प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मे पृ. २
  • मे महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 मे पृ. २

मे महिनाका लागि सेवा सभाहरू

मे १ मा सुरु हुने हप्ता

गीत ४३ (११)

१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू।

१५ मि:“नम्र मानिसहरूका लागि सुसमाचार।” श्रोतागणसित छलफल गर्नुहोस्‌ र एक दुइटा प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्‌।

२० मि:“सबैका लागि विशेष राज्य समाचार।” सेवा निरीक्षकद्वारा भाषण तथा श्रोतागणसित छलफल। अहिलेसम्म राज्य समाचार वितरणमा भएका उपलब्धिहरू पुनरावृत्ति गर्नुहोस्‌। विशेषगरि, क्षेत्र सेवकाईमा पहिलो चोटि भाग लिने नयाँ व्यक्‍तिहरूले क्षेत्र सेवा प्रबन्धहरूलाई दिएको समर्थन र तिनीहरूको सहभागितालाई उल्लेख गर्नुहोस्‌। के कति इलाकामा काम सिध्याइयो, त्यसको रिपोर्ट दिनुहोस्‌। अर्को मण्डलीले मदत मागेमा के गर्न आवश्‍यक छ बुझाउनुहोस्‌। आफूलाई दिइएको राज्य समाचार यथाशक्य वितरण गर्ने काममा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌। जिज्ञासुहरूको अभिलेख राख्ने र पुनःभेटहरू गरेर बाइबल अध्ययन सुरु गर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। सुझावित प्रस्तुति प्रदर्शन गराउनुहोस्‌।

गीत ५५ (१८) र समापन प्रार्थना।

मे ८ मा सुरु हुने हप्ता

गीत ६१ (५९)

१५ मि:स्थानीय घोषणाहरू। “तपाईंले पनि राम्रा अनुभवहरूको आनन्द उठाउन सक्नुहुन्छ!” समयले भ्याएमा श्रोतागणलाई राज्य समाचार प्रस्तुत गर्दा पाएका प्रोत्साहनजनक अनुभवहरू बताउन निमन्त्रणा दिनुहोस्‌।

१५ मि:स्थानीय आवश्‍यकताहरू। अथवा अप्रिल १, १९९५, प्रहरीधरहरा-को पृष्ठ २६-९ मा दिइएको “आम-आलोचनाको सामना मसीहीहरूले कसरी गर्छन्‌” भन्‍ने लेखबाट भाषण।

१५ मि:“घरमा नभएकाहरूको अभिलेख किन राख्ने?” प्रश्‍नोत्तर।

गीत ६० (८६) र समापन प्रार्थना।

मे १५ मा सुरु हुने हप्ता

गीत ५४ (१३)

१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि:“ज्योति वाहकहरूको हैसियतमा हाम्रो महान्‌ नमुनालाई पछ्याउने।” प्रश्‍नोत्तर।

२० मि:“मान्यताद्वारा आधारभूत मानव आवश्‍यकता पूरा गर्ने” लेखमा प्राचीनद्वारा अर्धमासिक संस्करणहरूमा डिसेम्बर १, १९९४, वाचटावर-को पृष्ठ २८-३० आधारित भाषण।

गीत ४५ (१०७) र समापन प्रार्थना।

मे २२ मा सुरु हुने हप्ता

गीत ६६ (३७)

१० मि:स्थानीय घोषणाहरू। गर्मी महिनाहरूमा सहायक अग्रगामी गर्न प्रोत्साहन दिनुहोस्‌। अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकको पृष्ठ ११३-१४ मा दिएका योग्यताहरू पुनरावृत्ति गर्नुहोस्‌।

१५ मि:“छुटकारा दिने चिन्ह।” श्रोतागणसित छलफल। पुनःभेट कसरी गर्न सकिन्छ भनेर एक दुइटा प्रदर्शन समावेश गर्नुहोस्‌।

२० मि:“व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ?” शीर्षकमा मे १, १९९५ प्रहरीधरहरा-को पृष्ठ २८-३१ बाट भाषण। हाम्रो जीवनमा व्यापारलाई प्राथमिकता दिंदा पैसा कमाउने वैध तरिका पनि कसरी पासो बन्‍न जान्छ भनेर स्थानीय उपयोगिता देखाउनुहोस्‌।

गीत ७४ (४१) र समापन प्रार्थना।

मे २९ मा सुरु हुने हप्ता

गीत ७९ (५०)

१५ मि:स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई घर-घरको प्रस्तुतिमा शास्त्र पद पढ्‌न प्रोत्साहन मिल्ने सुझावहरू दिनुहोस्‌। धेरै मानिसहरूले बाइबलको आदर गर्छन्‌ र यो पढ्‌दा सुन्‍न इच्छुक हुन्छन्‌। यसका सल्लाहहरू भारी छन्‌ र निष्कपट मानिसहरूलाई यसले उत्प्रेरित गर्छ। ढोका ढकढकाउँदा हातमा बाइबल भएमा उपयुक्‍त हुनसक्छ। अनुभूति र धाराप्रवाहसाथ बाइबल पद पढ्‌नुपर्छ।—स्कूल गाइडबूक (पाठशाला निर्देशन पुस्तक) हेर्नुहोस्‌, पृष्ठ ३२-३, अनुच्छेद १२-१५.

१२ मि:प्रश्‍न पेटी। प्रश्‍नोत्तर। हामीले तयार गरेर आउँदा र निर्दिष्ट सबै अध्ययन सामग्रीहरू लैजाँदा सभाहरूबाट अझ धेरै लाभ कसरी उठाउन सकिन्छ, बुझाउनुहोस्‌।

१८ मि:जून महिनामा क्रिएशन (सृष्टि) पुस्तक प्रस्तुत गर्ने। लाइफ—हाऊ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) पुस्तकबाट प्रभावित भएका जिज्ञासु व्यक्‍तिहरूका अभिव्यक्‍तिहरू बताउनुहोस्‌। (वाचटावर मार्च १५, १९८७, पृष्ठ ३२; मे १, १९८६, पृष्ठ ३२; सेप्टेम्बर १, १९८६, पृष्ठ ३१; हेर्नुहोस्‌।) पृष्ठ ६, २३६-७, २४३ र २४५ पल्टाएर चित्र देखाउनुहोस्‌ र वार्तालाप सुरु गर्न ती कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउनुहोस्‌। पृष्ठ २५०-१ मा प्रस्तुत गरिएको तर्क र पदहरू चलाउँदै एक दक्ष प्रकाशकलाई अनन्त जीवन प्राप्त गर्न प्रत्येक व्यक्‍तिविशेषले आफै छनौट गर्नुपर्छ भनी प्रदर्शन गर्न लगाउनुहोस्‌। अन्य भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं चन्दास्वरूप प्रस्तुत गर्न सकिने उल्लेख गर्नुहोस्‌ र मण्डलीमा उपलब्ध प्रकाशनहरूको घोषणा गर्नुहोस्‌। यो सप्ताहन्तको सेवकाईमा प्रयोग गर्न सबैलाई सो पुस्तक लिएर जान आग्रह गर्नुहोस्‌।

गीत ६३ (३२) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने