प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मे पृ. ८
  • छुटकारा दिने चिन्ह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छुटकारा दिने चिन्ह
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • केहीलाई बचाउन पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • रुचि देखाउने सबैसित सम्पर्क राखेर अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • सबै शास्त्र सिकाउनको लागि उपयोगी छ
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 मे पृ. ८

छुटकारा दिने चिन्ह

१ यहोवाले धार्मिक न्याय कार्यान्वयन गर्नुअघि जहिले पनि चेताउनी दिनुहुन्छ र नम्र मानिसहरूलाई उम्कने बाटोको प्रबन्ध गर्नुहुन्छ। इजकिएलको समयमा घिनलाग्दो कुरादेखि शोक र विलाप गर्ने मानिसहरू थिए। यहोवाले त्यस्ता योग्य मानिसहरूलाई छुटकाराको निम्ति चिन्ह लगाउने काम गर्न लगाउनुभयो। (इजकि. ९:४-६) आज हाम्रो प्रचार-कार्यले त्यही उद्देश्‍य पूरा गर्छ। त्यस सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छौं।

२ निष्कपट मानिसहरू भेटाउनु भनेको पहिलो कदम मात्र हो। हामी पुनःभेटको प्रबन्ध गर्छौं। पहिलो भेटमा टक्राएको साहित्य र छलफल गरेको विषय टिपोट गरेर पुनःभेटको लागि तयारी गर्छौं। हामीले के भन्‍ने तयारी गरेका छौं र फर्किंदा के गर्छौं त्यसमा हाम्रो अधिकतम सफलता निर्भर हुन्छ।

३ “प्रहरीधरहरा” प्रस्तुत गरेको ठाउँमा फर्किंदा यसको मुख्य विषयमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ:

▪“हेर्नुहोस्‌ त, प्रहरीधरहरा-को पहिलो आवरण पृष्ठमा ‘यहोवाको राज्यको घोषणा गर्दछ’ भन्‍ने वाक्य लेखिएको छ। यो पत्रिका अनुपम छ किनभने यसले संसारको समस्या हल गर्ने एक मात्र माध्यम परमेश्‍वरको राज्य हो भनेर घोषणा गर्छ। यसले पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा भइसकेपछि परमेश्‍वरको राज्यले के गर्नेछ भनेर वर्णन गर्छ। येशूले सारा संसारमा घोषणा हुनेछ भनेर भन्‍नुभएको सुसमाचार यही हो।” मत्ती २४:१४ पढ्‌नुहोस्‌ र प्रहरीधरहरा नियमित रूपमा कसरी प्राप्त गर्न र व्यक्‍तिगत अध्ययनको लागि कसरी प्रयोग गर्न सकिन्छ बुझाउनुहोस्‌।

४ तपाईंले बाइबलमा मात्रै ध्यान केन्द्रित गर्दै त्यो नियमित रूपमा पढ्‌नुपर्ने आवश्‍यकतामा जोड दिन चाहनुहुन्छ होला। तपाईंले यसो भन्‍न सक्नुहुन्छ:

▪“हामीले दिनहुँ सामना गर्ने समस्याहरूको व्यवहारिक सल्लाह पाएमा प्रायः सबैले मूल्यांकन गर्नेछन्‌ जस्तो देखिन्छ। हाम्रो निम्ति भरपर्दो सल्लाह तपाईंलाई कहाँ पाउन सकिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आफ्ना मित्रहरू वा पेशेवर सल्लाहहरूमा विश्‍वास राख्ने थुप्रै मानिसहरू साह्रै निराश भएका छन्‌। अर्कोतिर, लाखौं मानिसहरूले बाइबललाई भरपर्दो सल्लाहको एक मात्र स्रोतको रूपमा पाएका छन्‌। हामीले सामना गर्ने जस्तोसुकै समस्याहरूबारे बाइबलले निर्देशनहरू दिन्छ। [२ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌।] तपाईंलाई बाइबल बुझ्न गाह्रो लागे तापनि, बुद्धिमतापूर्ण सल्लाहको भण्डार तपाईं कसरी खोतल्न सक्नुहुन्छ त्यो देखाउँछु।” न्यु वर्ल्ड ट्रान्सलेशन-को (नयाँ विश्‍व अनुवाद) “बाइबल वर्ड इन्डेक्स[मा]” “प्रेम[को]” अंश पल्टाउनुहोस्‌ र प्रेमले कसरी अरूसँग भएका मतभेदहरू सुल्झाउनसक्छ भनेर केही बुँदाहरू देखाउनुहोस्‌।

५ बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर “पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक प्रस्तुत गर्न तपाईंले यो परिचय चलाउन सक्नुहुन्छ:

▪“हामी आफ्नो परिवारलाई प्रेम गर्छौं र उनीहरूको भलाइ चाहन्छौं। तपाईंको परिवारले यस्तो संसारमा बसेर कसरी लाभ उठाउनसक्छ जस्तो लाग्छ?” पृष्ठ १५६-७ को चित्र देखाउनुहोस्‌। त्यस पृष्ठमा उद्धृत एक दुइटा पदहरू पढ्‌नुहोस्‌ र यी झूट बोल्नु नहुने यहोवा परमेश्‍वरका प्रतिज्ञाहरू हुन्‌ भनेर बुझाउनुहोस्‌। पृष्ठ ५-६ को विषय-सूची पल्टाउनुहोस्‌ र घरधनीलाई कुन चाहिं विषय सबैभन्दा चाख लाग्यो भनी सोध्नुहोस्‌; उनले छानेको अध्याय पल्टाउनुहोस्‌ र एक दुइटा हरफ छलफल गर्नुहोस्‌।

६ के तपाईं अरू व्यक्‍तिलाई छुटकाराको लागि चिन्हित हुन मदत दिन चाहनुहुन्छ? राम्रोसित तयारी गरेर चासो दिएकाहरूकहाँ तदारुकतासाथ गएर सफलतापूर्वक ‘प्रचारकको काम पूरा गर्न’ सकिन्छ।—२ तिमो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने