ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा जनवरी २ देखि अप्रिल १७, १९९५ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही हुन् वा गलत, उत्तर दिनुहोस्:
१. दाऊदले बेतशेबासित पाप गरेपश्चात् उनको पश्चात्तापलाई यहोवाले स्वीकार्नु हुँदा उनको गलत आचरणको खराब परिणामबाट दाऊद र उनको घराना मुक्त भए। [uw-NP p. 127 par. 5]
२. हितोपदेश ११:१ को मूलभूत सिद्धान्तलाई ध्यानमा राख्ने हो भने यहोवाको अनुग्रह प्राप्त गर्न हाम्रा सम्पूर्ण व्यापारिक प्रचलनहरूमा नैतिकवान र इमान्दार हुनैपर्छ। [साप्ताहिक बाइबल पढाइ; w86 11/15 p. 19 हेर्नुहोस्।]
३. सल्लाह स्वीकार्नु भनेको कमजोरीको चिन्ह हो। [uw-NP p. 127 par. 4.]
४. कार्यभन्दा पहिले भावना प्रकट हुने भएकोले हितोपदेश १४:१७ ले भावनाहरूलाई सर्वप्रथम ध्यान दिएको छ। [साप्ताहिक बाइबल पढाइ; w-NP 93 8/1 pp. 28-9 हेर्नुहोस्।]
५. येशूलाई प्रभु भनेर पुकार्ने सबै बाँच्नेछन्। [uw-NP p. 105 par. 5]
६. सा. यु. ३३ मा पुनरुत्थान हुनुभएपछि येशू परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो र आफ्ना अभिषिक्त चेलाहरूमाथि शासन गर्न थाल्नुभयो। (कल. १:१३) [gt-NP chap. 132]
७. वैज्ञानिकहरूले आनुवंशिक गुन पत्ता लगाउनुभन्दा करिब ३,००० वर्षअघि नै भजनसंग्रह १३९:१३-१६ ले यस सम्बन्धमा प्रष्ट ज्ञान दिएको थियो। [साप्ताहिक बाइबल पढाइ; w92 5/15 p. 4 हेर्नुहोस्।]
८. हितोपदेश ८:२२-३१ ले बुद्धिको मात्रै वर्णन गर्छ। [साप्ताहिक बाइबल पढाइ; w87 5/15 p. 28 हेर्नुहोस्।]
९. साँचो मसीहीले कुनै कुरालाई घृणा गर्नु हुँदैन। [साप्ताहिक बाइबल पढाइ; w-NP 92 4/1 p. 19 हेर्नुहोस्।]
१०. हितोपदेश ११:२५ हिब्रू कवितामय शैलीको समानान्तर विचार या झलकको उदाहरण हो भने हितोपदेश १०:७ असमानान्तरताको उदाहरण हो। [si p. 107 par. 7]
निम्नलिखित प्रश्नहरूको जवाफ दिनुहोस्:
११. भजनसंग्रह महान् साहित्य मात्र किन होइन? [si p. 104 par. 23]
१२. भजनसंग्रहको ज्ञानबाट येशूले कस्तो लाभ प्राप्त गर्नुभयो? [si p. 105 par. 30]
१३. सुलेमानलाई कसले बुद्धि दिनुभयो र यो थाह पाएर हितोपदेशको पुस्तक पढ्दा हामीलाई त्यसले कुन कुरा मूल्यांकन गर्न प्रेरित गर्नुपर्छ? [si p. 106 par. 1]
१४. पुनरुत्थान हुनुभएको येशूले मरियम मग्दलिनीसित कुरा गर्नु हुँदा तिनले उहाँ को भन्ठानिन् र कुन कुराले तिनलाई उहाँ चिन्न मदत दियो? [gt-NP chap. 128]
१५. येशूको साथमा थिए भनेर चिन्लान् भनी डराएका र पछि उहाँको शरीर गाड्न मदत गर्ने सभाघरका दुइ सदस्यहरू को को थिए? [gt-NP chap. 127]
१६. दैनिक क्रियाकलापद्वारा हाम्रा भाइहरूप्रति हाम्रो प्रेम आत्मत्यागी छ भनेर कसरी देखाउन सक्छौं? [uw-NP pp. 132-3 pars. 3, 4]
१७. भजनसंग्रह १३६:१०-१५ ले कुन ऐतिहासिक घटनालाई देखाउँछ र फिरऊनलाई के भयो? [साप्ताहिक बाइबल पढाइ; w93 6/15 p. 5 हेर्नुहोस्।]
१८. ख्रीष्टले बगाउनुभएको रगतले कुन द्वय उद्देश्य पूरा गर्छ? [uw-NP p. 115, par. 13]
१९. येशूको पुनरुत्थान भएकै हो भनी विश्वासी प्रेरितहरू, येशूका सौतेनी भाइहरू र ५०० भन्दा धेरै चेलाहरू किन विश्वस्त भए? [gt-NP chap. 131]
२०. कुन कुराले गर्दा येशू आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुष हुनुभयो? [gt-NP परिचयात्मक टिप्पणी]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द वा वाक्यांश थप्नुहोस्:
२१. सा. यु. ३३ पेन्तिकोसका दिन पत्रुसले बारम्बार ____________ पुस्तक उल्लेख गरे; त्यस बेला करिब ____________ बप्तिस्मा लिएर मण्डलीमा थपिए। [si. p. 105 pars. 25, 26]
२२. येशूलाई ____________ पिउन दिइनेछ, उहाँको बाहिरी ____________ भाग लगाइनेछ र ____________ उहाँलाई त्याग्नु भएको जस्तै देखिनेछ भनेर भजनसंग्रहमा भविष्यवाणी गरिएको थियो। [si p. 105 par. 30]
२३. यहोवाको संगठन ईश्वरतान्त्रिक हो, यसको अर्थ यसमाथि ____________ गर्नुहुन्छ; आफ्नो वचन ____________ मार्फत यहोवाले मण्डलीका शिर ____________ द्वारा निर्देशनहरू दिनुहुन्छ; अनि येशूले ____________ लाई विशेष जिम्मेवारी सुम्पनु भएको छ। (मत्ती २४:४५) [uw-NP pp. 118-19, pars. 4-6]
२४. स्वर्ग लगिने १,४४,००० को विपरीत कसैले गन्न नसक्ने ____________ काहरू यसै ____________ मा हुने ____________ मा बाँच्नेछन्। (प्रका. ७:९, १४) [uw-NP p. 104 pars. 3, 4]
२५. परमेश्वरद्वारा अनुमोदित निर्णय गर्न प्रथम शताब्दीका परिचालक निकायले प्रेरित ____________ उक्त विषयसम्बन्धी बताउने कुराहरू र ____________ निभाउने भूमिकाको प्रमाणलाई ध्यान पुऱ्याएर विचार गर्थे। (प्रे. १५:६-२९) [uw-NP p. 120 pars. 8]
तलका प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. शूलीमा झुण्ड्याइँदा येशूलाई मूर्र मिसाएको दाखमद्य दिइयो तर उहाँले त्यो पिउन इन्कार गर्नुभयो किनभने (व्यवस्थाले त्यसलाई प्रतिबन्ध गरेको थियो; उहाँ नाजिरी हुनुहुन्थ्यो; आफ्नो सम्पूर्ण होस-हवासलाई उहाँ आफ्नो वशमा राख्न चाहनुहुन्थ्यो।) [gt-NP chap. 125]
२७. थुमाको रगतमा आफ्नो लुगा धोएर सेतो पार्नुको अर्थ हामी (पाप गर्न छाड्छौं; येशूको बलिदानको आधारमा हाम्रो पापको पश्चात्ताप गर्नुपर्ने आवश्यकता मानी लिन्छौं; परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिन्छौं।) [uw-NP p. 106 par. 7]
२८. (हेरोद; पिलातस; फेलिक्स) ले येशूलाई कससेकम पाँच पटक निर्दोष ठहराएका थिए तर पछि यहूदीहरूको एकोहोरो मागको सामु तिनी झुके र शूलीमा झुण्ड्याउनलाई सुम्पिदिए। [gt-NP chap. 124]
२९. सा.यु. (३६; ३५; ३३) पेन्तिकोसभन्दा अघि मर्ने परमेश्वरका सम्पूर्ण विश्वासी सेवकहरू स्वर्गीय जीवन प्राप्त गर्न आत्माले अभिषिक्त भएनन्। [uw-NP p. 111 par. 5]
३०. शैतानको भनाइअनुसार सबै मानिसहरू (प्रेम; घृणा; व्यक्तिगत फाइदा पाउने इच्छा) ले उत्प्रेरित छन् र तिनीहरूको मुख्य चासोको विषय (परमेश्वरको नाउँ; अरू; आफै) हो। [uw-NP p. 124 par. 14]
निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसँग जोडा मिलाउनुहोस्:
हितो. ३:२७, २८; यूह. १९:४-६; १९:२५-२७; रोमी १५:२, ३; प्रका. ७:१६, १७
३१. आफ्ना वृद्ध आमा-बुबाको हेरचाह गर्ने जिम्मेवारी मसीहीहरूको हो। [gt-NP chap. 126]
३२. हाम्रो वेशभूषाले अरूमाथि पार्ने असरप्रति हामी साँच्चै चिन्तित छौं, यसकारण हामी राजीखुशीसित आफ्नो इच्छालाई त्याग्छौं। [uw-NP p. 130 pars. 10, 11]
३३. आध्यात्मिक या भौतिक जुनसुकै तरिकामा अरूप्रति भलाइ गर्नसक्ने अवसर पाउने बित्तिकै सहमानव अझ विशेषगरि हाम्रो आत्मिक भाइहरूप्रति भलाइ गरिहाल्नुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP 93 12/1 p. 26 हेर्नुहोस्।]
३४. विपत्ति आइपर्दा शान्त गरिमा र आत्मस्थिरताद्वारा परमेश्वरको महिमा हुनुको साथै मानिसहरूको आदर प्राप्त गर्न सकिन्छ। [gt-NP chap. 123]
३५. “आत्मिक प्रमोदवन” भनी उपयुक्त ढंगले नामाकरण गरिएका प्रतिज्ञात् आशिष्हरूको आनन्द हामीले अहिलेदेखि नै उठाइरहेका छौं। [uw-NP pp. 107-9 pars. 9-11]