुहोस्।
२० मि.:स्थानीय आवश्यकताहरू अथवा अप्रिल १५ को वाचटावर (अर्ध-मासिक संस्करण) पृष्ठ १९ को “के त्यो साँच्चै चोरी हो त?” मा आधारित लेखमा योग्य प्राचीनद्वारा भाषण। त्यही लेख मासिक संस्करणको अप्रिल १ अङ्कको पृष्ठ ३१ मा प्रकाशित भएको थियो।
गीत १२ (५२) र समापन प्रार्थना।