ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा मे १ देखि अगस्त २१, १९९५ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. परमेश्वरको उपासना व्यक्तिगत कुरा हो र त्यो कुनै तरिकामा अरूसँगको हाम्रो सम्बन्धमा निर्भर हुँदैन। (१ यूह. ४:२०) [uw-NP p. 134 par. 7]
२. मूर्तिपूजा, रगत र व्यभिचारबाट अलग बस्नू भनी परिचालक निकायले अन्यजातिका मसीहीहरूलाई दिएको निषेधाज्ञा मोशाको व्यवस्थामा आधारित थियो। (प्रे. १५:२८, २९) [uw-NP p. 149 par. 8]
३. सुरुमा, मोशाको व्यवस्थालाई सबै मानवजातिले मान्नैपर्थ्यो। (भज. १४७:१९, २०) [uw-NP p. 147 par. 5.]
४. ख्रीष्ट जन्मनुभन्दा करीब ७०० वर्षअघि लेखिएको यशैया अध्याय ५३, येशू ख्रीष्ट र उहाँलाई गरिने व्यवहारको प्रत्यक्षदर्शीको विवरण जस्तै छ। [si p. 119 par. 8]
५. उपदेशक ३:१, २ मा सुलेमानका शब्दहरूले व्यक्तिविशेषको पूर्वनिर्धारित भविष्यबारे होइन तर जीवन र मृत्युको अनवरत चक्रबारे मात्र संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w91 10/15 p. 5 हेर्नुहोस्।]
६. पारिवारिक विषयहरूमा बाइबलले दिने राम्रो सल्लाहहरूसँग कुनै पनि सांसारिक स्रोत तुलनामा आउन सक्दैन। [uw-NP p. 144 par. 11.]
७. सम्पूर्ण भरोसा परमेश्वरमाथि राख्ने सल्लाह दिन हितोपदेशको पुस्तक हाम्रा समस्याहरूको जटिल विषयसम्म पुग्छ। [si p. 111 par. 35]
८. बच्चाहरूलाई टेलिभिजनमा जस्तोसुकै कार्यक्रम हेर्न दिने आमा-बाबुहरूले वास्तवमा तिनीहरूलाई छाडा छोडेका हुन्छन्। (हितो. २९:१५) [साप्ताहिक बाइबल पढाइ; w88 8/1 p. 12 par. 8 हेर्नुहोस्।]
९. साँचो मसीहीले वैवाहिक जीवनमा समस्याहरू आउँदा आफ्नो जीवनसाथीको कुनै कमजोरीलाई जिम्मेवारीबाट उम्कने बहाना बनाउनेछैन [uw-NP pp. 140-1 pars. 4, 5.]
१०. सुलेमानले उपदेशकमा सबै कुरा व्यर्थ भनी गरेको घोषणा कुनै अपवादबिना सबैमा लागू हुन्छ। [si p. 114 par. 15.]
निम्नलिखित प्रश्नहरूको उत्तर दिनुहोस्:
११. प्रस्थान २०:७ को आधारभूत सिद्धान्त के हो? [uw-NP p. 152]
१२. यशैयाले भविष्यवक्ताको हैसियतमा सेवा गर्दा यहूदामा राज्य गर्ने चार राजाहरूमध्ये दुइ जना को को हुन्? [si p. 118 par. 3]
१३. यशैया १४:४, १२-१४ मा व्याख्या गरेझैं बाबेलको राजाले कसको मनोवृत्ति प्रतिबिम्बत गर्थ्यो? [साप्ताहिक बाइबल पढाइ; w85 3/15 p. 16 par. 2. हेर्नुहोस्।]
१४. प्रस्थान १९:१०, ११ अनुसार यहोवा आफ्ना उपासकहरूबाट के माग गर्नुहुन्छ? [uw-NP p. 152]
१५. आधुनिक समयको पहरादार को हो र उसले के घोषणा गरिरहेको छ? (यशै. २१:८, १२) [साप्ताहिक बाइबल पढाइ; w87 3/1 p. 12 par. 10 हेर्नुहोस्]
१६. उपदेशक १२:१२ ले पुस्तकहरूसम्बन्धी किन नकारात्मक विचार प्रस्तुत गर्छ? [साप्ताहिक बाइबल पढाइ; w87 9/15 p. 25. हेर्नुहोस्।]
१७. हितोपदेश १:२-४ अनुरूप हितोपदेशको पुस्तकले के प्रकाश पार्छ? [si p. 109 par. 19]
१८. कोरिन्थीहरूलाई पावलले “ठूला मनका” हुनु भन्नुको अर्थ के थियो? (२ कोरि. ६:१३) [uw-NP p. 137, par. 14]
१९. प्रेम कसरी “मृत्युजस्तै प्रबल हुन्छ”? (श्रेष्ठ. ८:६, ७) [साप्ताहिक बाइबल पढाइ; w87 11/15 p. 25. हेर्नुहोस्।]
२०. सुन्दर श्रेष्ठगीतमा कुन कुन व्यवहारिक शिक्षाहरू सिकाइन्छ? [si p. 117 par. 16]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. मोशाको व्यवस्थाको विधिविधान पालन गर्न हामीलाई कुनै बाध्यता नभए तापनि त्यसका आधारभूत ____________ र त्यसमा पाइने ____________ नमुनाहरूको सही ज्ञानको प्राप्तिले हामी निश्चय नै लाभान्वित हुनेछौं। [uw-NP p. 153, par. 14]
२२. प्रस्थान २०:४-६ को व्यवस्थाले ____________ निषेध गरेको छ र यहोवाले ____________ माग गर्नुहुन्छ भन्ने सिद्धान्तमा यो व्यवस्था आधारित छ भनी पद आफैले प्रकट गर्छ। [uw-NP p. 152]
२३. व्यवस्था ७:१-४ को सिद्धान्तले ____________ उपासना नगर्ने व्यक्तिसित ____________ गर्नु हुँदैन भनेर स्पष्ट पारेको छ। [uw-NP p. 152]
२४. श्रेष्ठगीत २:१-३ मा यस्ता वाक्यांशहरू प्रयोग गरिएका छन् जसले ____________ विनम्रता र विनितताको साथसाथै उनको प्रिय ____________ मनोहर स्वभाव र योग्यताहरू प्रकाश पार्छ। [साप्ताहिक बाइबल पढाइ; w87 11/15 p. 24. हेर्नुहोस्।]
२५. यहोवाका विश्वासी सेवकहरूले जीवितहरूका विषयमा ____________ सोध्ने प्रचलन तिरस्कार गर्छन् किनभने यो वास्तवमा ____________ सञ्चार कायम राख्नु हो। (यशै. ८:१९) [14, साप्ताहिक बाइबल पढाइ; w89 3/15 p. 20. par. 11 हेर्नुहोस्।]
तलका प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. हितोपदेश २६:२०, २१ अनुसार हामी ‘आगोमा दाउरा थप्ने’ र अरूलाई रिस उठाउने हुनुको साटो (छिटो जवाफ दिने; सोच विचार नगरी बोल्ने; शान्त-स्वभावका) भयौं भने अरूसित हाम्रो (व्यक्तिगत समस्याहरू; नराम्रो सञ्चार; सम्बन्ध राम्रो) हुन्छ। [3, साप्ताहिक बाइबल पढाइ; w91 10/15 p. 13. par. 16 हेर्नुहोस्।]
२७. हितोपदेश २७:६ अनुसार तपाईंलाई प्रेम गर्ने व्यक्तिले (तपाईंको चित्त दुख्ने केही कुरा कहिल्यै भन्दैन; तपाईंबारे सत्य कुरा भन्न डराउँछ; तपाईंलाई खाँचो परेको बेला सल्लाह दिन्छ)। [4, साप्ताहिक बाइबल पढाइ; w90 9/15 p. 28 हेर्नुहोस्।]
२८. (सम्पूर्ण पुस्तकमा उनको नाउँ उल्लेख गरेकोले; बाइबलका अरू पुस्तकका लेखकहरूले उनी नै लेखक हुन् भनेकोले; उनको नाम उल्लेख नगरिकन नै पुस्तक आफैले सुलेमान लेखक हुन् भनी प्रमाण दिएकोले) उपदेशकको लेखक सुलेमान नै हुन्। [si p. 112 par. 4]
२९. मानिसहरूले हाल अपनाएको छाडा तथा आफू खुशी गर्ने मनोवृत्ति ज्ञानपूर्ण छ भनी सोच्ने व्यक्तिहरू वास्तवमा (अहानिकारक; सहनशील; आध्यात्मिक अन्धकारमा) छन्। (यशै. ५:२०) [साप्ताहिक बाइबल पढाइ; w93 3/1 p. 11 हेर्नुहोस्।]
३०. श्रेष्ठगीतले (राजाको हैसियतमा सुलेमानको भूमिका; सुलेमानको अपार धनसम्पत्ति; एक गाउँले केटीको गोठालोसितको वफादारी) प्रकाश पार्छ। [si p. 115 par. 2]
निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसँग जोडा मिलाउनुहोस्:
हितो. २२:३; उप. ७:२१, २२; यशै. १३:१९, २०; मत्ती ५:२३, २४; कल. ३:१८-२०, २३, २४
३१. यहोवाले स्वतः आफ्ना जनहरूलाई दुर्घटना, गृहयुद्ध वा अपराधबाट सुरक्षा प्रदान गर्नु नभए तापनि बाइबलमा आधारित व्यवहारिक बुद्धि अभ्यास गर्नु मूल्यवान् हुनसक्छ। [साप्ताहिक बाइबल पढाइ; w92 1/1 p. 17 par. 23 हेर्नुहोस्।]
३२. प्रेरित भविष्यवाणीहरूको पूर्तिमा रत्तिभर पनि शंका नगर्न असल कारणहरू छन्। [साप्ताहिक बाइबल पढाइ; w93 5/15 p. 6 हेर्नुहोस्।]
३३. साँचो मसीहीले आफ्ना भाइहरूसँग शान्तिमय सम्बन्ध कायम गर्ने प्रयास गर्छ। [uw-NP p. 135 par. 10]
३४. परिवारमा उन्नति देख्न चाहन्छौं भने, हामीले अरूको मुख ताक्नुको साटो आफ्नो भूमिका राम्रोसित निर्वाह गरेर आफैले घरमा व्यक्तिगत तवरमा ईश्वरीय भक्तिको अभ्यास गरेर देखाउनुपर्छ। [uw-NP p. 143 par. 10]
३५. अव्यवहारिक ढंगमा आफैसित र असिद्ध व्यक्तिहरूसितको सम्बन्धमा सिद्धताको प्रत्याशा नगर्नुहोस्। [साप्ताहिक बाइबल पढाइ; w90 3/1 p. 8 हेर्नुहोस्।]