प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अप्रिल पृ. ८
  • परमेश्‍वर के चाहनुहुन्छ, त्यो अरूलाई सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर के चाहनुहुन्छ, त्यो अरूलाई सिकाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
  • यहोवाले बढाउनुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 अप्रिल पृ. ८

परमेश्‍वर के चाहनुहुन्छ, त्यो अरूलाई सिकाउनुहोस्‌

१ अझै पनि “परमप्रभुको वचन” सुन्‍न वञ्चित थुप्रै मानिस पाउन सकिन्छ। (आमो. ८:११) कतिलाई परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास त छ तर उहाँको उद्देश्‍य र आवश्‍यकताहरू थाह छैन। तसर्थ, तिनीहरूलाई परमेश्‍वरको राज्यको जीवन बचाउने सत्य सिकाउनु आवश्‍यक छ। हर अवसरमा साक्षी दिन ठीकसित सुसज्जित र तयार भयौं भने हामी यहोवाले चाहनुभएका कुराहरू सिक्न इच्छुक मानिसहरू भेट्टाउन सक्नेछौं।

२ अप्रिल र मे महिनामा वितरण गर्न अनि ग्राहक बनाउन हामीसित प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का समयअनुसारका अंकहरू हुनेछन्‌। त्यसबाहेक, प्रथम पटक हामी परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका प्रस्तुत गर्नेछौं। यसका आकर्षक चित्रहरू तथा विचारोद्दीपक प्रश्‍नहरूले गर्दा यो सबैजसोलाई मन पर्छ। हाम्रा उत्कृष्ट प्रकाशनहरू प्रभावशाली ढंगमा प्रयोग गर्न हामीलाई मदतको लागि निम्न सुझाउहरू दिइएका छन्‌।

३ मानिसहरू खोज्ने: हामी घर-घर जाँदा कतिपय इलाकाहरूमा मानिसहरू भेटिंदैनन्‌। मानिसहरू जहाँ भेटिन्छन्‌ त्यहीं गएर कुरा गर्दा लाभकारी साबित भइरहेको छ। सडक, सार्वजनिक यातायात, पार्क, यातायातको साधन पार्क गर्ने ठाउँ र व्यापारिक क्षेत्रहरूहुँदो प्रचार गर्नू भनेर नोभेम्बर १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्टले हामीलाई प्रोत्साहन दिएको थियो। यसले हामीलाई अनौपचारिक साक्षी दिन मौका खोज्नुपर्ने कुरा अवगत गरायो। उदाहरणका लागि, एउटी अग्रगामी बहिनीले “खतरामा परेका जीवजन्तु—किन चिन्ता गर्नुपर्ने?” श्रृंखला भएको अगस्त ८, १९९६, ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) अंक लिएर चिडियाखाना गइन्‌। एक घण्टाभित्रै तिनले तिनको प्रचारकार्यप्रति सकारात्मक प्रतिक्रिया देखाउने जीवजन्तुप्रेमी केही मानिसहरूलाई ४० प्रति प्रस्तुत गरिन्‌! त्यसोभए तपाईंले चारैतिर सुसमाचार प्रचार गरेर कस्तो आनन्द उठाउनुभएको छ त? चाहनुहुन्छ पुस्तिकाका साथै प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! विशेषगरि साक्षीकार्यका विभिन्‍न पक्षको लागि उपयुक्‍त हुन्छन्‌। किनभने ती प्रकाशनहरूले मानिसहरूको जीवनमा प्रभाव पार्ने र विचार क्षमतालाई बढाउने जानकारी प्रस्तुत गर्छन्‌।

४ वार्तालाप सुरु गर्ने: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको प्रस्तुति कसरी आफै तयारी गर्न सकिन्छ, त्यसबारे अक्टोबर १९९६, हाम्रो राज्य सेवकाई-को पछिल्लो पृष्ठमा बताइएको छ। ती सुझाउहरू चाहनुहुन्छ पुस्तिकाको प्रस्तुति तयार पार्दा पनि चलाउन सकिन्छ। हामीले बताउने कुरा छोटो पनि हुनसक्छ वा धर्मशास्त्रीय कुराहरूलाई समावेश गर्दा निकै लामो पनि हुनसक्छ। वार्तालाप सुरु गर्दा होशियारीसाथ शब्दहरूको छनौट गर्नु महत्त्वपूर्ण छ किनभने उक्‍त व्यक्‍तिले तपाईंको कुरा सुन्‍ने या नसुन्‍ने तपाईंको कुरा गर्ने तरिकामा भर पर्छ। कति जनाले यसरी वार्तालाप थालेर सफलता हासिल गरेका छन्‌: “मैले एउटा प्रोत्साहनदायी लेख पढें र त्यो तपाईंलाई पनि देखाऊँ भनेको।” वा, त्यस व्यक्‍तिलाई वार्तालापमा सम्मिलित गराउन कुनै चाखलाग्दो प्रश्‍न सोध्न सकिन्छ।

५ तपाईंको इलाकामा उपयुक्‍त भए, यस महिना प्रस्तुतिहरू चलाउँदा निम्न प्रश्‍नहरू सोध्न सक्नुहुन्छ:

▪ “हेर्नुहोस्‌ न, आजकल हामी जताततै भित्तामा कोरेको-लेखेको, फोहर मैला र प्रदूषण मात्र देख्छौं। यस पृथ्वीलाई सफा गरेर बस्न लायकको बनाउन के गर्नुपर्ला?” जवाफ दिने मौका दिनुहोस्‌ अनि कसरी र कहिले यो पृथ्वी विश्‍वव्यापी बगैंचा हुनेछ भन्‍ने आश्‍वासनदायी जानकारी तपाईंसित छ भनेर बताउनुहोस्‌। मिल्दो टिप्पणी गर्नुहोस्‌, छोटो शास्त्रपद पढ्‌नुहोस्‌ र हालैको पत्रिकाबाट आकर्षक चित्र देखाएर कसरी त्यो पत्रिका नियमित रूपमा प्राप्त गर्न सकिन्छ, बताउनुहोस्‌। ग्राहक बन्‍न नचाहेमा एक प्रति पत्रिका दिन नभुल्नुहोस्‌। वार्तालाप टुंग्याउनुअघि फेरि भेट्‌ने चाँजो मिलाउनुहोस्‌।

▪ “अहिले हामी जसरी संकष्टमा पिल्सिरहेका छौं, त्यस्तै होस्‌ भनेर परमेश्‍वरले चाहनुभएको थियो जस्तो के तपाईंलाई लाग्छ?” त्यस व्यक्‍तिले जवाफ दिएपछि यसो भन्‍न सक्नुहुन्छ: “येशूले परमेश्‍वरको राज्य आओस्‌ भन्‍ने प्रार्थना आफ्ना अनुयायीहरूलाई सिकाउनुभएको कुरा त तपाईंले सुन्‍नुभएकै होला नि। परमेश्‍वरको राज्य के हो भनेर तपाईंलाई जान्‍ने इच्छा छ कि?” चाहनुहुन्छ पुस्तिकाको पाठ ६ पल्टाउनुहोस्‌ अनि पाठको सुरुमै दिइएका प्रश्‍नहरू पढ्‌नुहोस्‌। त्यसपछि, अनुच्छेद १ पढेर पहिलो प्रश्‍नको उत्तर देखाउनुहोस्‌। बाँकी प्रश्‍नहरूको जवाफ पनि त्यसरी नै दिइन्छ भनेर बताउनुहोस्‌। पुस्तिका प्रस्तुत गर्दै परमेश्‍वरको राज्यबारे अझ थप जानकारी दिन फेरि आउँछु भन्‍नुहोस्‌।

▪ “संसारका धर्महरूले मानिसका समस्याहरू हल गर्नु त कता हो कता, समस्याको जड नै ती धर्म हुन्‌ भनेर थुप्रै विचारशील मानिसहरूले सोच्न थालेका छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ?” त्यस व्यक्‍तिको विचारभाव सुनेपछि झूटो धर्मको असफलता वा हुन लागेको त्यसको पतनबारे तिनको चासो जगाउनसक्ने केही कुरा हालैका पत्रिकाहरूबाट देखाउनुहोस्‌। ग्राहक बन्‍ने आग्रह गर्नुहोस्‌। परिचय आदानप्रदान गर्नुहोस्‌ अनि साँचो धर्मले कसरी मानिसजातिलाई निराश पारेको छैन भनेर तिनलाई बताउनको लागि फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

▪ “आजको पारिवारिक जीवनमा यति थुप्रो समस्याहरूबीच पारिवारिक आनन्दको रहस्य के हो भनेर कहिल्यै सोच्नुभएको छ?” जवाफ पर्खनुहोस्‌ अनि पारिवारिक आनन्दको वास्तविक रहस्यलाई परमेश्‍वरले बाइबलमा प्रष्ट पार्नुभएको छ भनेर बताउनुहोस्‌। सम्भवतः यशैया ४८:१७ पढ्‌न सक्नुहुन्छ। चाहनुहुन्छ पुस्तिकाको पाठ ८ पल्टाउनुहोस्‌ अनि परिवारको प्रत्येक सदस्यलाई भरपर्दो निर्देशन दिन त्यहाँ उद्धरित केही बाइबल पदहरू देखाउन सक्नुहुन्छ। पाठको सुरुमा दिइएका प्रश्‍नहरू पढ्‌नुहोस्‌। त्यसका जवाफहरू पढ्‌न मन पर्छ कि भनी त्यस व्यक्‍तिलाई सोध्नुहोस्‌। पुस्तिका प्रस्तुत गर्नुहोस्‌ अनि आनन्दित पारिवारिक जीवनको लागि बाइबलको थप व्यवहारिक निर्देशन बताउन अर्को पाली आउने प्रस्ताव राख्नुहोस्‌।

६ मार्च १९९७, हाम्रो राज्य सेवकाई-को परिशिष्टले हामीलाई पुनःभेटहरू गर्न निर्भय हुनू भनेर प्रोत्साहन दिएको थियो। उक्‍त अंकमा प्रारम्भिक भेट गर्दा सम्भव नभएमा पुनःभेट गर्दा चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन थाल्ने सुझाउ दिइएको छ। मानिसजातिको सबैभन्दा ठूलो आवश्‍यकता नै परमेश्‍वरले हामीबाट माग गर्ने कुराहरू सिक्नु र त्यो पूरा गर्नु हो। (कल. १:९, १०) जीवनको लागि यहोवाले माग गर्नुहुने कुराहरूबारे हामीलाई जे जति थाह छ त्यो अरूलाई सिकाउन सुरु गर्नसक्यौं भने, अप्रिल र मे महिनामा हामीले तिनीहरूलाई अति लाभकारी कुरा दिइरहेका हुनेछौं।—१ कोरि. ९:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने