प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जून: लाइफ—हाऊ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) चन्दास्वरूप रु. ४५.०० मा। स्थानीय भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: स्कूल पुस्तिकाबाहेक निम्न कुनै ३२ पृष्ठ भएको ठूलो पुस्तिका चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर (सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ), पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु बिलिभ इन द ट्रिनिटी? (के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो?), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वेन समवान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा)। सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुपर्छ।

▪ केही मण्डलीहरूले तिनीहरूको हुलाक सेवामा कठिनाइ परेको रिपोर्ट गरेको हुँदा प्राचीनहरूले आफ्नो स्थानीय परिस्थिति पुनरावलोकन गर्नसक्छन्‌। पत्रिकाहरूको मुट्ठालगायत मण्डलीले प्राप्त गर्ने पत्रिकाहरूको असामान्य मात्रालाई दृष्टिगत गर्दै प्राचीनहरूले हुलाक सेवाका अधिकृत र हुलाकीसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ। यसमा एक वा त्योभन्दा बढी योग्य भाइहरूलाई नियमित रूपमा हुलाक सेवाका अधिकृतहरूसंग सम्पर्क राख्न खटाउन सकिन्छ र हुलाकीले थप सामाग्रीहरू ल्याइदिए वापत स्थानीय तवर सुहाउँदो गरी बकस दिनसकिन्छ।

▪ मण्डली निरीक्षक वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ गोआमा हुने “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनको स्थान मार्गोबाट मापुसामा सारिएको छ।

▪ अब उप्रान्त, जिल्ला अधिवेशन, क्षेत्रीय तथा विशेष सम्मेलनहरूमा खाजाको मात्र प्रबन्ध गरिनेछ। पहिले जस्तो भोजन पकाएर वितरण गरिनेछैन। यदि उपस्थित व्यक्‍तिहरूले चाहन्छन्‌ भने, त्यहाँ वितरण गरिने हल्का खाजाको अलावा आफ्नो निम्ति भोजन ल्याउनसक्छन्‌।

▪ अहिलेसम्म १९९५ अधिवेशन बिल्लाहरू, दिनहुँ शास्त्र जाँच्ने १९९६, १९९६ क्यालेन्डर, १९९६ यरबूक (वार्षिक पुस्तक) र १९९६ स्मरणार्थ उत्सवका निमन्त्रणाहरूका निवेदन नपठाएका मण्डलीहरूले तुरुन्तै पठाउनुहोस्‌। यस सम्बन्धमा कृपया अप्रिल महिनाको हाम्रो राज्य सेवकाई पुनरावृत्ति गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने