प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जून पृ. २
  • जून महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 जून पृ. २

जून महिनाका लागि सेवा सभाहरू

जून ६ मा सुरु हुने हप्ता

गीत ९ (१९)

१० मि.:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई बाट स्थानीय क्षेत्रमा प्रयोग हुने घोषणाहरू। भर्खरै निस्केका पत्रिकाहरूलाई यस सप्ताहन्त घर-घरमा कसरी प्रयोग गर्न सकिन्छ भनी छोटकरीमा प्रदर्शन गरेर देखाउनुहोस्‌। यस सप्ताहन्त सेवकाईमा प्रयोग गर्न सबैभन्दा महान पुरुष र क्रिएशन पुस्तक लिन श्रोताहरूलाई याद दिलाउनुहोस्‌।

२० मि.:“के तपाईंले प्रशस्तसङ्‌ग छरिरहनु भएको छ?” प्रश्‍नोत्तर। समयले भ्याएमा क्षेत्र सेवकाईको कुनै पक्षमा केहीले कस्ता थप यत्नहरू गरे र त्यसो गर्दा प्राप्त आशिषको व्यक्‍तिगत अनुभव सुनाउन स्रोतालाई निमन्त्रणा दिनुहोस्‌।

१५ मि.:“हाम्रो सृजनहारको आदर गर्न अरूलाई मदत दिने।” स्रोतासित छलफल गर्नुहोस्‌। सुझावित प्रस्तुतिहरू कसरी प्रयोग गर्न सकिन्छ भनी दुई वटा प्रदर्शनद्वारा देखाउनुहोस्‌।

गीत ३० (५८) र समापन प्रार्थना।

जून १३ मा सुरु हुने हप्ता

गीत २८ (५)

१० मि.:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र सोसाइटीबाट प्राप्त चन्दा मूल्याङ्‌कन अभिव्यक्‍ति पढेर सुनाउनुहोस्‌। उदारचित्त व्यक्‍तिले आशिष पाउँछ भनी देखाउन छोटो टिप्पणीहरू समावेश गर्नुहोस्‌।—हितो. ११:२४क.

१५ मि.:“मानवजातिको सृष्टिकर्त्तामाथि विश्‍वास बढाउने।” स्रोतासित छलफल गर्नुहोस्‌। समयले भ्याएमा सुझावित एउटा पुनःभेट प्रदर्शन गरेर देखाउनुहोस्‌।

२० मि.:“मण्डली पुस्तक अध्ययनले शैक्षिक क्रियाकलापहरू प्रवर्धन गर्छ।” अध्ययन सञ्चालकले स्रोतासित छलफल गर्छ। (१) पुस्तक अध्ययन उपस्थितिमा वृद्धि गर्न, (२) अध्ययनको दौडान बढी टिप्पणी दिन र (३) क्षेत्र सेवकाईको निम्ति सभालाई थप समर्थन दिन यस लेखले कसरी प्रोत्साहन दिएको छ, जोड दिनुहोस्‌।

गीत ६५ (३६) र समापन प्रार्थना।

जून २० मा सुरु हुने हप्ता

गीत ३१ (५१)

१० मि.:स्थानीय घोषणाहरू र ईश्‍वरतान्त्रिक समाचार। स्कूलको बिदा अझै बाँकि भएका जवान व्यक्‍तिहरूले क्षेत्र सेवकाईमा अझ बढी भाग लिन सक्ने अवसरहरूलाई पुनरावृत्ति गर्नुपर्छ; केहीले सहायक अग्रगामी गर्न सक्लान्‌। स्कूलको पढाइ सिध्याइ सकेकाहरूले राज्यसम्बन्धी कामकुराहरूलाई प्रथम स्थानमा राख्न आफ्ना भावी योजनाहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ।

१५ मि.:स्थानीय आवश्‍यकताहरू। अथवा सबै संस्करण जून १, १९९४ को प्रहरीधरहरा मा उपलब्ध, पृष्ठ ३-७ मा प्रथम दुई लेखमा आधारित “सही धर्म” विषयमा भाषण।

२० मि.:“के तपाईंले परमेश्‍वरको इच्छा गरिरहनुभएको छ?” प्राचीनबाट वाचटावर, (अर्ध-मासिक संस्करण) मार्च १, १९९४, पृष्ठ २८-३० मा आधारित भाषण।

गीत २२३ (२२) र समापन प्रार्थना।

जून २७ मा सुरु हुने हप्ता

गीत १७४ (९०)

१० मि.:स्थानीय घोषणाहरू। सप्ताहन्तको लागि क्षेत्र सेवकाईको तालिका पुनरावृत्ति गर्नुहोस्‌। “ईश्‍वरीय भय” जिल्ला सम्मेलनको निम्ति कोठा निवेदन फाराम समयमै बुझाउन प्रकाशकहरूलाई याद दिलाउनुहोस्‌। सचिवले ती सङ्‌कलन गरेर यस पृष्ठमा उल्लिखित उपयुक्‍त ठेगानाहरूमा पठाउनेछन्‌।

१५ मि.:“क्षेत्र सेवकाईको निम्ति अर्थपूर्ण सभाहरू।” सेवा निरीक्षकबाट प्रश्‍नोत्तर छलफल। अनुच्छेद ३ छलफल गर्दा यस सप्ताहन्त क्षेत्र सेवकाईमा प्रयोग गर्न एक दुई वटा परिचयहरू रीजनिङ्‌ग पुस्तकबाट देखाउनुहोस्‌। स्थानीय तवरमा क्षेत्र सेवकाईमा आचरणसम्बन्धी केही समस्याहरू देखिएका छन्‌ भने अनुच्छेद ५ छलफल गर्दा उल्लेख गर्नुहोस्‌; उन्‍नति गर्न मायालु सुझावहरू दिनुहोस्‌।

२० मि.:जुलाईको प्रस्तुति पुनरावृत्ति गर्नुहोस्‌। मण्डलीको स्टकमा उपलब्ध साना पुस्तिकाहरू प्रदर्शन गर्नुहोस्‌। वार्तालाप सुरु गर्न प्रयोग गर्न सकिने चाखलाग्दो अंश र चित्रहरू पुनरावृत्ति गर्नुहोस्‌। विभिन्‍न प्रकारका घरधनीहरूसित बाइबल अध्ययन थाल्न कुन पुस्तिकाहरू उपयुक्‍त हुन्छ, उल्लेख गर्नुहोस्‌। बाइबलमा आधारित विषयमा छलफल गर्न दुई वटा प्रदर्शनी देखाउनुहोस्‌। (रीजनिङ्‌ग पुस्तकमा पृष्ठ ११-१२ को “भविष्य/सुरक्षा” र पृष्ठ १२-१३ को “राज्य” अन्तर्गत दिइएका सुझावहरू चलाउनुहोस्‌।) गृह बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाएर प्रदर्शनीहरू टुङ्‌याउनुपर्छ।

गीत ११८ (९९) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने