तपाईंले पनि राम्रा अनुभवहरूको आनन्द उठाउन सक्नुहुन्छ!
केही प्रकाशकहरूसँग जहिले पनि पहिलो भेट वा पुनःभेट गर्दा आनन्ददायी, चाखलाग्दा, प्रोत्साहनजनक अनुभवहरू भएको देखिन्छ। राम्रा अनुभवहरू प्रायजसो संयोगले हुने कुरा होइन। यो लगनशीलता र अनवरत प्रयासको नतिजा हो। त्यस्तो अनुभव फरर बोल्न सक्ने वा योग्य प्रकाशकहरूले मात्रै पाउने कुरा होइन।
धेरै सफलता पाउनेहरूमा देखिएका केही कुराहरू यी हुन्: (१) तिनीहरू नियमित रूपमा क्षेत्र सेवकाईमा भाग लिन्छन्, प्रायः हप्तामा एक चोटिभन्दा बढी भाग लिन्छन् जसले गर्दा तिनीहरूले जिज्ञासु व्यक्तिहरूलाई भेटाउने धेरै अवसरहरू पाउँछन्; (२) घरधनीले कस्तो मनोवृत्ति देखाउला भनी पूर्वानुमान नलगाई तिनीहरूले घरधनीप्रति सकारात्मक मनोवृत्ति राख्छन्; (३) तिनीहरू मित्रैलु हुन्छन्, सुन्नेहरूप्रति न्यानो, साँचो चासो देखाउँछन्; (४) पुनःभेटका साथै घरमा नभएकाहरू कहाँ तिनीहरू लगनशीलतासाथ फर्केर गइरहन्छन्; र (५) तिनीहरूको बाइबल अध्ययन सुरु गर्ने लक्ष्य हुन्छ।
क्रियाकलापको विश्लेषण गर्नुभएपछि शायद आफ्नो सेवकाई फलदायी र सन्तोषप्रद बनाउने रमाइला अनुभवहरूको आनन्द उठाउने तरिकाहरू तपाईंले देख्नु हुनेछ।