प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मार्च पृ. ३
  • मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • अनन्त जीवनको आशा दिने मृत्युको उत्सव मनाउनु
    हाम्रो राज्य सेवकाई—१९९३
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रभुको साँझको भोज कसरी मनाइयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • स्मरणार्थ पश्‍चात पनि पिच्छा नछोड्‌नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 मार्च पृ. ३

मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना

१ हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्यको साक्षी दिन आफ्नो पिताको निर्देशनमा येशू पृथ्वीमा आउनुभयो। (यूह. १८:३७) मृत्युसम्मै विश्‍वासी हुनुभएर उहाँले यहोवाको आदर गर्नुभयो, परमेश्‍वरको नाउँ पवित्र पार्नुभयो र छुडौती प्रदान गर्नुभयो। (यूह. १७:४, ६) यसकारण येशूको मरण मानव इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटना हुन गयो।

२ आदमको सृष्टिदेखि यस पृथ्वीमा केवल दुई सिद्ध मानिसहरू बाँचेका छन्‌। पछि आउने सन्तानहरूको निम्ति अद्‌भुत आशिष्‌हरू ल्याउन सक्ने अवस्थामा आदम थिए। तर तिनले स्वार्थपूर्वक विद्रोह गरे र आफ्ना सन्तानहरूलाई मृत्युमा अन्त हुने दयनीय अवस्थाको योग्य ठहराए। येशू आउनुहुँदा उहाँले सिद्ध निष्ठा र आज्ञाकारिता प्रदर्शन गर्नुभएर विश्‍वास राख्ने सबैको निम्ति अनन्त जीवनको अवसर खोल्नुभयो।—यूह. ३:१६; रो. ५:१२.

३ येशूको बलिदानरूपी मृत्युलाई अरू कुनै घटनासित दाँज्न सकिंदैन। यसले मानव इतिहासमा नयाँ मोड लियो। मरेका लाखौं मानिसहरूलाई पुनरुत्थान गर्ने आधार त्यसले प्रदान गऱ्‍यो। दुष्टता अन्त गर्ने र पृथ्वीलाई प्रमोदवन बनाउने अनन्त राज्यको आधारशिला त्यसले तयार गऱ्‍यो। त्यसले अन्ततः सबै प्रकारको थिचोमिचो र दासत्वबाट मानवजातिलाई स्वतन्त्र तुल्याउनेछ।—भजन. ३७:११; प्रे. २४:१५; रो. ८:२१, २२.

४ प्रत्येक वर्ष स्मरणार्थ उत्सवमा आफ्नो मृत्युको सम्झना गर्न येशूले आफ्ना चेलाहरूलाई निर्देशन दिनुको कारण बुझ्न यी सबै कुराहरूले मदत दिन्छ। (लूका २२:१९) यसको महत्त्वलाई मूल्यांकन गर्दै शुक्रबार, अप्रिल १४ को दिन विश्‍वभरि यहोवाका साक्षीहरूका मण्डलीहरूमा एकसाथ भेला हुन हामी उत्सुकतापूर्वक प्रतीक्षा गर्छौं। त्यो समयअघि पृथ्वीमा येशूका अन्तिम दिनहरू र सत्यप्रति उहाँको साहसी अडानबारे पारिवारिक तवरमा बाइबलको विवरण पढ्‌नु बेस हुनेछ। (सुझावित पद्यांशहरू १९९५ क्यालेन्डर-को अप्रिल ९-१४ मा दिइएका छन्‌।) सृष्टिकर्ताप्रति भक्‍ति चढाउने सन्दर्भमा उहाँले हाम्रो निम्ति उदाहरण बसाल्नुभयो। (१ पत्रु. २:२१) यस महत्त्वपूर्ण जमघटमा हाम्रा साथी र परिवारका साथै बाइबल विद्यार्थी अनि अन्य जिज्ञासुहरूलाई निमन्त्रणा दिन यथाशक्य गरौं। त्यहाँ हुने घटना र प्रतीकहरूको महत्त्वबारे अग्रिम जानकारी दिनुहोस्‌।—१ कोरि. ११:२३-२६.

५ राज्य भवन सफासुग्घर राख्न प्राचीनहरूले पहिले नै राम्ररी योजना बनाउनुपर्छ। प्रतीकहरू प्राप्त गर्न प्रबन्धहरू मिलाउनुपर्छ। प्रतीकहरूको सञ्चालन सुव्यवस्थित हुनुपर्छ। प्रभुको स्मरणार्थ भोजप्रति कसरी आदर देखाउन सकिन्छ भनी द वाचटावर फेब्रुअरी १५, १९८५, पृष्ठ १९ मा मदतकारी सुझावहरू दिइएका थिए। त्यसको केही दिनअघि र पछि मण्डलीले क्षेत्र सेवकाईको विस्तृत क्रियाकलाप प्रबन्ध गर्नु उपयुक्‍त हुनेछ।

६ गत साल यस महत्त्वपूर्ण घटनाको सम्झनामा विश्‍वभरि १,२२,८८,९१७ उपस्थित भए। हाम्रो पात्रोमा यो सबैभन्दा महत्त्वपूर्ण दिन हुनाले हामी सबै उपस्थित हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने