घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू:
अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका चन्दास्वरूप रु. ४.०० मा। यो पुस्तिका उपलब्ध नभएमा अथवा अन्य कुनै विषय उपयुक्त भएमा स्कूल पुस्तिका बाहेक अन्य कुनै ठूलो पुस्तिका प्रयोग गर्न सकिन्छ।
सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अङ्ग्रेजीमा ठूलो साइजको रु. ४०.००)
अक्टोबर: अवेक! अथवा प्रहरीधरहरा को ग्राहक बनाउने। अर्धमासिक संस्करणहरूका लागि वार्षिक ग्राहक शुल्क दर रु. ६०.००। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक र अर्धमासिक संस्करणहरूका लागि छ-महिने ग्राहक शुल्क दर रु. ३०.००। मासिक संस्करणहरूका लागि छ-महिने ग्राहक सुविधा छैन।
नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स साथमा द बाइबल—गड्स वर्ड अर म्यान्स? पुस्तक। अङ्ग्रेजी भाषाको नदिएर अन्य भाषाहरूमा स्कूल पुस्तिका बाहेक अन्य कुनै ठूलो पुस्तिका अथवा १९२ पृष्ठ भएको कुनै पुस्तक प्रस्तुत गर्न सकिन्छ।
▪ डिसेम्बर ३०-जनवरी १ मा हुने भनी निश्चित गरिएको जिल्ला सम्मेलनको स्थान एर्नाकुलमबाट कोटायाममा सारिएको छ।
▪ “ईश्वरीय भय” जिल्ला सम्मेलनको लागि संशोधन गरिएको मिति कृपया याद गर्नुहोस्:
नयाँ दिल्ली: नोभेम्बर ४-६. मार्गाओ: नोभेम्बर १७-१९ (बिहिबारदेखि शनिबार) पुने: डिसेम्बर २-४.
▪ प्रत्येक मण्डलीले तीन वटा साहित्य विवरण सूची फाराम (S-18) प्राप्त गर्नेछ। मण्डलीको सचिवले साहित्य सेवकसित अगस्त महिनाको सुरुतिरै भेट्नुपर्छ र महिनाको अन्तमा मण्डलीको साहित्य स्टकको विवरण सूची बनाउन एउटा मिति छुट्याउनु पर्छ। स्टकमा उपलब्ध सबै साहित्यहरूको गणना गर्नुपर्छ र कुल सङ्ख्या साहित्य विवरण सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल सङ्ख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया मौलिक प्रति सेप्टेम्बर ६ भन्दा पहिले नै सोसाइटीलाई पठाइहाल्नुहोस्। एक प्रति फाइलमा राख्नुहोस्। तेस्रो प्रति कार्यप्रतिको रूपमा चलाउन सकिन्छ। सचिवले विवरण सूची सुपरिवेक्षण गर्नुपर्छ र पूरा भएको फाराम अध्यक्षले जाँच्नुपर्छ। सचिव र अध्यक्षले फाराममा हस्ताक्षर गर्नेछ।
▪ मण्डली विश्लेषण रिपोर्ट फाराम (S-10) भर्न मण्डलीको सचिवले सेवा रिपोर्टहरू जम्मा गर्नेछ। उनले रिपोर्ट जम्मा गर्न मदत गर्ने प्राचीन अथवा सहायक सेवकलाई पनि होशियारीपूर्वक निर्देशन दिनेछ। यसो गर्नाले मण्डलीको प्रकाशक रिकर्ड कार्डबाट (S-21) चाहिएको सही जानकारीको सूची बनाउन सजिलो हुनेछ। मण्डली विश्लेषण रिपोर्ट फाराम (S-10) सही र सफासित भर्नुपर्छ अनि सेवा समितिले ध्यान दिएर जाँच्नुपर्छ। कृपया S-10 फाराम सेप्टेम्बर १० भन्दा अगि नै सोसाइटीलाई पठाउनुहोस्।
▪ सेप्टेम्बर १, १९९४ देखि नियमित अग्रगामी सेवा सुरु गर्न चाहने प्रकाशकहरूले तुरुन्तै दर्खास्त दिइहाल्नुपर्छ।
▪ दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने १९९५, क्यालेन्डर र यरबुक को अर्डर अहिलेसम्म नपठाएका मण्डलीहरूले तुरुन्तै अर्डर पठाइहाल्नुपर्छ। कृपया नियमित साहित्य अर्डर फाराममा (S-AB-14) यी सामग्रीहरू अर्डर गर्नुहोस् तर त्यसमा अन्य सामग्रीहरू समावेश नगर्नुहोस्। सन् १९९५ को लागि दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने पुस्तिका अङ्ग्रेजी, कन्नड, गुजराती, तामिल, तेलगु, नेपाली, बङ्गाली, मराठी, मल्यालम र हिन्दी भाषामा उपलब्ध हुनेछ।
▪ बङ्गाली र हिन्दी भाषामा अवेक! पत्रिकाको आवरण पृष्ठमा यसको नाउँ र मिति सहित नियमित तवरमा त्रैमासिक मुद्रण हुने भए तापनि हालसम्म अवेक! पत्रिका बङ्गाली अथवा हिन्दीमा ग्राहकताको लागि उपलब्ध नभएको कृपया याद गर्नुहोस्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
मल्यालम: जेहोभाज् विट्नेसेज् इन द ट्वेन्टीयथ सेन्च्युरी नामक ठूलो पुस्तिका।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
अङ्ग्रेजी: इन्साइट अन द स्क्रिप्चर्स, न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स नियमित साइज डिलक्स, (कलेजी), र पाकेट साइज (कालो), पारडाइज रिस्टोर्ड टु म्यानकाइन्ड बाइ थिओक्रसि!, सिङ्ग प्रेजेज टु जेहोभा (ठूलो साइज), स्कूल एण्ड जेहोभाज् विट्नेसेज्; कन्नड: हाऊ टु स्टार्ट एण्ड कन्टीन्यु बाइबल डिस्कशन्स्, जीवनमा अझ बढी केही छ, “दिस गुड न्युज अफ द किङ्गडम”; तामिल: फ्रम कुरुक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल; तेलगु: “दिस गुड न्युज अफ द किङ्गडम”; नेपाली: बाइबलका आधारभूत शिक्षाहरू, जीवनमा अझ बढी केही छ!; बङ्गाली: बाइबलका आधारभूत शिक्षाहरू; मराठी: हाऊ टु स्टार्ट एण्ड कन्टीन्यु बाइबल डिस्कशन्स्; मल्यालम: शुड यु बिलिभ इन द ट्रिनिटि?; हिन्दी: हाऊ टु स्टार्ट एण्ड कन्टीन्यु बाइबल डिस्कशन्स्।