घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: स्कूल पुस्तिकाबाहेक निम्न कुनै ३२ पृष्ठ भएको ठूलो पुस्तिका चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर (सधैंभरि रहिरहने ईश्वरीय नाउँ), पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु बिलिभ इन ट्रीनिटी (के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, “हेर! म सबै कुरा नयाँ तुल्याउँदैछु,” र ह्वेन सम्वान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा)। सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। गृह बाइबल अध्ययनहरू सुरु गर्न यथाशक्य प्रयास गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा वा अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा छैन।
टिपोट: माथि उल्लिखित अभियान सामग्रीहरूको निम्ति निवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य माग फाराममा (S-AB-14) पठाउनुहोस्।
▪ साहित्यहरूको वार्षिक मौज्दात तयार पार्नुपर्ने भएकोले अगस्त १ पछि प्राप्त हुने निवेदनहरू सेप्टेम्बर महिनाको दोस्रो हप्तापछि मात्र चलानी गर्नेछ। अतः मण्डलीहरूले आफ्ना आवश्यकताहरूको पहिले नै लगत गरेर त्यहीअनुरूप निवेदन पठाउनुपर्छ।
▪ परिभ्रमण निरीक्षकहरूले चाँडै “ईश्वरीय शिक्षा विश्वभरि विजयी हुन्छ” भन्ने विषयमा जनभाषण दिनेछन्। भर्खरै सम्पन्न “ईश्वरीय शिक्षा” विशेष अन्तरराष्ट्रिय अधिवेशनका उल्लेखनीय घटनाहरू स्लाइड प्रस्तुतिमा देखाइनेछन्। परिभ्रमण निरीक्षकहरूले आफ्ना क्षेत्रका सबै मण्डलीहरूमा यो भाषण दिनेछन्। तिनीहरूले स्लाइड नपाएसम्म र जून १९९६ सम्म पुनः आफ्ना क्षेत्रका सबै मण्डलीहरूमा स्लाइड देखाइसकेपछि जुलाई १, १९९५ देखि “सबै सान्त्वनाको परमेश्वरमा भरोसा राख्नुहोस्” शीर्षकमा भाषण दिनेछन्। अर्को नयाँ भाषण जुलाई १९९६ को पहिलो हप्तादेखि सुरु हुने तालिका छ।