ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालाअन्तर्गत जनवरी १ देखि अप्रिल २२, १९९६ सम्मका हप्ताहरूभित्र गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। प्रहरीधरहरा-का सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]
निम्न लिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. मसीहीलाई आफूले गरेको कुनै कुरा सही लाग्छ भने तिनका निर्णयहरू असल हुनेछन्। (हितो. १४:१२) [uw-NP पृ. ८ अनु. ८(२)]
२. त्रिएकको शिक्षा मसीहीजगतबाट सुरु भयो। [uw-NP पृ. १५, अनु. ८]
३. मोशाको व्यवस्था खारेज भए तापनि बाइबलले मोशाको व्यवस्था सँगसँगै दश आज्ञा पनि खारेज भएको कुनै संकेत दिंदैन। [rs पृ. ३४८ अनु. २]
४. रोमी ८:१६ लाई रोमी १:७ सित तुलना गर्दा पावलले सारा मानवजाति “परमेश्वरको सन्तान” हुन् भनेको बुझिन्छ। [uw-NP पृ. २६ अनु. १२(३)]
५. यर्मिया ३१:३१, ३३माउल्लिखित करार येशूले आफ्ना अभिषिक्त अनुयायीहरूसित गर्नुभएको राज्यको करार हो। [si पृ. १२९ अनु. ३८]
६. विलापको पुस्तकमा पाँचवटा सांगीतिक कविताहरू छन् जसमध्ये चारवटा वर्णानुक्रममा लेखिएका छन्। [si पृ. १३० अनु. ६]
७. येशू आफ्नो पुनरुत्थानपश्चात् अनेकौं चोटि आफ्ना चेलाहरूको उपस्थितिमा मात्रै देखा पर्नुभयो। [rs पृ. ३३४ अनु. २]
८. ख्रीष्टको बलिदानमा विश्वास गरेर अनि आत्मधर्मी ठहराउने कार्यहरूबाट अलग बसेर साँचो मसीहीहरू परमेश्वरको विश्राममा प्रवेश गर्छन्। (हिब्रू ४:१०) [rs पृ. ३५० अनु. १]
९. प्रकाश २०:५ को पहिलो वाक्यांशमा “बाँकी मरेकाहरू[ले]” जीवन पाउनुको अर्थ अरू भेडाको पार्थिव पुनरुत्थान हो। [rs पृ. ३३८ अनु. २-पृ. ३३९ अनु. २]
१०. येशूले व्यवस्थामा सबैभन्दा ठूलो नियम के हो भनेर जवाफ दिनुहुँदा दश आज्ञामध्ये एउटै पनि उल्लेख गर्नुभएन। (मत्ती २२:३५-४०) [rs पृ. ३४८ अनु. १]
निम्न लिखित प्रश्नहरूको उत्तर दिनुहोस्:
११. यहोवाको महान् प्रेमले गर्दा आफ्नो पुत्रको जीवन हाम्रोलागि दिन उहाँ उत्प्रेरित हुनुभयो, त्यसैकारण उहाँप्रति हाम्रो प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो? (२ कोरि. ५:१४, १५) [uw-NP पृ. १४ अनु. ६]
१२. यहोवाको नाउँमा हिंड्नुको अर्थ के हो? [uw-NP पृ. १८ अनु. १४]
१३. विलापको पुस्तकद्वारा हामीले परमेश्वरको गुनबारे के सिक्छौं? (विला. ३:२२, २३, ३२) [si पृ. १३२ अनु. १३, १५]
१४. इजकिएलको पुस्तकमा इजकिएल अनि येशू ख्रीष्टलाई संकेत गर्न बारम्बार प्रयोग गरिएको वाक्यांश के हो? [si पृ. १३३ अनु. २]
१५. पृथ्वीमा पुनरुत्थान भएकाहरूलाई तिनीहरूका भावी कार्यहरूको आधारमा न्याय गरिनेछ भनेर विश्वास गर्नु किन तार्किक छ? (रोमी ६:७) [rs पृ. ३३८ अनु. १]
१६. आज यहोवाका जनहरूले आनन्द उठाइरहेको एकतालाई योगदान पुऱ्याउने चार मुख्य बुँदाहरू के के हुन्? [uw-NP पृ. ८-९ अनु. ८, ९]
१७. ख्रीष्टको उपस्थितिसित सम्बन्धित घटनाहरू धेरै वर्षको अवधिमा हुन्छन् भनेर किन औचित्यपूर्वक भन्नसक्छौं? (मत्ती २४:३७-३९) [rs पृ. ३४१ अनु. १]
१८. परमेश्वरका उल्लेखनीय गुनहरू प्रेम, न्याय, बुद्धि र शक्तिबाहेक हामीले उहाँको मोहक व्यक्तित्वबारे प्रस्थान ३४:६, भजन ८६:५ र प्रेरित १०:३४, ३५ बाट के सिक्नसक्छौं? [uw-NP पृ. १३ अनु. ३]
१९. यूहन्ना १४:९, १० लाई लूका ५:१२, १३ सित तुलना गर्दा यहोवा पीडित मानवजातिप्रति अनुकम्पापूर्ण हुनुहुन्छ भन्ने निष्कर्षमा किन पुग्नसक्छौं? [uw-NP पृ. २५ अनु. १२(१)]
२०. मसीहीहरू साप्ताहिक विश्राम दिन मनाउन किन बाध्य छैनन्? (रोमी १०:४) [rs पृ. ३४५ अनु. २, ३]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. एबेदमेलेकले __________ मा बचाइने __________ लाई पूर्वसंकेत गरे किनभने तिनीहरूले ख्रीष्टको __________ अभिषिक्त भाइहरूको साथी भएर सहायता गरे। [साप्ताहिक बाइबल पढाइ; w८२ १०/१ पृ. २७ अनु. ११ हेर्नुहोस्।]
२२. येशूलाई यूहन्ना १७:३ मा “परमेश्वर” भनिए तापनि उहाँले यहोवालाई “__________ सत्य परमेश्वर” भन्नुभयो र यूहन्ना २०:१७ मा यहोवालाई “__________ परमेश्वर र __________ परमेश्वर” भनेर उल्लेख गर्नुभयो। [uw-NP पृ. १८ अनु. १२]
२३. यर्मिया ५२:५-११ मा वर्णन गरिएका घटनाहरू सा.यु.पू. __________ मा भयो। [साप्ताहिक बाइबल पढाइ; w८८ ४/१ पृ. १४ अनु. १८ हेर्नुहोस्।]
२४. प्रकाश १:७ मा ख्रीष्टको पुनरागमनपछि “हरेक आँखाले . . . उहाँलाई देख्नेछन्” भन्नुको अर्थ __________ ले देख्ने होइन तर मानसिक रूपमा __________ गर्नसक्नु हो। [rs पृ. ३४३ अनु. २]
२५. येशूको पुनरुत्थानपश्चात् उहाँ सधैं एकै प्रकारको __________ मा देखा नपर्नुको कारण शायद उहाँ __________ हुनुहुन्छ भन्ने तथ्यलाई चेलाहरूका मनमा सुदृढ पार्न चाहनुहुन्थ्यो र त्यसैकारण उहाँका घनिष्ठ सँगीहरूले समेत __________ सकेनन्। [rs पृ. ३३४ अनु. ५]
तलका प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. बाइबल परमेश्वरको वचन हो किनभने (अनुवादकहरूले बाइबल परमेश्वरको वचन हो भने; यो भक्त पुरुषहरूले लेखे; परमेश्वरले सक्रियतासाथ यो लेख्न निर्देशन दिनुभयो)। [uw-NP पृ. २० अनु. २]
२७. तपाईंले हरेक दिन बाइबलको (एक; दुइ; चार) पृष्ठ पढ्नुभयो भने (छ महिनामा; नौ महिनामा; एक वर्षमा) सम्पूर्ण बाइबल पढ्न सक्नुहुनेछ। [uw-NP पृ. २४ अनु. ९]
२८. दश आज्ञा समाविष्ट मोशाको व्यवस्था खारेज हुँदा नैतिक बन्देजहरू अन्त भएनन् किनभने मसीही प्रबन्धअनुसार (प्रत्येक समुदायले आफ्नै प्रकारको नैतिक स्तर स्थापना गर्नुपर्ने थियो; मानिस आफ्नै अन्तस्करणद्वारा मात्रै चल्नु पर्नेथियो; दश आज्ञाको धेरैजसो नैतिक स्तरहरू मसीही युनानी धर्मशास्त्रमा पुनः उद्धृत गरिएका छन्)। [rs पृ. ३४९ अनु. १]
२९. यहोवाले यर्मियालाई (दण्डको खबर प्रचार गर्न लगाउन झुक्याउनुभएर; आफ्नै बलले मात्र सम्पन्न गर्न नसक्ने कार्य गर्न प्रयोग गर्नुभएर; यर्मियाले भविष्यवाणी गरेको विनाश नल्याउनुभएर) तिनलाई “हाँसोको पात्र” बनाउनुभयो। (यर्मि. २०:७) [साप्ताहिक बाइबल पढाइ; w८९ ५/१ पृ. ३१ हेर्नुहोस्।]
३०. यूहन्ना ५:२८ मा उल्लिखित “चिहान” भन्ने अभिव्यक्तिले (व्यक्तिविशेषको चिहानलाई; मानवजातिको सार्वजनिक चिहानलाई; परमेश्वरले सम्झनुहुने मृतकहरूलाई) संकेत गर्छ। [rs पृ. ३३९ अनु. ३]
निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसित जोडा मिलाउनुहोस्:
हितो. ३:५, ६; यर्मि. २३:३३; ३२:९, १०; विला. ३:४४; प्रका. १५:३, ४
३१. उपासनामा साँचो एकताबद्ध हुने आधार परमेश्वरलाई चिन्नु र उहाँको धार्मिक मार्गहरूअनुरूप चल्नु हो। [uw-NP पृ. ५ अनु. १]
३२. हामी जहाँसुकै जेसुकै गरिरहे तापनि हाम्रो सम्पूर्ण जीवनपद्धतिले हाम्रो सोचाइ र मनोवृत्ति ईश्वरप्रदत्त छन् भनेर प्रमाणित गर्नुपर्छ। [uw-NP पृ. १० अनु. ११]
३३. यहोवाले दुष्टहरूको प्रार्थना सुन्नुहुन्न। [साप्ताहिक बाइबल पढाइ; w८७ ७/१५ पृ. १५ हेर्नुहोस्।]
३४. परमेश्वरको वचनमा पाइने गहकिलो भविष्यसूचक समाचार भारी छ जसले मसीहीजगतमाथि आउनै लागेको विनाशको घोषणा गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP ९४ ३/१ पृ. १२ अनु. १८, २० हेर्नुहोस्।]
३५. यहोवाका सँगी उपासकहरूसित व्यापारिक कारोबार गर्दा लिखित सम्झौताहरू गर्नाले पछि उत्पन्न हुनसक्ने गलतफहमीहरू रोक्नसक्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP ९५ ५/१ पृ. ३० हेर्नुहोस्।]