घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा अथवा ब्यूँझनुहोस्!-को (अंग्रेजी) ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्न अस्वीकार गरेमा प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। उपयुक्त भए परिवार (अंग्रेजी) पुस्तक प्रस्तुत गर्न सकिन्छ। ग्राहक बनाउनुहुँदा कृपया नबिर्सनुहोस्, मासिक प्रकाशित हुने पंजाबी र उर्दूबाहेक सबै भारतीय भाषा अनि नेपालीमा अर्धमासिक प्रहरीधरहरा उपलब्ध छ। ब्यूँझनुहोस्! तामिल र मल्यालममा अर्धमासिक तर कन्नडा, गुजराती र तेलगुमा मासिक प्रकाशित हुन्छ। नेपाली, बंगाली, मराठी वा हिन्दीमा ब्यूँझनुहोस्!-को ग्राहक सुविधा उपलब्ध छैन तर यी चार भाषाहरूमा त्रैमासिक वितरणको लागि मण्डलीहरूमा उपलब्ध छ। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। उपयुक्त भए यी दुइ पुस्तकहरूमध्ये कुनै एकसित परिवार (अंग्रेजी) पुस्तक पनि प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएको ठूलो पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी), पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” र तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी)। सूचना: हामी सबै मण्डलीहरूलाई सधैंभरि बाँच्न सक्नु हुन्छ र परिवार पुस्तक सदुपयोग गर्न प्रोत्साहन दिन्छौं। प्रकाशकहरूलाई वर्षभरि यी पुस्तकका केही प्रतिहरू आफूसित राख्न र हरेक उपयुक्त अवसरमा प्रस्तुत गर्न प्रोत्साहन दिन सकिन्छ। उपरोक्त साहित्य अभियानको लागि आवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।
▪ व्यवहारिक भएमा प्राचीनहरूले दिन लामो हुँदै जाँदा सन्ध्याकालीन साक्षीमा बढी समय बिताउन मण्डलीमा प्रबन्ध मिलाउनुपर्छ।
▪ अग्रगामी सेवा परिचयपत्रहरू प्रतिस्थापन गर्ने तरिकामा सानो छाँटकाँट भएको छ। बसाइँ सर्ने, नाउँ परिवर्तन गर्ने, परिचयपत्र हराउने वा कार्यभार हेरफेरको लागि निवेदन दिने नियमित अग्रगामीहरूका प्रतिस्थापनपत्रहरू सोसाइटीले अबदेखि मासिक लेखाविवरण सँगै पठाउनेछ। नियमित अग्रगामीहरूसम्बन्धी आवश्यक जानकारीमा कुनै हेरफेरबारे सोसाइटीलाई तुरुन्तै खबर गरिहाल्नुपर्छ ताकि हाम्रा फाइल विवरण सही र ताजा राख्न सकियोस्। नियमित अग्रगामीहरूको नाउँ परिवर्तन हुँदा साबिकजस्तै गरिनेछ। मण्डलीको सचिवले महिनाको मण्डली रिपोर्टपछाडि (S-1) उपयुक्त जानकारी टिपोट गर्नेछन्। नियमित अग्रगामी अर्को मण्डलीमा सर्दा जुन मण्डलीबाट नियमित अग्रगामी बसाइँ सरेको छ, त्यहाँको सचिवले होइन तर जुन मण्डलीमा सरेको छ त्यहाँको सचिवले आउँदो S-1 फाराममा सोसाइटीलाई अवगत गराउनुपर्छ। साथै, नियमित अग्रगामीले अग्रगामीको काम बन्द गऱ्यो वा उसलाई त्यसबाट हटाइयो भने तुरुन्तै S-206 फाराम भरेर त्यसको एक प्रति सोसाइटीलाई पठाइहाल्नुपर्छ।
▪ फेब्रुअरीको लेखाविवरण सँगै सबै मण्डलीलाई वार्षिक विषयवस्तुहरूको दुइटा विशेष आवेदन फाराम पठाइएको थियो। मण्डलीका व्यक्तिविशेषको विशेष अर्डरलाई फारामको प्रत्येक विषयवस्तुसित दाँज्नुहोस् र पूर्णतया भर्नुहोस्। अप्रिल १, १९९६ मा एउटा प्रति सोसाइटीलाई पठाउनुहोस् र अर्को प्रति तपाईंकै फाइलमा राख्नुहोस्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
मे १९९६ देखि हाम्रो राज्य सेवकाई पंजाबीमा उपलब्ध हुनेछ भनी घोषणा गर्न पाउँदा हामी खुशी छौं। मण्डलीहरूले तुरुन्तै आफूलाई चाहिएजति अर्डर पठाउनसक्छन्।
त्यो राज्य जसले प्रमोदवन ल्याउने छ —पंजाबी
तपाईंको प्रिय जनको मृत्यु हुँदा —पंजाबी
बाइबलसम्बन्धी छलफल कसरी थाल्ने र त्यसलाई चालू राख्ने (तर्क पुस्तकको पृष्ठ ९-२४ बाट) —पंजाबी
▪ पुन: उपलब्ध प्रकाशनहरू:
“परमेश्वरको राज्यको यो सुसमाचार” —उर्दू
बाइबलका कथाहरू भएको मेरो पुस्तक —मीजो (लुशाई)