प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जुलाई पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 जुलाई पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू:

जुलाई: ३२ पृष्ठ भएको कुनै तीन साना पुस्तिकाहरूलाई चन्दास्वरूप रु. ३.०० मा प्रस्तुत गर्न सकिन्छ। निम्न पुस्तिकाहरू अझै हामीसित प्रशस्त उपलब्ध छन्‌: अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट अङ्‌ग्रेजी र मराठी मा; फ्रम कुरुक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल अङ्‌ग्रेजी, पन्जाबी, फ्रान्सेली र मराठी मा; इन सर्च अफ अ फादर (बौद्ध धर्मावलम्बीहरूका लागि) अङ्‌ग्रेजी र फ्रान्सेली मा; के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ? अङ्‌ग्रेजी, कंकनी (कन्‍नड र गोआली), गुजराती, तामिल, पन्जाबी, मनिपुरी, मल्यालम र हिन्दी मा; मुक्‍ति तर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग अङ्‌ग्रेजी, तामिल, मल्यालम र लुशाई मा; जीवनमा अझ बढी केही छ! अङ्‌ग्रेजी, पन्जाबी, मराठी, लुशाई र हिन्दी मा; “दिस गुड न्युज अफ द किङ्‌गडम” कंकनी (कन्‍नड र गोआली), खासी, गुजराती, तामिल, मनिपुरी, मराठी, मल्यालम र लुशाई मा; मृत्युमाथि विजय—के यो तपाईंको लागि सम्भव छ? अङ्‌ग्रेजी, नेपाली, पन्जाबी, फ्रान्सेली र हिन्दी मा; तपाईंको भाषामा कुनै पनि साना पुस्तिकाहरू उपलब्ध छैनन्‌ भने स्कूल पुस्तिका बाहेक अरू कुनै पुस्तिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्न सक्नुहुन्छ।

अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका चन्दास्वरूप रु. ४.०० मा। यो पुस्तिका उपलब्ध नभएमा अथवा अन्य कुनै विषय उपयुक्‍त भएमा ३२ पृष्ठ भएको निम्न पुस्तिकाहरूमध्ये कुनै प्रयोग गर्न सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!; द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर; “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,”; त्यो राज्य जसले प्रमोदवन ल्याउने छ; शुड यु बिलिभ इन द ट्रिनिटी?; के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?; जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?

सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अङ्‌ग्रेजीमा ठूलो साइजको रु. ४०.०० हो।)

अक्टोबर: अवेक! अथवा प्रहरीधरहरा को ग्राहक बनाउने। अर्धमासिक संस्करणहरूका लागि वार्षिक ग्राहक शुल्क दर रु. ६०.००। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक र अर्धमासिक संस्करणहरूका लागि छ-महिने ग्राहक शुल्क दर रु. ३०.००। मासिक संस्करणहरूका लागि छ-महिने ग्राहक सुविधा छैन।

▪ अक्टोबर ३, १९९४ देखि मण्डली पुस्तक अध्ययनमा प्रकाश—यसको चरमोत्कर्ष निकट! पुस्तक अध्ययन गरिनेछ।

▪ जिल्ला सम्मेलन मुख्यालयका दुई वटा ठेगानामा परिवर्तन भएको छ, कृपया याद गर्नुहोस्‌:

Bombay (Hindi): c⁄o F.G. Dias, Post Bag 17723, Borivili West, Bombay, MAH 400 092.

Calicut: c⁄o Saji Thomas, Chembukavu House, Kanimangalam P.O., Trichur, KER 680 007.

▪ अब उप्रान्त, मण्डलीले आउँदो सालको लागि क्यालेन्डर र यरबुकजस्ता सामग्रीहरू अर्डर गर्दा केही समयको लागि स्टकमा नभएका अथवा उपलब्ध हुन बाँकि भएका अर्डरहरू सोसाइटीले लिनेछ तर थाती राख्नेछ। त्यस्ता सामग्रीहरूको विवरण र परिमाण तपाईंको अर्को साहित्य चलानीपूर्जामा देखाइनेछ तर कुनै रकम तिर्न लगाइनेछैन र देखाइनेछैन। चलानीपूर्जामा सामग्री र त्यसको परिमाण देखाइन्छ तर कुनै रकम तिर्नुपर्ने लेखिएको हुँदैन भने हालमा त्यो सामग्री उपलब्ध छैन भन्‍ने बुझिन्छ। तसर्थ, त्यो सामग्री प्राप्त भएन भनेर सोसाइटीलाई लेख्ने जरुरी छैन किनभने त्यो सामग्री प्राप्त गर्ने आशा गर्न सक्नुहुन्‍न। साथै सोसाइटीले तपाईंको अर्डर बुझि लिइसक्यो र सामग्री उपलब्ध नभएसम्म ‘थाती’ राखिएको छ भन्‍ने बुझिन्छ। उपलब्ध हुनासाथ तपाईंलाई स्वतः ती सामग्री पठाइन्छ। त्यसकारण ती सामग्रीहरूको परिमाण बढाउनु परेको छैन भने त्यही अर्डर नदोहोऱ्‍याउनुहोस्‌।

▪ सन्‌ १९९५ को लागि दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने, क्यालेन्डर र यरबुक को अर्डर हामी अब लिंदैछौं। कृपया जुलाई ६, १९९४ अघि नै तपाईंका अर्डरहरू पठाउनुहोस्‌। साहित्य अर्डर फाराममा (S-AB-14) यी सामग्रीहरू अर्डर गर्नुहुँदा त्यसमा अन्य सामग्रीहरू समावेश नगर्नुहोस्‌। सन्‌ १९९५ को लागि दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने अङ्‌ग्रेजी, कन्‍नड, गुजराती, तामिल, तेलगु, नेपाली, बङ्‌गाली, मराठी, मल्यालम र हिन्दी भाषामा उपलब्ध हुनेछ।

▪ ‘ईश्‍वरीय भय’ जिल्ला सम्मेलनका बिल्लाहरूका लागि अहिलेसम्म अर्डर नपठाएका मण्डलीहरूलाई छिट्टै आफ्नो माग पठाउन निवेदन गरिन्छ। बिल्लाहरू अङ्‌ग्रेजी, तामिल र मल्यालम भाषामा उपलब्ध छन्‌।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

अङ्‌ग्रेजी: त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष; कन्‍नड: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने